सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
सिड्नी । क्रेगिबर्न नेपाली समाज भिक्टोरियाले यहि सेप्टेम्बर १३ तारिख शनिवारका दिन सांसद वसीम अब्दोसँग अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गर्यो । सन् २०२५ को निर्वाचनमा कल्वेल क्षेत्रबाट निर्वाचित सांसद वसीम अब्दोले सो अवसरमा क्रेगिबर्न नेपाली समाज लाई आफुले सक्दो साथ र सहयोग गर्ने प्रतिबद्दता जनाए । सो अन्तरक्रियात्मक तथा छलफल कार्यक्रममा सि.एन. सि कार्यकारी समितिका सदस्यहरु, एडभाईजरी टिम, क्रेगिबर्न नेपाली स्कुलका शि़क्षकहरु त्यसै गरि क्रेगिबर्न बिग्रेडस फुटबल टिमका सदस्यहरु लगायत स्थानिय ब्यावसायी, समाजसेवी तथा सदस्य हरुको सहभागिता रहेको थियो ।
अनन्त पौडेलको संयोजकत्वमा सम्पन्न सो कार्यक्रममा क्रेगिबर्न नेपाली समाजका अध्यक्ष कुसुम मगरले स्वागत मन्तव्य सँगै सांसद वसिम अव्दोलाई ढाका टोपी, खादा लगाएर स्वागत गरेकी थिइन् । सो अवसरमा माधुरी मास्के शर्मालेसस्थाले गर्दै आएका सामाजिक तथा कल्याणकारी कार्यहरुको बारेमा जानकारी गराएकी थिइन् । कार्यक्रमा क्रेगिबर्न नेपाली स्कुलका प्रिन्सिपल प्रेमप्रसाद कँडेलले बढ्दै गरेका नेपाली परिवारहरु र हुर्कदै गरेका केटाकेटीहरुक लागी क्षमतावान कक्षा कोठाहरुको आवश्यकता रहेको जानकारी गराएका थिए ।
समाजसेवी महादेव धनुकले आफ्ना मन्तव्य राख्दै समाजका लागी सबैले सक्दो सहयोग गर्नु पर्ने कुरामा जोड दिएका थिए । क्रेगिबर्न विग्रेड फुटवल क्लबका अध्यक्ष माधव पौडेलले क्लवका लागी ग्राउण्ड र आवश्यक सामाग्री हरु तत्काल आवश्यकता औल्यएका थिए ।
सांसद वसिमले नेपाली स्कुल को अवलोकन र विधार्थीगहरुसँग भलाकुसारी समेत गरेका थिए । कार्यक्रममा नेपालमा हालै भएको आन्दोलनका क्रममा सहादत प्राप्त गरेका शहिदहरुको सम्झनामा १ मिनेट मौन धारणा तथा घाईतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको थियो ।