नेपाली अभिभावक कल्याण समाज क्याम्सीद्वारा बहुसास्कृतिक केन्द्रलाई सहयोग प्रदान

बिहीबार, मंसिर १८, २०८२

सिड्नी । नेपाली अभिभावक कल्याण समाज क्याम्सीले  Greater Sydney Nepalese Multicultural Centre (GSNMC) लाई एक हजार २५ अष्ट्रेलियन डलर प्रदान गरेको छ । नेपालीहरुको महान पर्व तिहारमा देऊसी-भैलो खेलेर जम्मा भएको रकम बाट सो सहयोग रकम प्रदान गरिएको हो ।

सिड्नीमा हालै आयोजित एक कार्यक्रम मार्फत् नेपाली अभिभावक कल्याण समाज क्याम्सीका अध्यक्ष बिरेन्द्र बानियाले Greater Sydney Nepalese Multicultural Centre का अध्यक्ष बिष्णु हमाललाई सो रकम हस्तान्तरण गरे । 
सो अवसरमा नेपाली अभिभावक कल्याण समाज क्याम्सीका पधाधिकारीहरु र Greater Sydney Nepalese Multicultural Centreका अगुवाहरुको उपस्थिति रहेको थियो। 

प्रकाशित मिति: बिहीबार, मंसिर १८, २०८२  ११:१०
प्रतिक्रिया दिनुहोस्