सिड्नीमा छैंठौ “थारु माघी महोत्सव " मनाईदै 

आइतबार, पुस २७, २०८२

 सिडनीमा छैंठौ “थारु माघी महोत्सव " मनाईदै 

सिड्नी । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच एकापसमा भाइचारा कायम गर्दै थारु कला संस्कृतिको जगेर्ना एबम चाड पर्बहरु मनाउदै आइरहेको थारु सोसाइटी सिड्नी अष्ट्रेलियाले यहि जनवरी १५ तारिख बिहिबार छैंठौ “थारु माघी महोत्सव " मनाउदै छ । सन् २०१८ मा स्थापना भएको यो संस्थाले  बिगतका पॅाच वटा माघी पर्बको निरन्तरता सहित यस बर्षको माघी पर्ब पनि बिबिध कार्यक्रम सहित अष्ट्रेलियाको सिड्नीमा हर्ष उल्लासका साथ मनाउने भएको हो । 
सोसाइटीका तर्फबाट पब्लिक अफिसर अरुण आर्यन चौधरी दिएको जानकारी अनुसार महोत्सव आउदो जनवरी १५ विहिवार (थारु सम्बत् २६४९ , माघ १/माघे सक्रान्ति) का दिन  सॉझ ५ बजेदेखि राती  १० वजेसम्म ईन्द्रेणी फंक्सन सेन्टर रकडेलमा हुदैछ ।


गायक सविन चौधरीको प्रस्तुतीसंगै थारु रिति रिबज अनुसार लाठी नाच, झुमरा नाच, थारु रैम्प, वाक आदी नृत्य, थारू परिकार र खानपिन सहितको सो कार्यक्रममा उपस्थितिको लागि थारु सोसाइटी अफ अष्ट्रेलियाले सम्पूर्ण थारू समुदाय लगायत सबै नेपाली दाजु-भाई, दिदी-बैनीहरु लाई हार्दिक अनुरोध गरेको छ। कार्यक्रमको प्रवेश शुल्क २५ डलर तोकिएको छ।
कार्यक्रम सम्बन्धि  थप जानकारीका लागि अरुण आर्यण चौधरीलाई ०४०१४३५९५९  वा  संस्थाका अध्यक्ष दीप नारायण चौधरीलाई ०४११६८८७९८ मा  सम्पर्क गर्न अनुरोध गरिएको छ ।

प्रकाशित मिति: आइतबार, पुस २७, २०८२  ०६:५४
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय