सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
राणाशासन त्यो समय कमजोर भइरहेको थियो कारण तत्कालिन इस्ट ईन्डिया कम्पनीले भारत छोडेर गएको थियो राणाहरुले इस्ट ईन्डिया कम्पनी सङ्ग घनिष्ठ संबंध बनाएका थिय तर भारत स्वतन्त्र बनेपछि सयौं बर्ष बिभिन्न समयमा गुलाम बनेको छुट्टाछुट्टै राजा रजौटाहरु ईन्डिया सङ्ग जोडीदै एकीतृत ईन्डिया बन्दै थियो, नेपालले जसो तसो आफुलाइ देखिने गरि स्वतन्त्र राखेको थियो त्यो तत्कालिन भारतका शासक लाइ मन पर्नु इज्यतको कुरा किन थियन भने उत्तरपुर्बमा रहेको सानो देशले आफ्नो स्वतन्त्रता बचाउनु तर पुरै दक्षिण एसिया उपनिबेस भएको कुरा उनिहरु लाइ पचाउन समस्या थियो होला सायद त्यसै कारण जहाँ सम्म इस्ट ईन्डिया कम्पनिले शासन गर्यो त्यो एकीकृत भारत वा ईन्डिया बन्यो जबकि भारत वा ईन्डिया एकीकृत देश त कहिले थियन थियो केवल भारतिय संस्कृति १९४६ पछि भारत र पाकिस्तान दक्षिण एसियामा देश थपिएको मात्र हो । तत्कालिन भारतिय शासक लाइ नेपालको स्वतन्त्रताले अप्ठ्यारो महसुस गर्यो होला त्यसैले नेहहरुले भारतिय संसदमा एकपटक हाम्रो उत्तरको सिमाना हिमालय सम्म भनेका थिय । अब लागौ के कारण १९५० को सन्धि भयो कारण स्पष्ट छ, भारत स्वतन्त्र बनेपछि अंग्रेज़ भारत छोडो आन्दोलनमा सरिक भएका बिपि कोइराला लगायतका नेता राणा बिरुद्ध भारतमा बसेर बर्मा देखि बङ्गलादेश बाट हतियार ल्यायर पुर्बि क्षेत्र करिब करिब कब्जा गर्दै थिय, राणा प्रधानमन्त्री मोहन शम्सेर लाइ लाग्यो होला यदि भारतले युद्धरत कांग्रेसलाई खुला समर्थन गर्यो भने राणा शासन ४–६ महिनाभित्रै समाप्त हुनेछ, त्यसैले उनले भारतसँग सन्धि गरेर संबंध राम्रो बनाएर सत्ता जोगाउन गरेको सन्धि थियो होला ? राणा सत्ता जोगाउन चाहन्थ्यो, भारत सुरक्षा–हित जोगाउन सन्धि भयो भारतले राणा जोगाएन उल्टो भागेर भारत पुगेका राजा त्रिभुवन नेपालि काङ्ग्रेस लाइ सम्झौता गरायो राणा शासन इतिहास भयो । २००७ सालमा राणा शासन समाप्त भएपछि नेपाल लोकतान्त्रिक संक्रमणमा थियो। राजा त्रिभुवन फर्किए, कांग्रेसको भागीदारी आयो, नयाँ सरकार गठन भयो, संक्रमणको समयमा भारतले नेपालका उत्तरी सिमामा नेपाल सरकारको प्रधानमन्त्री मातृका प्र कोइराला थिय उन्को भारत भ्रमण लगतै भारतले उत्तरि सिमामा १७–१८ चेकपोस्ट राख्यो । भारतको तर्क थियो १९५०–५१ मा चीन तिब्बतमा प्रवेश गर्यो, तिब्बत चिनमा गाभ्यो भारत–चीन सीमामा सुरक्षा जोखिम बढ्यो। नेपालका उत्तरी पहाडी भेगहरू खुला र स्वरूपमा "अनियन्त्रित" थिए सुरक्षा थियन त्यसैले चिनियाँहरु नेपाल प्रबेश गर्नेछ्न भन्ने नेपालि शासक लाइ बुझाएको हुनुपर्दछ । नेपाल सानो शक्तिविहीन थियो । त्यो बेला नेपाल राजनीतिक रूपमा कमजोर थियो, भारतले नेपालको राजनीतिक संक्रमण र कमजोरीको फाइदा उठाएर चेकपोस्ट राख्यो, मुगु,हुम्ला,जुम्ला, मुस्ताङ, मनाङ, डोल्पा, ओलाङचुङगोला, रासुवा, तामाकोसी क्षेत्र कालापानी/लिपुलेक आदि ठाँउमा भारतीय सैनिकले तिब्बतबाट आउने–जाने गतिविधि अनुगमन गर्यो । स्थानीय सिकारी, व्यापारी, तिब्बती समुदायको आवत–जावत नियन्त्रण गरियो । नेपालले आफ्नै भूमिमा त्यति क्षेत्रमै प्रशासनिक प्रवेश गर्न कठिनाइ भोग्यो राजा महेन्द्रको उदय—राष्ट्रिय सुरक्षा र सत्ता–केन्द्रिकरण १९५५ मा राजा त्रिभुवनको निधन भएपछि राजा महेन्द्र सत्तामा आए महेन्द्र केवल संवैधानिक राजा हुनुहुन्न्थियो । उहाँको दृष्टि "राष्ट्रिय स्वाधीनता" र "केंद्रीकृत राज्य" मा केन्द्रित थियो । चेकपोस्ट दुई हिसाबले समस्या थियो: (१) राष्ट्रिय स्वाधीनतामाथि प्रत्यक्ष चोट (२) उत्तरी नेपालको प्रशासन भारतको प्रभावमा पर्नु महेन्द्रले चेकपोस्ट हटाउने कुरा १९६२ को भारत–चीन युद्ध अघि नै उठाउनुभयको थियो । यो सजिलो विषय थिएन, किनकि भारत आफै युद्ध–तयारीमा थियो। १९६२ भारत–चीन युद्ध—नेपालका लागि कूटनीतिक अवसर प्राप्त भयो । भारत–चीन युद्ध भारतका लागि ठूलो धक्का थियो किनभने भारतले युद्ध हार्यो, त्यो बेला भारतले नेपालसँग सीमा सुरक्षा सहयोग बढाउने प्रस्तावहरू पनि पठाएको थियो। तर राजा महेन्द्रले भारत होइन—चीनसँग मैत्रीपूर्ण सम्बन्ध विस्तार गर्न थाल्नुभयो । यही नीति भारतले असन्तुष्ट भएर पनि स्वीकार गर्न बाध्य बनायो । पोखरा–काठमाडौँ राजमार्ग चीनले निर्माण गर्ने सम्झौता (१९६१) भारतमाथि नेपालको अत्यधिक निर्भरता हटाउन, महेन्द्रले चीनसँग राजमार्ग निर्माण सम्झौता गरेको इतिहास छ । यसले भारतलाई सन्देश दियो, नेपालसँग व्यवहार बदल्नु पर्नेछ । त्यो समय गज्जबको कुटनितिक प्रयोग भयो प्रधानमन्त्री थिय कृतिनिधि बिष्ट उन्ले अन्तरबार्तामा र भाषण पनि दिएका थिए । भारत–चीन युद्ध सकियो, चेकपोस्ट राख्ने कारण छैन, नेपाललाई आफ्नो सीमा आफैं हेर्न दिनुपर्छ। चेकपोस्ट रहिरहे भारत–नेपाल सम्बन्ध ‘असमान’ रहन्छ। भारतलाई यस्तो कडा भाषा सह्य भएन । नेपालको भू–रणनीति बदलिँदै गइरहेको संकेत पाइएपछि इन्दिरा गान्धी प्रशासनले १९६९ मा चेकपोस्ट हटायो राजा महेन्द्रले चिनसङ्ग प्रगाढ संवध बनाउनु नै भारतले चेकपोस्ट हटाउने कारण बन्यो । कुटनितिक रुपमा चतुर राजा श्री ५ महेन्द्रले अमेरिका बेलायत सङ्ग घनिष्ठ संवध राख्नाले नेपालले भारतिय दादागिरि सङ्ग झुक्नुपरेन भन्दा फरक पर्दैन । राजा महेन्द्रका रास्ट्रियता सन्बन्धित योगदान भारतीय चेकपोस्ट हटाउनु, उत्तरी सीमा नेपालको नियन्त्रणमा फर्काउनु ,चीनसँग सन्तुलित सम्बन्ध बनाउनु ,भारतको पूर्ण प्रभावबाट नेपाललाई बाहिर निकाल्नु ,राष्ट्रिय प्रशासन बलियो बनाउनु, राजमार्ग, तटबन्ध, योजना आयोग जस्ता संरचना निर्माण गर्नु । यदि महेन्द्र सत्तावादी मात्र हुन्थे भने, भारतले उनलाई सत्तामा बस्न दिँदैनथ्यो। यदि राजा महेन्द्र कम्जोर भएका भए भारतले १८ चेकपोस्ट हटाउँदैनथ्यो । पन्चायतले गरेको देशभक्त योगदान भन्दा फरक पर्दैन । महेन्द्र सत्ता–केन्द्रित नेता नै हुनुहुन्थ्यो तर कडा राष्ट्रवादी । १९५० सन्धिले नेपाली राजनीति सधैं दोधारमा राख्यो। नेपालका धेरै सरकारहरू भारत अनुकूल बन्न बाध्य छ्न त्यो बेला पनि थिय, तर महेन्द्रले कहिल्यै आत्मसमर्पण गर्नुभएन । बुद्धि नारायण श्रेष्ठका किताबमा पढ्न पाइन्छ ।