सन्दर्भ  ३०४ औं पृथ्वीजयन्ती - सत्य इतिहास त्याे हाे जुन खाेज्न चाहेमा जराेमूलाे समेत खाेजेर देखाउन सकिन्छ 

आइतबार, पुस २७, २०८२

इतिहास एउटा यस्तो कडी हाे जसकाे गहिराइमा पुगेर निष्कर्ष निकाल्न एउटा मनुष्यकाे कुल आयुले पुग्दैन त्यसैले अघिका इतिहासकारहरूले आफ्नो उमेरकाे अवस्था हेरेर आफ्नो खाेजलाई सिमित गर्दै किताबका पाना टुंग्याएकाे देखिन्छ । 

कारण एउटा मान्छेले " म इतिहास लेख्छु भनेर कापी कलम समातेर बसेकाे दिन देखिनै साेचेकाे हुन्छ कि ! म फलानाे विषयकाे खाेज त्याे विषयकाे अन्तिमसम्म खाेजेर पूरा गर्नेछु " तर विडम्बना उसकाे जीवनकाे अन्त्यतिर ऊ आफू यसमा सफल हुन नसक्ने निष्कर्षमा पुगिसकेको हुन्छ र साेच्न थाल्छ: " म अब मेराे साेचमा पुग्न सक्दिन । किनकि अब उसकाे पहिलेकाे जस्तो हाैसला कम हुँदैजान्छ । उसले बुझ्छ कि म जहिलेबाट लेखन कार्यमा लागें आज न मसँग त्याे उमेर छ , न मसँग अब समयनै धेरै बाँकी छ तसर्थ म अब यसलाई एउटा निष्कर्षमा पुर्‍याएर टुङ्गोमा पुग्छु  र आफ्नो नामकाे खातिर  सत्य यति नै हाे यसभन्दा अगाडि  समय नै थिएन । मैले जतिसम्म लेखें त्यही नै संसारकाे सुरुवात हाे ।

तथापि उसकाे मनमा एउटा विशेष अवस्था सिर्जना भएको हुन्छ त्याे हाे :-  म बिते पनि म पछि फेरि यस विषयमा लेख्ने मानिस अवश्य निस्कन्छ। कदापि त्याे अवस्थामा मेराे स्वार्थ कसैले बुझ्याे भने ! म माथि आराेप गरेर अर्काे व्याख्या गर्छ । उसलाई थाहा छ-    एउटा लेखककाे आफ्नो जीवननै पहिलो र अन्तिम जीवन हुँदैन । उसका अगाडि पनि जीवनहरू थिए र पछाडि पनि नयाँ जीवनहरू पलाउँछन् । याे कुरा हरेक लेखक , कवि, इतिहासकार, साहित्यकार , काव्य-खण्डकाव्य लेख्ने विद्वान्‌लाई थाहा हुन्छ । यसरी नै संसार चलिरहेको हुन्छ । 
( जस्तै : समुन्द्रकाे गहिराइमा जन्मेकाे माेती जसलाई तयार गर्न समुन्द्रले अनेक लवणतत्त्व र क्याल्सियम कार्बाेनेट बनाएर छाड्छ । त्यही लवर्ण र क्याल्सियमले सिपि तयार गर्छ जसलाई परिपक्व हुन २-३ बर्ष लाग्छ र अन्ततः त्यही सिपिमा माेती जस्ताे बहुमूल्य बस्तु जन्म लिन्छ । त्यही माेती  तयार हुन पनि ५- १० बर्ष लाग्छ। तर माेती नचिनेकाहरूले कसरी मूल्यांकन गर्नु ? जसले माेती चिनेको छ उसले त्यसकाे राम्राे सदुपयोग गरेकाे हुन्छ नचिन्नेहरू नक्कली माेतीमै भुलेका हुन्छन् । जसरी समुन्द्रले निरन्तर माेती बनाउने प्रक्रिया गरिरहन्छ त्यसैगरी संसार चलिरहेकै हुन्छ र चलिरहने छ । )
यसरी नै मानिसहरूकाे जीवन चलिरहेको हुन्छ । यसै सिलसिलामा हिजाेकाे दिनमा ( महाभारत हुनुअघि ) मानिसमा स्वार्थ पन कम थियाे । मानिस स्वयंकाे लागिभन्दा समग्र समाजकाे लागि आफ्नो कलाकाैशल देखाउने, समाजमा भातृत्त्व कायम गर्न लेख्ने काम गर्थ्याे र आफूद्वारा लेखिएको पुस्तक टुंगाेमा पुग्न नसक्ने बुझेपछि आफ्नो प्रमुख शिष्य वा आफ्नो सन्तानमध्ये श्रेष्ठ र जेष्ठलाई उसकाे कार्य अगाडि बढाउन प्रेरणा दिएर जिम्मेवारी हस्तान्तरण गर्थ्याे । जति पछिभयाे मानिसमा स्वार्थ हावी हुँदै गएपछि, मानिसकाे भित्र मैमत्त्व जन्मन थालेपछि मानिसले आफ्नो लेख, पुस्तकहरू लेख्दा आफूमात्रै यस विषयकाे जानकार भएको र आफूअघि काेही थिएनन् र पछि पनि हुने छैनन् भने जसरी इतिहासका पानाहरूलाई टुङ्ग्याएर छाड्न थाल्याे । आजकाे नेपालकाे यही हालत हाे । ती अपूष्ट ईतिहास लेख्नेहरूका शिष्यहरू आज आफ्ना गुरु नै सर्वाेपरी, सर्ववेत्ता भन्ने संकुचित भावनाले ग्रसित समाजकाे निर्माण गरेर आफ्नो गुरुभन्दा अघि संसारै नभएको प्रमाणित गर्न उन्मुख,अभिप्रेरित र लालायित देखिन्छन् ।

छनाेट स्वयंकाे हुनुपर्छ याे मानिसकाे स्वतन्त्र नैसर्गिक अधिकार पनि हाे । तर समाज एउटा मान्छेले , एउटा परिवारले वा एउटा गाउँ वा एकल देशले मात्रै बनेकाे हुँदैन । समग्र पृथ्वी एउटा ठूलो समाज नै हाे र यति ठूलो पृथ्वी रूपी समाज निर्माण गर्ने कुनै ईतिहासकार लेखक हैनन् । पृथ्वीमा सत्ता जमाउने सामर्थ्य भएका व्यक्ति हुन् । जसले इतिहासकार, लेखक,कवि,कलाकार,कथाकार जस्ता मान्छेहरू जन्माउँछन्। 
तिनै सत्ता जमाउने शाशकलाई हेरेर इतिहासकारले इतिहास लेख्छन्, लेखकले लेख, कविले कविता, कथाकारले कथा लेख्छन् र  कलाकारले उनकै नक्कल गरेर अभिनय गर्छन् । यही हाे जगत्‌काे सत्य तर आज समाज उल्टाे हुँदैछ । 
इतिहास र धर्मको बारेमा झुठ लेख्ने नक्कली इतिहासकार धनलाेभी , नामलाेभी पुस्ताैंपुस्ता सन्तानहरूलाई धन संचय गर्ने महा पामरहरूले जबर्जस्ती धारण गर्न लगाएका नक्कली इतिहासलाई पढेर असत्य कुराकाे पछि लागेकाहरूले गर्दा समग्र पृथ्वीकाे शासक बीज रूपमा आएका, ( भगवद्‌गीतामा भगवान् श्रीकृष्णले बताउनुभएको छ :
" नराणां च नराधिपम् " अर्थात् मनुष्यहरूमा राजाकाे रूपमा आउने मै हुँ ) भन्नुभएको कुरालाई नबुझेर ( इतिहासकाे उल्टो पाठले विवेक शून्य बनेकाहरूले )  याे देव भूमि, तपाे, भूमिमा रावणकाे राक्षसी आमाको राक्षस पिताबाट बीजारोपण भएकाहरूले छरेकाे भ्रमात्मक नक्कली ईतिहास दस्तावेजकाे बखान गर्दै ती सनातन बीज श्रीहरिहरका अंशका रूपमा रहेका महा मानवकाे खण्डन गर्ने, काल्पनिक पात्र भनेर प्रचारप्रसार  गर्ने र समाजमा स्थापित गर्नुपर्ने उनकाे महान् विचारहरूलाई उपेक्षा गर्दै पछि पलाएका स्वार्थले आफ्नै सन्तानकाे भविष्य समेत दाऊमा राखेर समाजलाई नै विखण्डनतिर धकेली रहेका नक्कली इतिहासकारहरूका पछि लाग्नेहरूले आज याे पवित्र भूमि अपवित्र पारेका छन् । 
सत्य इतिहास त्याे हाे जुन खाेज्न चाहेमा जराेमूलाे समेत खाेजेर देखाउन सकिन्छ । जुन हाम्रा ऋषिमुनिहरूले एउटा संसार समाप्त भएर अर्काे नवीन संसार सृजना हुँदा समेत अघिल्लो संसारकाे चिन्तन गरेर कयाैं बर्ष ध्यान र समाधिमा बसेर पत्तो लगाएर सनातन सिद्धान्त नै खाेतलेर हामीलाई दिए । आज जस्तो २-४ बर्ष एउटा कक्षा काेठामा बिताएकाहरूले लेखिदिएकाे मनगणन्ते नक्कली दस्तावेज थिएनन् ती जसलाई हाम्रा बडा महाराजधिराज " पृथ्वीनारायण शाह " ले बुझे ।  उनी कुनै कक्षा काेठामा छिरेनन् र पनि उनले संसार बुझे । किनकि उनी दिव्य पुरुष थिए । दिव्य पुरुषले हाे आकाशकाे तारा गणना गर्ने । जाे हिजाेका ऋषिमुनिहरूले यही पृथ्वीमा बसेकाे भरमा गणना गरे । आज त्यसलाई विश्वका आधुनिक वैज्ञानिकले समेत मुक्तकण्ठले प्रसंसा गरेर आफ्नो लागि खाेजकाे विषय बनाएर त्यसैकाे आधारमा अनेकौं भाैतिक पदार्थ देखि उर्जासम्मकाे आविष्कार गरेका छन् ।

तिनै ऋषिमुनिले लिने गरेका व‌ैदिक सनातन हिन्दु धर्म सिद्धान्त विधि र पद्धतिले ५ छुट्टाछुट्टै विभागमा चलेकाे सूक्ष्म तत्त्वलाई  भगवान्‌ले आफ्नो याेगशक्तिले संयाेग गराएर सूक्ष्मबाट स्थूल रूपमा  जाेडेकाे पञ्च भाैतिक संसारमा जन्मेका प्राणीहरूले कतै यसकाे दुरुपयोग गर्ने त हैनन् ? कतै त्यस्ता व्याधाहरूका कारण हाम्रा सन्ततिले दुःख पाउनुपर्ने त हैन भन्ने चिन्ताले भगवान्‌सँग पाेखेकाे वेदनालाई भगवान्‌ले " म हर बखत कुनै न कुनै रूपमा, मुर्त वा अमुर्त वा कुनै शास्त्रकाे सहायताद्वारा त्यस्ता व्याधाहरूलाई सही दिशा दिन आउने छु भनेर दिएकाे आश्वासनकाे अंश स्वरूप थिए पृथ्वीनारायण शाह । कलिकाे प्रभावले असत्यकाे गाँठो ठूलाे देखिएको पक्कै छ तर सत्यकाे गाँठो फुकाउन जस्ताे कठिन भने पक्कै छैन । किनकि मुलुक र अरू जनहरूप्रति दागा धरेर बसेकाे राक्षस प्रवृत्तिकाे समय छिट्टै कट्छ याे सिद्धान्त हाे । अन्तमा ३०४औं पृथ्वी जयन्ती तथा एकता दिवसको सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना । 

कल्पना मगरको फेसबुकबाट साभार 

प्रकाशित मिति: आइतबार, पुस २७, २०८२  ०६:०५
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय