"मकर संक्रान्ती"को ऐतिहासिक एबम् धार्मिक महत्व 

बिहीबार, माघ १, २०८२

मगर संक्रान्तीलाई हिन्दुकरण गरेर "मकर संक्रान्ती" भनिएको हो भन्ने कुरा पनि सुने एक/ दुई पटमुर्ख विद्वानहरु बाट ...अलिकति हाँसो लाग्ने कुरा होइन र ? हो ! तर ... मगर, थारु र अन्य जनजाती समुदायमा यो पर्वलाई चेली र माइती बिचको आत्मीय सम्बन्धलाई अझ प्रगाढ बनाउन बिबाह गरि पराईघर गएकी चेलीलाई माइतीमा निम्तो गरि पुर्णरुपले स्वागत सत्कार गरि चेली मान्ने र पुज्ने चलन छ । बिशेष गरि मगर समुदायमा कुनै पनि चाडपर्वहरु चेली र माइती बिचको माया,आदर र सम्मान सँगनै सम्बन्धित हुने गर्छ । 
"माघेसंक्रान्ती" नेपाल भूमि लगायत लगभग आधुनिक दक्षिण एसिया र त्यसको वरपर अझै परसम्म पनि सनातन देखिकाे वैदिक  परम्परा अनुसारन‌ै चालचलन, रीतिरिवाज र सदाचार पालना भएकाे देखिन्छ । 
( भगवान्श्रीराम स्वयं पृथ्वीमा अवतरित भएर आएकाे समयमा समग्र पृथ्वीनै उहाँको शासन सत्ता थियाे । त्यसैले त त्यो युगलाई राम राज्य भनियो । हामी मनुष्य भएको याे समग्र पृथ्वी एक देशनै हाे र यसकाे अधिपतिका रूपमा स्वयं परमात्मा अवतर हुनुभएको अवस्थाकाे कुराका सन्दर्भ हेर्दा देखिएकाे आधारमा ) ।

बास्तबमा हामी विशेषत: "नेपाली" यो भूमिमा जन्म लिनेहरू औधी भाग्यमानी छाैं । किनकि यहाँका रीतिरिवाजहरू यस्ता छन् जसका कारण मानिसहरू पश्चिमी देशकाे तुलनामा मानसिक राेगीहरू कम छौं ।  कारण: हामीकहाँ समय-समयमा फरक- फरक संस्कृतिका चाडपर्वहरू आइरहन्छन् । 
हामी थकित हुँदा वा कुनै ब्यापारमा असफल हुँदा पनि बेला बेलामा मनाउने चाडबाडले त्यस्ता तनावहरू कम गर्ने गरेका हुन्छन् यी कुरालाई हामी आफैंले पनि अनुभव गरिरहेका हुन्छौं । 
पश्चिमी देशतिर जस्तो हामीकहाँ चाडपर्वमा मनाउन कुनै बार वा बिदा कुर्न पर्दैन । हाम्रा ऋषि महर्षीहरूले सनातनदेखि अनन्तकालसम्म समय, दिन, बार, तिथि सबै एकैपटक मिलाएर हामीलाई उपहार स्वरूप हस्तान्तरण गरिसकेका छन् । त्यसैले हामी नेपालीहरू अहाेभाग्यमानी हाैं ।
#माैसमका हिसाबले अत्यधिक चीसाे बढ्ने भएका कारण यसबाट शरीरलाई सन्तुलनमा राख्न भाेलीका दिनदेखि अर्काे केही दिन दैनिक भाेजनका साथमा के खाने ? के नखाने ? भनेर हाम्रा सनातन पुर्खाले सृष्टि गर्नुभएको ६ रस मध्ये मधुर रस उखुकाे प्रयाेग भएको देखिन्छ । #उखुकाे रसलाई प्रशाेधन गरेर त्यसबाट उत्पन्न सखर वा पछि आएर त्यसलाई पनि सहज रूपमा ग्रहण गरून् भनेर तयार पारेकाे " चाकू " र त्याे चाकूलाई पनि सन्तुलन  राख्न #घ्यू र अझ त्यसबाट निस्कने बिकारलाई हटाउन " तील " काे समेत सेवन गर्नुअघि आफ्ना कूलपितृ र इष्टलाई समर्पण गर्द‌ै आफूले पनि मकर स्नान पछि ग्रहण गर्ने दिनकाे रूपमा मनाइने मकर संक्रान्ति हाे । यहाँका चाडपर्व पनि सिधै ईश्वरप्रणीत भएकोले यहाँ मनाउने चाडपर्वले समेत परमात्मासँग एक किसिमले याेग अर्थात मिलन गराइरहेको हुन्छ । 
यस्तो महानतम् परम्परा कुनै एक समुदाय वा एक सम्प्रदायकाे मात्रै हुनै सक्द‌ैन । किनकि सृष्टि कर्तामाथि अधिकार सबैकाे छ र सृष्टि कर्ताकाे पनि आफ्नो अधिकार समस्त प्राणी माथि बराबर नै रहन्छ ।  
न बुद्धिभेदं जनये दज्ञानां कर्म सङ्‌गिनाम् । जाेषयेत् सर्व कर्माणि विद्वान् युक्तः समाचरन् ।।
अर्थात् - ज्ञानी पुरुषले कर्ममा आसक्त भएका अज्ञानी मानिसहरुको बुद्धिमा भ्रम उत्पन्न गराउनु हुँदैन , बरु आफूआशक्ति रहित भएर सही ढंगले कर्म गर्दै उनीहरूलाई पनि सबै कर्ममा संलग्न हुन प्रेरित गर्नुपर्छ ।
कल्पना मगरको फेसबुकबाट साभार 
 

प्रकाशित मिति: बिहीबार, माघ १, २०८२  ११:३९
प्रतिक्रिया दिनुहोस्