सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपाली राजनीति अनेकौँ नाम, पद र शक्तिका आरोह-अवरोहले भरिएको यात्रा हो । धेरै नेता आए -चम्किए, हराए । तर किशुनजी भने राजनीतिभित्र "मान्छे" कसरी रहिरहन सकिन्छ भन्ने दुर्लभ उदाहरण बने । उहाँको जीवन पद, शक्तिको प्रदर्शन वा राजनीतिक सौदाबाजी थिएन -त्यो त मान्छेपन, सत्यनिष्ठा र सरलताको शुद्धतम रूप थियो ।
प्रधानमन्त्री भएर पनि बिहान-बेलुका पैदल हिँड्ने नेता आज कल्पना जस्तै लाग्छ । नातावाद, शक्तिवाद र व्यक्तिगत लाभ -यी शब्दहरू उहाँको शब्दकोशमै थिएनन् । घर-जग्गा जोडेर भविष्य सुरक्षित गर्ने प्रवृत्तिले राजनीतिक चरित्र नै बिगारिरहेको बेला किशुनजीले आफ्नो भविष्य होइन, देशको आत्मा सुरक्षित गरे ।
उहाँलाई भेटेका धेरैले भन्छन् "किशुनजीसँग बोल्दा लाग्थ्यो, हाम्रै गाउँका सरल, विवेकशील बुबाजस्तै ।"
भ्रष्टाचारविहीन राजनीति: असम्भवलाई सम्भव बनाउने चरित्र नेपालजस्तो समाजमा सबैभन्दा कठिन कुरा के हो भने -निष्पक्षता प्रमाणित गर्नु । तर किशुनजी त्यस्ता नेता हुन् जसको जीवनमा 🔹एक रुपैयाँ भ्रष्टाचारको दाग लागेन 🔹'पावर'को लोभले नीति कहिल्यै बिगार्न सकेन, 🔹राजनीतिलाई रोजगारी बनाउने सोच एक दिन पनि आएन । उहाँका लागि राजनीति पेशा होइन -अङ्गीकार थियो । लोकतन्त्र उहाँको धर्म थियो, श्वास थियो । २०४६ पछिको संक्रमणकालमा कानुनको शासन, प्रेस स्वतन्त्रता र नागरिक अधिकारलाई संस्थागत गर्ने ऐतिहासिक हस्ताक्षर किशुनजीकै नेतृत्वमा सम्भव भयो । उहाँलाई कुर्सीभन्दा ठूलो लाग्थ्यो -व्यवस्था । त्यसैले धेरैले भन्छन्, "किशुनजीले कुर्सी बचाएनन्, देशको आत्मा बचाए ।" हाजिरजवाबी, सौम्यता र राजनीतिक संस्कार किशुनजी क्रोधले होइन, हासोले कटु सत्य बोल्ने नेता थिए । जब कसैले भन्यो -"कांग्रेस बदनाम हुँदैछ," उहाँ मुस्कुराउँदै उत्तर दिनुहुन्थ्यो -"लोकप्रियता कांग्रेसको हो, बदनाम म एक्लै !" त्यही सौम्यता, ठूलो मन र संस्कारित राजनीतिले उहाँलाई आजको विषाक्त वातावरणमा 'औषधि' जस्तै आवश्यक बनाउँछ ।
योगी-नेता: आध्यात्मिकता र राज्यभावको दुर्लभ संगम किशुनजीलाई नजिकबाट चिन्नेहरू भन्छन् -उहाँ राजनीतिमा भए पनि भित्री मनमा सन्त, साधक, योगीजस्तै । साहित्य, योग-ध्यान, गेरुवा लुगा -यी उहाँका दैनिकी थिए । त्यही आध्यात्मिक स्थिरताले उहाँका निर्णयहरूलाई कडा बनायो, तर हृदयलाई नरम, पारदर्शी र न्यायपूर्ण राख्यो । उहाँ धर्म बोल्ने होइन -धर्म बाँच्ने नेता हुनुहुन्थ्यो । धर्म उहाँका लागि जात, समुदाय वा आडम्बर थिएन -मानवता, दया, सत्य र कर्तव्य नै उहाँको धर्म थियो ।
पद छोड्दा पनि सिद्धान्त नछोड्ने नेता "पद गुमेपछि नेता शक्तिहीन हुन्छ" भन्ने भ्रमलाई किशुनजीले उल्ट्याइदिनुभयो । उहाँले प्रमाणित गर्नुभयो -पद गुमेपछि मान्छेपन अझ स्पष्ट हुन्छ । कहिल्यै कुर्सीमा टाँसिने मोह राख्नुभएन । कुर्सीभन्दा ठूलो -सिद्धान्त मानिरहनुभयो ।
निष्कर्ष: किशुनजी 'महान' मात्र होइनन् -'आवश्यक'छन् किशुनजीले—🔹राजनीतिलाई स्वच्छ बनाए🔹लोकतन्त्रलाई मूल मूल्य बनाए🔹सरलतालाई शक्ति बनाए🔹हासोबाट सत्य बोले🔹पदको अहंकार मेटेर मान्छेपनलाई पहिलो बनाए🔹धर्मलाई राजनीति होइन -मानवताको मार्ग ठाने नेता त भोलि पनि जन्मिँदै जानेछन् तर किशुनजीजस्तो चरित्र एक-दुई पुस्तामा एकपटक मात्र जन्मिन्छ । आजको विषाक्त राजनीतिक समयले फेरि एकपटक किशुनजी खोजिरहेको छ -पावरको राजनीति होइन, मान्छेपन, नैतिकता र धर्मको राजनीति ।
यस जन्मजयन्तीमा किशुनजीलाई श्रद्धाञ्जली अर्पण गर्नु भनेको तस्बिरमा फूल चढाउनु मात्र होइन; उहाँले देखाउनुभएको मूल्य र मार्गलाई आजको जीवन-व्यवहारमा उतार्नु हो । किशुनजी आज पनि हाम्रो विवेकमा जीवित हुनुहुन्छ -शब्दमा होइन, मार्गदर्शनमा । विवेक खत्री प्रसाईको फेसबुकबाट साभार