यस्तो छ यहुदीहरु बारे रोचक तथ्य र इतिहास

आइतबार, पुस १३, २०८२

विश्वमा सबैभन्दा चलाख,स्मार्ट भनेर यहुदी समूदायलाई चिनिन्छ । यो समूदायले गरेका धेरै आविष्कार र खोजले हाम्रो मानव जीवन सहज बनाएको छ ।
को हुन् त यहुदीहरु ? यहुदीहरुको बारेमा रोचक केही तथ्य यस्ता छन् ।
हामी नेपालीहरु धेरैलाई यहुदी भन्ने बित्तिकै इजरायलमा बस्नेहरु हुन् भन्ने लाग्न सक्छ । तर,इजरायलमा यहुदी मात्र बस्दैनन् । इजरायलमा करिब ७५ प्रतिशत यहुदी छन् ।बाँकी मुस्लिम र क्रिश्चियन लगायत अरु धर्म र समूदायका मानिस बसोबास गर्छन् ।

यहुदी सभ्यतालाई करिब ४ हजार बर्ष पुरानो सभ्यता मानिन्छ भने उनीहरुको धर्मलाई ‘जुडिजम’ भनिन्छ । संसारभरीमा यहुदीको संख्या करिव डेढ करोड जति भएको अनुमान छ । इजरायलमा सबैभन्दा धेरै यहुदी छन् भने इजरायलपछि अमेरिका र फ्रान्समा यहुदीको संख्या धेरै छ । जनसंख्याको अनुपातमा सबैभन्दा धेरै नोबेल पुरस्कार पाउँनेमा यहुदी समूदाय अगाडी छ । महान् वैज्ञानिक अल्बर्ट आइन्सटाइन पनि यहुदी हुन् । साथै फेसबुकका संस्थापक मार्क जुकर्बर्ग समेत यहुदी हुन् ।

यहुदी समूदायलाई संसारमै तेज दिमागका र स्मार्ट मानिन्छ । उनीहरुले गरेका आविष्कार र खोजले मानव जीवनलाई धेरै नै सहज बनाएको छ । पोलियो जस्तो घातक रोगको खोप विकास गर्ने ‘जोनास साल्क’ यहुदी हुन् । जस्को कारण विश्वबाट लगभग पोलियो समाप्त भयो । पोलियो विरुद्धको खोप बनाउँने जोनासले ‘पेटेन्ट’ नलिई मानव सेवामा योगदान दिए । जस्ले लाखौँ जीवन बचायो ।
सर्च इन्जिन गुगल बनाउँने मध्ये एक सर्गेइ ब्रिन यहुदी हुन् । जस्को कारण आज हामी घरमै बसेर विश्वको गतिविधी खोज्न,थाहा पाउँन र धेरै कुरा बुझ्न अनि सिक्न सक्छौं ।
त्यस्तै whatsapp बनाउँने दुई मध्ये एक jan koum युक्रेनी यहुदी हुन् ।  यहुदीहरू विश्व जनसंख्याको ०.२ प्रतिश मात्र भए पनि विज्ञान, प्रविधि, चिकित्सा, अर्थशास्त्र, कला र टेक्नोलोजीमा अतुलनीय योगदान दिएका छन् ।

यहुदीको केही संस्कार भने अचम्मको छ

यहुदीहरुले शुक्रबार साँझदेखि शनिवार साँझसम्म ‘सब्बाथ’ मनाउँने गर्दछन् । जसमा उनीहरु कुनै काम गर्दैनन् । क’ट्टर धार्मिक यहुदीले यो सब्बाथको समयमा काम नगर्ने नियम हुन्छ । यसले शरीर र मानसिक विश्राम सुनिश्चित गर्छ भन्नेमा उनीहरु विश्वास गर्छन् । इलेक्ट्रोनिक्स र इलेक्ट्रिकल उपकरणका चीजहरू प्रयोग गर्दैनन् । जस्मा उनीहरु शुक्रबार साँझ पर्नु अगाडी नै भोली शनिवार साँझ सम्मको लागी पुग्ने खाना पकाएर राखिसक्छन् भने मोबाइल फोन चलाउँदैनन् र गाडी गुडाउँदैनन् । यदि घरमा बत्ती बाल्न र निभाउँन परेमा समेत बाहिरी मानिस बोलाएर निभाउँन र बाल्न लगाउँने गर्छन् ।

यहुदीमा पनि धार्मिक क’ट्टर र उदार किसिमका यहुदी छन् । उदार यहुदीहरु मस्त आधुनिकताको अभ्यास गर्छन् भने क’ट्टर यहुदीहरु भने धर्म,नियम र संस्कार प्रति प्रतिबद्ध रहन्छन् । अमेरिकाका धनाढ्य मध्ये यहुदी समूदाय नै अगाडी आउँछन् । विश्वभरीका टप दश धनाढ्यमा पनि केही यहुदीहरु नै छन् ।

धेरै कुरामा अगाडी भएर पनि उनीहरुको इतिहास भने दुःखद छ ।

धेरै यहुदीहरु दोस्रो विश्वयुद्धताका आफू बसि आएको युरोप,एसिया,अफ्रिका र अरब देशहरुबाट भागेर अनि लखेटिएर इजरायल आईपुगे । त्यसक्रममा ठूलो पारिवारिक विछोड भयो।करिब ६० लाख यहुदीको ह’त्या भयो । र,सन् १९४८ मा इजरायल राष्ट्र स्थापना गरे ।

यहुदी एकतालाई संसारमा सबैभन्दा मजबुत एकता मानिन्छ । विश्वभर जुनसुकै देशमा छरिएर रहेका भएपनी इजरायल आउँन चाहेमा त्यस्ता यहुदी प्रकृया पुर्र्याएर इजरायलमा स्थायी रुपमा बस्न आउँन सक्छन् र इजरायलले स्वागत गर्दछ । कतिपय अवस्थामा त इजरायलले नै गएर उनीहरुलाई लिएर समेत आउँने गर्दछ । विश्वको जुनसुकै कुनामा रहेका यहुदी माथि कुनै किसिमको अफ्ठेरो भएमा एक भएर मद्धत गर्न अगाडी आउँछन् । इजरायललाई विश्वभरका यहुदीले धेरै सहयोग र मद्धत गरिरहेका हुन्छन् । 

प्यालेष्टाइन र इजरायलका यहुदी बीचको आपसी झगडाको कारण यहुदीहरुको आलोचना पनि हुने गर्दछ ।

मरुभूमि र चारैतिर अरब दु’श्मन राष्ट्रले घेरिएर रहेको सानो भूमि इजरायललाई यहुदीहरुले निकै दुःख मिहिनेतका साथ आजको शक्तिशाली,समृद्ध र विकसित राष्ट्र बनाएको ईतिहास हामो अगाडी छर्लंग छ ।

श्रोत -सामाजिक सञ्जाल 

प्रकाशित मिति: आइतबार, पुस १३, २०८२  ०७:२०
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय