सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
बाइसे–चौबिसे राज्यकालको ऐतिहासिक थलो हो प्युठानको उदयपुरकोट दरबार, जहाँ कश्यप गोत्रीय ब्राह्मण राजाहरूले सत्र पुस्तासम्म शासन गरे। राज्य नीतिशास्त्र अनुरूप चल्थ्यो, सेना–प्रहरी वा हातहति, यार थिएन, र आफ्नै मुद्रा पनि प्रचलनमा आएको थिएन।
इतिहासमा भुरेटाकुरे राजाहरुमा शाह, चन्द, मल्ल, घले, लिम्बु लगायतका जातिहरुले राज्य गरेको पाइन्छ । तर प्युठानको उदयपुरकोटमा भने बाह्मण जातिका अधिकारी वंशजका राजाहरुले राज्य गरेका थिए । उदयपुरकोट राज्यमा नीतिशास्त्र अनुरुप शासन व्यवस्था सञ्चालन हुने गर्दथ्यो । राज्यमा कुनै सेना प्रहरी र हातहतियार समेत थिएन । राज्यको आफ्नो मुद्रा समेत प्रचलन थिएन । उदयपुरकोटमा पुग्ने पर्यटकहरुलाई यस्ता ऐतिहासिक कुराले आश्चर्य लाग्छ । यसरी नीति शास्त्रबाट राज्य सञ्चालन भएको उदयपुरकोट राज्यको इतिहास सुन्दा पर्यटकहरु अचम्म मान्छन् । इतिहास नपढेका कतिपय पर्यटकहरुले यी कुराहरुलाई कथा होला भन्ने गर्दछन् । उदयपुरकोट पुग्ने पर्यटकहरुले अहिले पुरानो दरबार भने देख्न सक्दैनन् । जुन दरबारमा सत्र पुस्तासम्म कश्यप गोत्रीय ब्राह्मण राजाहरुले राज्य गरेका थिए ।
यस दरबारका अन्तिम शासक राजा शान्तराज अधिकारी र रानी सुभद्रा देवी थिए। राजाको नि,धन वि.सं. २०४२ मा र रानीको वि.सं. २०५० मा भएको थियो। राज्य उन्मूलनपछि दरबारको शासन अन्त्य भयो,राजा दरबार छोडेर बसाइ सरे। तर इतिहासमा यो दरबार नेपालकै एक मात्र ब्राह्मण शासित राज्यको रुपमा इतिहासमा दर्ज छ।
उदयपुरकोट राज्यको इतिहासमा प्रथम राजा कश्यप गोत्रीय अधिकारी कार्की थरका जसुधर हुन् । १६ औं शताब्दीको अन्ततिर अर्थात ५०५ वर्ष अगाडि जसुधरले बि.स.१५७५–१६०२ सम्म २७ वर्षसम्म उदयपुरकोटमा राज्य चलाएका थिए । त्यसपछि सत्रौं पुस्तासम्म उदयपुरकोटमा कश्यप गोत्रीय अधिकारी कार्की थरका राजाहरुले राज्य सञ्चालन गरेका थिए । बाह्मण राजा अधिकारीको अस्तित्व मध्यकालदेखि आधुनिक नेपालको राज्य रजौटा उन्मूलन ऐन २०१७ लागु हुनुभन्दा अगाडिसम्म उदयपुरकोटमा थियो । उदयपुरकोटको राज्य बि.स.१८४३ मा नेपालमा एकीकरण भएपछि पनि पर्साराम, रुद्रमणि, जागेश्वर, नरनारायण, दामोदर, हरिप्रसाद र शान्तराजले नेपाल सरकारबाट आजीवन भत्ता पाउँदै आएका थिए । जसुधर उदयपुरकोटको राजा हुनुमा पनि रोचक प्रसंग छ । त्यो समयमा दाङको छिल्लीकोटमा चल्ल वंशीय राजाले राज्य चलाएका थिए । राजकाज चलाउन चल्ल वंशका राजालाई चतुर विद्यामा निपुण भएका मानिसको आवश्यकता थियो । बाजुराको ढुंगा जुगाडाबाट आएका जसुधर अधिकारी कार्की ज्योतिषी विद्यामा निपुण थिए । उदयपुरकोट राज्यको राजा हुनु भन्दा पहिले जसुधर शुरुमा छिल्लीकोटको राजाको दरवारमा सम्मानपूर्वक आश्रय पाएका थिए । त्यसै समयमा दाङको भूमि प्युठानका भित्रीकोटे राजाले कब्जा गर्ने योजना बनाएका थिए । राज्य कब्जा गर्ने योजना थाहा पाएपछि दाङका थारुराजा दानसिंह दनुवार छिलीकोटे राजा मेघबहादुर शाहका शरणमा सहयोग माग्न पुगे । दाङ र छिल्लीकोट दुबै राज्य आक्रमण गर्न भित्रीकोटे राजाले फौज पठाए पनि जसुधरको कूटनीतिक प्रयासबाट आक्रमणको प्रयास असफल भयो । जसुधरको प्रयासकै कारण भित्रीकोटका राजाले दाङ र छिल्लीकोटका राजासँग सन्धि गर्न बाध्य भए । त्यसपछि जसुधरको चतुरयाइँ कूटनीतिबाट छिल्लीकोट र दाङ राज्य सुरक्षित भएकोले प्युठान र छिल्लीकोटको सिमानामा पर्ने त्यो समयमा पाँचसय थुम उदयपुर राज्यभित्र पर्ने २९ मौजा र गाउँ बिर्ता राज्यको रुपमा कश्यप गोत्रीय ब्राह्मण जसुधरले पाएका हुन् ।
नेपाल एकीकरण अभियानका क्रममा विक्रम सम्वत १८४३ मा शाहवंशीय सेनाहरु उदयपुरकोट पुगेका थिए । त्यति बेला उदयपुरकोटमा राजा इच्छाराम थिए । एकीकरण अभियानको नेतृत्व गरेका काजी दामोदर पाण्डे, जगजीत पाण्डे, सरदार प्रवल राना र सुब्बा फौदसिंह पनि उदयपुरकोटका राजाका शासन गर्ने तरिका सुनेर अचम्म परेछन् । ब्राह्मण राजाले राज्य गरेको, कुनै सेना प्रहरी र हातहतियार समेत राज्यमा नभएको राज्यको आफ्नो मुद्रा समेत प्रचलनमा नभएको कुरा एकीकरण अभियानको नेतृत्व दलले माथिल्लो निकायमा सबै कुरा दर्शाए छन् । ब्राह्मण राज्य भएका कारण हरण गर्न नहुने कुरा माथिल्लो निकायले पठाए छ । त्यसपछि एकीकरण अभियन्ताहरुले नेपाल सरकारको अधिनमा रहने गरी उदयपुरकोट राज्य स्वीकार गरेका थिए । एकीकरणपछि प्युठानको खुंग्री र उदयपुरकोटका राजा नेपालको छत्रछायामा रजौटाको रुपमा रहन गएको थियो । तर पछि रजौटाको अस्तित्व कानुनीरुपमा समाप्त भएको थियो ।
इतिहासकार सूर्यमणि अधिकारीले उल्लेख गरे अनुसार बाजुरा ढुंगा जुगाडा राज्यबाट आएका जसुधर अधिकारी कार्की ज्योतिषी विद्यामा निपूर्ण थिए । जसुधरले सुरुमा दाङ छिल्लीकोट राजाको दरवारमा सम्मानपूर्वक आश्रय पाएका थिए । त्यसै समयमा दाङको भूमि प्युठानका भित्रीकोटे राजाले कब्जा गर्ने योजना बनाएका थिए । राज्य कब्जा गर्ने योजना थाहा पाएपछि दाङका थारुराजा दानसिंह दनुवार छिलीकोटे राजा मेघबहादुर शाहका शरणमा सहयोग माग्न पुगे । ठूलो दलबलका साथ दाङ र छिल्लीकोट दुबै राज्य आक्रमण गर्न भित्रीकोटे राजाले फौज पठाए पनि आक्रमणको प्रयास असफल भयो । जसुधरको कूटनीतिक प्रयासबाट भित्रीकोटे राजाका फौज असफल भई फर्किए । जसुधरको प्रयासकै कारण भित्रीकोटका राजाले दाङ र छिल्लीकोटका राजासँग सन्धि गर्न बाध्य भए । त्यसपछि जसुधरको चतु¥याइँ कूटनीतिबाट छिल्लीकोट र दाङ राज्य सुरक्षित भएकोले प्युठान र छिल्लीकोटको सिमानामा पर्ने त्यो समयमा पाँचसय थुम उदयपुर राज्य भित्र पर्ने २९ मौजा र गाउँ बिर्ता राज्यको रुपमा कश्यप गोत्रीय ब्राह्मण जसुधरले पाएका हुन् ।
उदयपुरकोट राज्यको इतिहासमा प्रथम राजा कश्यप गोत्रीय अधिकारी कार्की थरका जसुधर हुन् । आजभन्दा ५०५ वर्ष अगाडि अर्थात १६ औ शताब्दीको अन्ततिर जसुधरले बि.स. १५७५ देखि १६०२ सम्म २७ वर्ष सम्म उदयपुरकोटमा राजकाज चलाएका थिए । त्यसपछि सत्रौं पुस्तासम्म उदयपुरकोटमा कश्यप गोत्रीय अधिकारी कार्की थरका राजाहरुले राज्य सञ्चालन गरेका थिए । उदयपुरकोटको राज्य बि.स.१८४३ मा नेपालमा एकीकरण भए पनि त्यसपछि पर्साराम, रुद्रमणि, जागेश्वर, नरनारायण, दामोदर, हरिप्रसाद र शान्तराजले बि.स.२०१६–२०४२ सम्म राज्य रजौटा उन्मूलन भइसकेपछि पनि नेपाल सरकारबाट आजीवन भत्ता पाउँदै आएका थिए । राजा जसुधरका सन्तति अधिकारीहरुको वंशावली पनि प्रकाशन भएको छ । अब जसुधरका सन्ततिहरुले आफ्नो थर, गोत्र, प्रवर र राज्यका बारेमा जान्न इच्छुक पर्यटकहरुलाई सजिलो भएको छ भने कश्यप गोत्रीय अधिकारी थर भएका पर्यटकले आफू कुन पुस्तामा छु ? कुन व्यक्तिसँग के नाता पर्दछ भन्ने कुरा जसुधरका सन्ततिहरुले सजिलै जान्न सक्ने भएका छन् । उदयपुरकोट राज्यको बारेमा लेखक पद्मप्रसाद शर्माले अधिकारी वशंघर नियाल्दा नामक पुस्तक प्रकाशन गर्नुभएको छ । त्यसै गरी प्रेमनारायण अधिकारी र गजराज अधिकारीले पनि उदयपुरकोटका राजाहरुका बारेमा आफ्नो कृति प्रकाशन गर्नुभएको छ ।
नेपालमा तत्कालीन समयमा रहेका बाइसे चौविसे राज्यहरुमा उदयपुरकोट राज्य बाहेक अन्य कुनै पनि राज्यमा ब्राह्मण राजा भएको इतिहास पाइँदैन । कश्यप गोत्रीय कार्की अधिकारीहरु आजभोलि देश विदेशमा छरिएर रहेका छन् । अहिले पनि प्युठानको रातापानी, मर्कावाङ, तिराम, तिमिले, बांगेसाल, नयाँगाउँ र उदयपुरकोट जसलाई धोवाघाटकोट पनि भनिन्छ कश्यप गोत्रीय अधिकारीहरुको बसोवास छ । अधिकारीहरु अनिलो र नुनिलो दुईवटा शाखाका छन् । उदयपुरे अधिकारीहरु अनिलो शाखामा पर्दछन । यी अधिकारीहरुलाई कार्की भनेर पनि चिनिन्छ । मूल थलो जुम्लामा रहँदा जुम्लेली राजाले कर अधिकारीको पद दिएकाले कर अधिकारीलाई कार्की भनिएको हो भन्ने भनाइ रहेको छ । कश्यप गोत्रीय यी कार्की अधिकारीहरुको मूल थलो उदयपुर मानिन्छ । उदयपुरकोट राज्यको अधिकांश भाग अहिले प्युठानको माण्डवी गाउँपालिकामा पर्दछ भने केही भाग दाङको बंगलाचुली र राप्ती गाउँपालिकामा पर्दछ ।
हालको गुल्मी जिल्ला अन्तर्गत पर्ने २४ से राज्यहरू मध्येको इस्मा राज्यमा पनि चार पुस्तासम्म अर्यालबम्सीय ब्राह्मणहरूले शासन गरेका थिए ।
अर्जुन श्रेष्ठको फेसबुकबाट