SSI SSI
SSI SSI

शंख बजाउनुको धार्मिक र वैज्ञानिक कारणहरू

आइतबार, वैशाख १४, २०८२

धार्मिक दृष्टिले, शंखलाई शुभता र सकारात्मकताको प्रतीक मानिन्छ। शंखको ध्वनि “ॐ” नादसँग मेल खाने भएकाले यसलाई ब्रह्माण्डीय ध्वनि पनि भनिन्छ। धार्मिक ग्रन्थहरूमा उल्लेख भए अनुसार भगवान विष्णु र देवी लक्ष्मी शंखलाई प्रिय मान्दछन्। पूजा वा आरतीको बेला शंख बजाउँदा देवता प्रसन्न हुने, वातावरण शुद्ध हुने र नकारात्मक शक्ति हट्ने विश्वास गरिन्छ। महाभारतमा युद्ध सुरु गर्नु अघि पाण्डव र श्रीकृष्णले शंख बजाएको उल्लेख छ, जसले विजयको संकेत दिन्थ्यो। शंखलाई हिन्दू धर्मसँग जोडेर हेरिन्छ तर शंखको परिचय त्यतिमै मात्र सीमित छैन । यसको वैज्ञानिक महत्व पनि छ । यसको प्रयोगबाट स्वास्थ्यसम्बन्धी थुप्रै फाइदा समेत हुन सक्छन् । आयुर्वेदले पनि शंखलाई लाभदायक मानेको छ ।

शंख हाम्रा लागि कति फाइदाजनक छ र ती फाइदा के के हुन् जानौँ,
धार्मिक कारणहरू
शुभता र सकारात्मक ऊर्जा - हिन्दू धर्मशास्त्रअनुसार शंख ध्वनि ब्रह्माण्डको आदि नाद अर्थात् “ॐ” सँग मेल खाने हुन्छ। यो ध्वनि बज्दा वातावरणमा सकारात्मक ऊर्जा फैलिन्छ र नकारात्मक शक्तिहरू दूर हुन्छन् ।

देवताको आव्हान - शंख बजाउँदा देवता प्रसन्न हुन्छन् भन्ने विश्वास छ। विशेष गरी विष्णु र लक्ष्मीका प्रिय वस्तुमा शंख पर्छ।

शुद्धीकरणको प्रतीक - पूजा सुरु गर्नु अगाडि शंख बजाउनुले वातावरणको शुद्धीकरण गर्छ भन्ने विश्वास गरिन्छ। यसले दुष्ट आत्मा वा नकारात्मक शक्ति टाढा भाग्छन्।

धार्मिक ग्रन्थमा उल्लेख भए अनुसार महाभारतमा पाण्डवहरूले युद्ध सुरु गर्नु अघि शंख बजाएका थिए। भगवान श्रीकृष्णले पनि “पाञ्चजन्य” नामक शंख बजाउनु भएको उल्लेख छ।

वैज्ञानिक कारणहरू- ध्वनि तरंगको प्रभावशंखबाट निस्कने ध्वनि एक प्रकारको अल्ट्रासोनिक फ्रिक्वेन्सी ९२०००–३०००० हर्ज को हुन्छ, जसले वातावरणमा रहेका कीटाणुहरू नष्ट गर्ने वैज्ञानिक दाबीहरू छन् ।

श्वासप्रश्वास सुधार - शंख फुक्दा फोक्सोका मांसपेशी सक्रिय हुन्छन्, जसले श्वासप्रश्वास प्रणाली बलियो बनाउँछ। यो अभ्यास योगको “प्राणायाम” जस्तै मानिन्छ।

मस्तिष्कमा सकारात्मक प्रभाव - शंख बजाउँदा उत्पन्न हुने कम्पनले मस्तिष्कमा सुखद अनुभूति र ध्यान केन्द्रित गर्ने क्षमता बढाउँछ।

मनोकामना र मानसिक स्वास्थ्य - नियमित शंख बजाउँदा तनावरहित महसुस हुन्छ, चिन्ता घट्छ र मानसिक सन्तुलन कायम रहन्छ।

यसको अतिरिक्त अरु पनि फाइदाहरू लिन सक्नुहुनेछ। आफैले अनुसन्धान गरेर हेर्नुहोस् धेरै धेरै फाइदाहरु पाउन सकिन्छ।

श्रोत - सामाजिक सञ्जाल

प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२  १७:३५
प्रतिक्रिया दिनुहोस्