नेवारहरुले म्हपुजा किन गर्छन  ?

बुधबार, कात्तिक १२, २०८२

तान्त्रिक आचारको पुजा , म्हपुजा नेवारहरुबीच अत्यन्तै लोकप्रिय पर्वको रुपमा लिइन्छ ।  तन्त्रमा गरिएको निर्देशन अनुसार यो बिधि तन्त्राचारबाट टाढीएकाहरुबीच पुगेको देखिन्न वा नेवारहरुबिच मात्र केन्द्रित हुन पुगेको देखिन्छ, यस पर्वलाइ तान्त्रिक ग्रन्थहरुमा  उल्लेख गरिएको छ ,नेवार तन्त्रचारहरुको उत्कृष्ट ग्रन्थहरु मध्यको एक  कुलार्णव तन्त्रको दशौँ उल्लासमा लेखिएको छ . तन्त्र शास्त्रको यो प्रमाणले म्हपुजा को दिन आफ्नो शरीर  अगाडी मण्डल रेखी कोरी, अन्डा सगुन  लिनुलाई बार्षिक पुण्य पुरा गर्ने कर्मको रुपमा लिइएको छ ! नेपाल लिपिमा लेखिएको हस्तलिखित कुलार्णव तन्त्रमा "बर्ष बंधन कर्मस्य फलान बिन्दन्ति मानवा:" भनि लेखिएको पाइन्छ ।  कार्तिक शुल्क प्रतिपदाको दिन आफुलाई पुजा नगरेको  खण्डमा  एक बर्ष सम्म  गरिएको पुण्य नाश  हुन्छ  , त्यसैले  पुण्य लाभको लागि  म्हपुजा गर्नुपर्ने  देखिन्छ ।  आफु भित्र रहेको चैतन्य जगाउन र आत्मा शुद्धिकरणकोलागी पनि म्हपुजा अपरिहार्य छ ।  यसरि हिसाब मिलान गर्नुपर्ने दिनको  रुपमा म्हपुजालाइ लिएको  देखिन्छ ।  यस दिनमा देवता पुजा गरि अर्को बर्षको कार्यक्रम  तय गर्ने दिनको रुपमा म्हपुजा भएकोले नयाँ बर्षलाइ यस दिनमा गाभिएको हुनसक्ने अधार धेरै देखिएको छ ।  


पंचाङ्गमा औंसीलाई ३० र पुर्णिमालाइ १५ लेखिन्छ , ३० को गणना पछि अर्को महिना प्रारम्भ हुन्छ, जसलाई कार्तिक शुक्ल प्रतिपदा वा कछलाथ्व: १ हुन्छ | कछलागा: ३० मा महिना पूर्ण  भएको मानेको खण्डमा १५ दिन अगाबै महिना पुरा भएको देखिन्छ ।  अर्थात् कार्तिक शुक्ललाइ प्रारम्भ मानेपछि ३० दिने एक महिना गणना गर्दा मंगसिर कृष्ण सम्म गणना गर्नुपर्ने हुन्छ ।  तसर्थ बर्षको प्रारम्भ म्हपुजा को दिन अर्थात कार्तिक शुक्ल प्रतिपदालाई नै लिनु पर्ने देखिन्छ । 
बर्षको प्रारम्भलाई लिएर शास्त्रीय बिधि अनुरुप बैदिक ग्रन्थमा पनि उल्लेख गरिएको छ| कार्तिक औंशीको  दिन देवतालाई  बत्ति  अर्पण गरेमा  त्यसलाई  ब्रह्म पद प्राप्त  हुनेछ ।  त्यसको  भोलिपल्ट  अर्थात प्रतिपदाको दिन आफैलाई दिप अर्पण गरि नयाँ बश्त्र लगाई पुजा गरेको खण्डमा यस व्यक्तिले ब्रह्म पद प्राप्त गर्नेछ !  म्हपुजा तन्त्रिकाचारिहरुले मात्र गर्ने बिधि नभई बैदिकचारिहरुले समेत गर्नुपर्ने शास्त्रीय प्रमाणहरुले देखाउंछ ! त्यसैले यो नेवारहरुको मात्र चलन भने हैन, तर नेवारहरु बिषेसत तान्त्रीक मतका अनुयायी भएको कारणले  यो समुदाय र म्हपुजा परिपुरक रुपमा रहन गएको हो ।
  श्रोत: तन्त्रमा नेवार / मृगेन्द्र राज सुबेदी (नेवा: पुरोहित, भक्तपुर)


 

प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०८२  ०८:२८
प्रतिक्रिया दिनुहोस्