SSI SSI
SSI SSI

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टोमा शाखा बिस्तार 

बिहीबार, जेठ १५, २०८२

सिड्नी ।  एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजका ग्लोबल डाइरेक्टर बद्री अर्यालले हालै आयोजित एक समारोहकाबीच सो शाखाको उद्घाटन गर्दै शाखाबाट सरल र सहज रुपले गुणस्तरीय शैक्षिक परामर्श सेवा र माइग्रेसन सेवा प्रदान गरिने बताए ।

बिगत दुइ दशक भन्दा लामो समयदेखि एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजले विद्यार्थीहरूलाई उपयुक्त देश, पाठ्यक्रम तथा विश्वविद्यालय छनोटदेखि भिसा आवेदन, प्रि-डिपार्चर सेमिनार, र गन्तव्य मुलुकमा पुगेपछि आवश्यक सहयोगसम्मका सम्पूर्ण सेवा प्रदान गर्दै आएको छ ।

विश्वका २५ ओटा देशमा आफ्नो शाखा बिस्तार गर्न सफल एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा स्थापना भएपछियसले आफ्नो  विश्वव्यापी पहुँचलाई अझ सुदृढ बनाएको छ ।


कार्यक्रममा एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज  ग्लोबल ग्रुप म्यानेजर मन्जित घिमिरे, बिजनेस डेभलपमेन्ट म्यानेजर प्रशन्न दाहाल लगायतका सहभागी अतिथिहरूले संस्थाले विश्वभर फैलाएर सञ्चालन गरिरहेको गुणस्तरीय सेवा तथा नेपाली विद्यार्थीलाई दिएको योगदानको बारेमा चर्चा गरेका थिए । 


उनीहरूले क्यानडामा यो शाखाको सुरुवातले नेपाली समुदायलाई अध्ययन र आप्रवासनका क्षेत्रमा अझ सहज बनाउने विश्वास व्यक्त गरे ।
सो कार्यक्रममा  नारायणगढबाट क्षेत्रीय निर्देशक डिल्लीराम अधिकारी, विद्यार्थी, अभिभावक, शिक्षाविद् तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो । 


एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज टोरन्टो शाखा कार्यालयको  नेतृत्व आरसीआईसी रघुनाथ ढकालले गर्नेछन् भने एडमिसन र रिक्रुटमेन्ट लगायत विद्यार्थीहरूको परामर्श तथा भर्ना प्रक्रियामामा प्रविन रिजाल र क्षितिज थापाले सहयोग गर्ने छन् । 


संस्थाले नायग्रा कलेज, एल्गोमा विश्वविद्यालय, इन्टरनेशनल बिजनेस युनिभर्सिटी, सेरिडन कलेज, सेन्टेनियल कलेज लगायत थुप्रै क्यानाडाली शिक्षण संस्थाहरूसँग सहकार्य गर्दै आएको छ । 
 

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  ०८:०६
प्रतिक्रिया दिनुहोस्