SSI SSI
SSI SSI

डब्बोमा भेटघाट तथा चियापान कार्यक्रम सम्पन्न 

बिहीबार, जेठ २९, २०८२

डब्बो । एनएसडब्लु राज्यको पश्चिम ग्रामिण शहर डब्बोमा डब्बो नेपाली समाज अष्ट्रेलिया ( DNCA ) ले  भेटघाट तथा चियापान कार्यक्रम गरेको छ । यहि जुन ७ तारिख शनिबार  स्थानिय पार्कमा भएको सो चियापान कार्यक्रममा डब्बो र त्यस क्षेत्र वरिपरि बसोवाड्स गरिरहेका नेपालीहरुको सहभागिता रहेको थियो । 


कार्यक्रममा डब्बो नेपाली समाज अष्ट्रेलियाका अध्यक्ष राजीव भट्टराईले डब्बो नेपाली समाजले गरिरहेको बिबिध गतिबिधि र सामाजिक क्रियाकलापको जानकारी दिदै आगामी दिनमा पनि सृजनात्मक सोच ,नविनतम बिचार र पबित्र मन लिएर सस्थालाई अगाडी बढाईने बताए । उनले सस्थालाई आफ्नो उद्देस्य र लक्ष्य प्राप्तिको लागि समाजका सबै तह र तप्काको साथ र सहयोगले निरन्तरता पाउने बिस्वास व्यक्त गरे । 


नेपाल बाट आफ्नो सन्तान भेट्न आएका आभिभावाखारू एबम् डब्बोमा बसोबास गरिरहेका नेपालीहरुबीच डब्बोको चिसो मौसममा तात्तातो चियाको चुस्कीसंगै आपसी चिनापर्ची गर्दै नेपाली गीत संगीतमा भरपुर मनोरंजन लिएका थिए । नेपालबाट घुम्न  आएका अभिभावकहरुले यस्तो कार्यक्रममा सहभागी भएर आपसमा चिनजान र भेटघाट गर्ने अवसर मिलाएकोमा आयोजक सस्थाप्रती आभार व्यक्त गरे । उनीहरुले कार्यक्रममा सहभागी हुदा आफुहरु नेपालमै रहेको अनुभव गरेको सुनाए । 


डब्बोमा लामो समयदेखि सामाजिक क्षेत्रमा क्रियाशील रहदै आएका बिकाश दवाडीका अनुसार हाल त्यो क्षेत्रमा नेपालीहरुको संख्या बढ्ने क्रम तिब्र हुदै गएको र हाल त्यस क्षेत्रमा बोलिने भाषाहरुमा नेपाली भाषा दोश्रो बोलीचालीको भाषा रहेको छ ।

 त्यस क्षेत्रमा अंग्रेजी भाषा पछि बोलिने भाषामा नेपाली भाषा दर्ज भएको छ । 


 

प्रकाशित मिति: बिहीबार, जेठ २९, २०८२  ०९:०७
प्रतिक्रिया दिनुहोस्