सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
सिड्नी । नेपाल पत्रकार महासंघ रेडियो नेपाल प्रतिष्ठान शाखाका अध्यक्ष पत्रकार भूषण पोखरेललाई पितृशोक परेको छ । पत्रकार पोखरेलका बुवा युवराज पोखरेलको ८५ बर्षको उमेरमा गत सोमबार (असार १६ गते) निधन भएको हो ।
पारिवारिक स्रोतले दिएको जानकारी अनुसार रौतहटको चन्द्रपुर नगरपालिका -२ मा बसोबास गर्दै आएका पोखरेल केहि समय देखि अस्वस्थ्य रहेको र बिगत केहि महिनादेखि उहाँको स्वास्थ्य स्थिति जटिल बन्दै गएको थियो ।
स्व. युवराज पोखरेलका रबिन , भुषण , बिमल र सुनिप पोखरेल गरि चार छोरा र सुशिला, निर्मला र पवित्रा तीन छोरीहरु रहेका छन । छोरा बिमल पोखरेल भने केहि बर्षदेखि अष्ट्रेलियाको सिड्नीमा बस्दै आएका छन् ।