सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाण्डौ । नेपाली कांग्रेसले डेढ महिनादेखिको रस्साकस्सी अन्त्य गर्दै पन्ध्रौँ महाधिवेशन पुस २६–२८ सम्म गर्ने निर्णय गरेको छ । यहि डिसेम्बर १ तारिख सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले सो निर्णय गरेको हो । समयमै महाधिवेशन गर्नुपर्ने माग उठाउँदै आएका नेताहरूको चाहना अनुसार महाधिवेशन प्रक्रिया तिब्र गतिमा अघि बढ्नेछ। कांग्रेसले सार्वजनिक गरेको कार्यतालिकाअनुसार विदेशस्थित जनसम्पर्क समितिदेखि गाउँ–नगर, प्रदेश हुँदै केन्द्रीय महाधिवेशनसम्मका सबै चरण पुस १५ देखि २८ भित्र सम्पन्न गरिने कांग्रेसले जनाएको छ ।
महाधिवेशनको कार्यतालिका
विदेशस्थित जनसम्पर्क समितिको अधिवेशन पुस १५ गते गाउँ, नगर र वडा कार्यसमितिको अधिवेशन पुस १६ गते गाउँ/नगरपालिका अधिवेशन पुस १७ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन पुस १९ गते प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन एउटा मात्रै निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन पुस २१ गते एकभन्दा धेरै प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन पुस २२ गते सातै प्रदेश कार्यसमितिको अधिवेशन पुस २३ र २४ गते गते केन्द्रीय महाधिवेशन पुस २६, २७ र २८ गते