सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
सिड्नी । फेड्रेसन अफ नेप्लिज कम्युनिटी एशोशियसनस अफ अष्ट्रेलिया (फेन्का)को आगामी २०२५-२७ का लागि मधुसुदन पुडासैनीको अध्यक्षमा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । यसैगरी उपाध्यक्षमा कपिल पाण्डे (साउथ अष्ट्रेलिया), महासचिव भोला गिरी (भिक्टोरिया), उप महासचिव प्रकाश पौडेल (न्यु साउथ वेल्स), कोषाध्यक्ष जीवन राणा (अष्ट्रेलियन क्यापिटल टेरोटेरी ) सहायक कोषाध्यक्ष केदार रिजाल (वेष्टन अष्ट्रेलिया ) प्रवक्ता केशब शर्मा (कुईन्सल्याण्ड), सहायक प्रवक्ता सुरेन रेग्मी (साउथ अष्ट्रेलिया) राज्य संयोजकहरू साउथ अष्ट्रेलिया पुस्कर कोइराला, अष्ट्रेलियन क्यापिटल टेरोटेरी सुरज पौडेल, न्यू साउथ वेल्स मुक्ति राम पोखरेल, तास्मानिया कमल भण्डारी, भिक्टोरिया कृष्णबहादुर महरा क्षेत्री, बेस्टन अस्ट्रेलिया डिल्लीराम पराजुली निर्वाचित भएका छन् भने नर्दन टेरोटेरी र क्वीन्सल्याण्डमा कुनै उम्मेदवारी नपरेकाले पछि मनोनित हुनेभएको छ ।
२०१५ मा गैर आवासिय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको आयोजनामा सिड्नीमा भएको नेपाली सुदायका संस्थाहरुको भेलाबाट शुरु भएको फेन्का यात्रा अहिले सबै स्टेट टेरोटेरी सम्म पुगेको छ । यहि अगष्ट २३ तारिख ब्रिसबेनमा हुने साधारण सभामा नव निर्वाचित समितको सपथ ग्रहण हुने भएको छ । अध्यक्षमा चयन भएपछि संचारकर्मीहरुसंग कुरागर्दै अध्यक्ष पुडासैनीले फेन्काको मुख्य उद्देश्य नै यहाँ रहेका नेपाली समुदायहरुलाई जोड्ने र अझै सबल एवं प्रभाबकारी बनाउन सहयोग गर्ने रहेकाले त्यसमा केन्द्रित हुने बताए । यस दुईबर्षे कालमा साथीहरु संग सल्लाह गरेर सबै राज्यहरुमा नेपाली समुदायिक संस्थाहरुलाई राज्य सरकारहरु, निकायहरु संग जोड्न संरचना बनाउने र जोड्न प्रयास गर्ने जसले नेपाली समुदायमा सरकारी सहयोगहरु आउने समेत बताए । अध्यक्ष पुडासैनीले अष्ट्रेलियाको बहुसास्कृतिक समुदायसंग नेपाली समुदायलाई जोड्न प्रयास गरिने उल्लेख गरे । उनले संस्थाको आगामी कार्यक्रमलाई अझ प्रभावकारी र ब्यापक बनाउन समाजका सबै वर्ग र समुदायसंग छलफल गरिने जानकारी दिए ।