सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
सिड्नी । चीनको ग्विजाउ प्रान्तमा निर्माण गरिएको सडक मार्गको अहिले विश्वभरि चर्चामा छ । चीनले ठूलो पहाडलाई दुई टुक्रा पार्दै सिधा राजमार्ग निर्माण गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल बनेको छ । Liuzhi–Anlong Expressway अन्तर्गत पर्ने यो सडक विश्वकै अग्लो पुल बन्ने क्रममा रहेको Huajiang Canyon Bridge सँग जोडिनेछ । पुलको मुख्य स्प्यान १ सडक ४ सय २० मिटर रहनेछ भने खायाँ तलको उचाइ ६ सय २५ मिटर हुने बताइएको छ । निर्माण सम्पन्न भएपछि यो विश्वकै सबैभन्दा अग्लो पुल हुनेछ । इन्जिनियरहरूले भारी उपकरण, विस्फोटक र अत्याधुनिक GPS–निर्देशित मेसिन प्रयोग गरेर पहाडलाई काटेका छन् । यसमा करिब २२ हजार मेट्रिक टन स्टील ट्रस प्रयोग भएको छ, जुन Eiffel Tower भन्दा तीन गुणा बढी हो । यस राजमार्गले पहिल्यै कठिन भू–भाग भएर यात्रा गर्ने समयलाई नाटकीय रूपमा छोट्याउने अपेक्षा गरिएको छ । अहिलेसम्म साढे एक घण्टा लाग्ने दूरी पुल तयार भएपछि केवल एक मिनेटमा पार गर्न सकिने बताइन्छ । यसले Guiyang, Anshun र Qianxinan जस्ता सहरहरू बीचको समन्वयलाई अझ बलियो बनाउने बिस्वास गरिएको छ । ग्विजाउ प्रान्तलाई प्रायः "संसारको पुल संग्रहालय" भनिन्छ, किनभने यहाँ ३० हजारभन्दा बढी पुल र करिब २ लाख किलोमिटर सडक निर्माण भइसकेका छन् । नयाँ राजमार्ग र पुलले यस प्रान्तलाई अझै विश्वको ध्यानाकर्षणमा ल्याएको छ । तर, यस निर्माणबारे पर्यावरणीय चिन्ता पनि उठाइएका छन् । पहाडलाई काट्दा स्थानीय जैविक प्रणालीमा असर पर्न सक्ने भन्दै विज्ञहरूले दीर्घकालीन अध्ययन र सचेत उपाय अपनाउन आग्रह गरेका छन् । यस घटनाले चीनको इन्जिनियरिङ् क्षमताको पुनः प्रमाण दिएको छ, जसले दुर्गम क्षेत्रलाई समेत विकासको मुख्यधारमा ल्याएको छ ।