सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
सिड्नी । नेपालीको स्वामित्वमा संचालनमा रहेको Raine & Horne लिपिङ्ग्टन अस्ट्रलले आफ्नो एक बर्ष पुरा गरेको छ । सो रियल स्टेटका Owner / Selling Principal बिजय पल (पौडेल)का अनुसार कम्पनि स्थापनाको १२ महिनामा २ सय २० ओटा प्रोपर्टीको बेचबिखन गरिएको तथा ५० भन्दा बढी प्रोपर्टीको ब्यबस्थापन गरिएको जनाईएको छ ।
डेढ दशक भन्दा लामो समयदेखि अष्ट्रेलियाको रियल स्टेट क्षेत्रसंग आबद्ध विजय पल ब्यबसायिक दृष्टिले मात्र नभएर सामाजिक क्षेत्रमा समेत नेपाली समुदायमा चिर परिचित नाम हो । आफ्नो सेवाका बारेमा नेपाल न्युजसँग कुरागर्दै Raine & Horne लिपिङ्ग्टन अस्ट्रलका संचालक बिजय पलले ग्राहकको माग र चाहनाका आधारमा उनीहरुले रोजेको र खोजेको ठाउँमा उचित मुल्यमा घर जग्गा उपलब्ध गराउने कार्यमा आफुहरु ईमान्दार पुर्वक लागेको उल्लेख गरे । उनले ग्राहकको खुशी मै आफ्नो ब्यबसायको जग बसेको बताए ।
बिजय पललाई अफिस म्यानेजरको रुपमा विकास पौडेलले , सेल्स एसोसेटको रुपमा रेकी श्रेष्ठले साथ दिदै आएका छन् भने सेल्स एडमिनमा नतासा दुन रहेकी छिन त्यसैगरि ,बिशाल सुबेदी सेलिङ्ग एजेन्ट,जोइ के, रोहित वालिए ,क्रिस मेनन र सन्तोष ढुंगेल सेल्स एक्ज्युकेटीभमा र रेशम भण्डारी ,कृष्ण भट्ट र अशोक पंगेनीले सेल्स एजेण्टको रुपमा साथ र सहयोग पुर्याउदै आएका छन् ।
बिजयले यो अनुभवी टिम सदस्यहरुको साथ र सहयोगबाट आफुले लिएको लक्ष र उद्देस्य पुरा हुने बिस्वास राखेका छन् ।