सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद् गठनसम्बन्धी नियमित संवैधानिक धारालाई पन्छाउँदै ‘संविधानको संरक्षक’ को भूमिकामा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को सट्टा धारा ६१ मा निहित अधिकार प्रयोग गरी कार्कीलाई नियुक्त गरेका हुन् । नयाँ संविधान जारी भएपछि धारा ७६ बाहेक अन्य धाराबाट प्रधानमन्त्री नियुक्त भएको यो पहिलो र ऐतिहासिक घटना हो ।
नेपालको संविधानको धारा ६१ मा राष्ट्रपतिसम्बन्धी व्यवस्था छ । जसमा राष्ट्रपतिको काम, कर्तव्य र अधिकारबारे उल्लेख छ । राष्ट्रपति कार्यालय स्रोतका संविधानको संरक्षण गर्ने आफ्नो प्रमुख कर्तव्य पूरा गर्न राष्ट्रपतिले यो कदम चालेको राष्ट्रपति कार्यालय स्रोतले बताएको छ । “संविधानको पालना र संरक्षण गर्ने” अधिकार - यो केवल एउटा कानुनी धारा होइन, यो राष्ट्रलाई संकटबाट जोगाउने अन्तिम अस्त्र हो । संविधान २०७२ ले यो अधिकार राष्ट्रपतिलाई दिएको छ । त्यसअघि संविधान २०४७ ले सोही अधिकार राजालाई दिएको थियो ।
राष्ट्रपति भवन सितल निवासमा हिजो ( सेप्टेम्बर १२ तारिख शुक्रबार ) राति आयोजित एक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्रि सुशीला कार्कीलाई पद तथा गोपनियताको सपथ गराए । नवनियुक्त प्रधानमन्त्री कार्कीले नेपालको संविधानको धारा ८० बमोजिम प्रधानमन्त्री पदको पद तथा गोपनियताको शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव र प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको उपस्थिती थियो । शपथ ग्रहण समारोहमा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुमना श्रेष्ठ , अमेरिका, चीन, भारतलगातयका देशका राजदूतको सहभागिता थियो भने आन्दोलनरत पक्षका रुपमा जेनजी युवाहरुको सहभागिता थियो । यस्तै, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, नेपाली सेनाका प्रधानसेनापति र सुरक्षा निकायका प्रमुखहरुको पनि सहभागिता थियो । सपथ ग्रहण समारोहलाई प्रतिनिधिसभाका सभामुख देबराज घिमिरे , राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल सहित नेपालका प्रमुख दलले बहिस्कार गरेका थिए । सभामुख घिमिरे एमालेबाट निर्वाचित सांसद हुन् भने दाहाल माओबादी केन्द्रबाट राष्ट्रिय सभामा निर्वाचित अध्यक्ष भएकोले सफत ग्रहण समारोह बहिस्कार गरेको बुझिएको छ ।
नेपालको पहिलो महिला प्रधानमन्त्रि सुशीला कार्कीलाई बधाई एवं सफल कार्यकालको शुभकामना ।