मुस्ताङको 'लु-लु' गाई लोपोन्मुख अवस्थामा

सोमबार, असोज ६, २०८२

मुस्ताङ । मुस्ताङको अद्वितीय 'लु-लु' गाई, जुन विश्वकै सबैभन्दा सानो र जुरोविहीन प्रजाति हो, लोपोन्मुख अवस्थामा पुगेको छ । यो गाई मुस्ताङको कठोर हावापानीमा अनुकूलित छ र स्थानीय थकाली तथा गुरुङ समुदायको जैविक, सांस्कृतिक र कृषि सम्पदाको महत्वपूर्ण हिस्सा हो ।

यसको लोप हुनुका मुख्य कारणहरू क्रस ब्रिडिङ, आधुनिक पशुपालनप्रतिको आकर्षण, चरन क्षेत्रको कमी र संरक्षणसम्बन्धी चेतनाको अभाव हुन्। दुध उत्पादन बढाउनका लागि ठूला गाईहरूसँग क्रस गराउँदा यसको शुद्ध नस्ल ख’तरामा परेको छ ।

राष्ट्रिय पशु प्रजनन तथा आनुवंशिक अनुसन्धान केन्द्र, खुमलटारले यसको संरक्षणका लागि केही लु-लु गाईलाई ल्याएर अध्ययन र आनुवंशिक स्रोत संरक्षणको प्रयास थालेको छ। विज्ञहरूले शुद्ध नश्ल पहिचान गरी संरक्षण कार्यक्रम चलाउन, अनुसन्धान तथा प्रजनन केन्द्र स्थापना गर्न, समुदायलाई सचेत गराउन र किसानलाई प्रोत्साहन दिनुपर्नेमा जोड दिएका छन् ।

यो गाई नेपालको जैविक विविधताको अमूल्य निधि हो। यदि समयमै यसको संरक्षणमा ध्यान नदिए, यो प्रजाति लोप हुन सक्छ र नेपालको जैविक विविधतामा ठूलो क्ष’ति पुग्नेछ ।

प्रकाशित मिति: सोमबार, असोज ६, २०८२  १७:२९
प्रतिक्रिया दिनुहोस्