सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाण्डौ । अन्तर्राष्ट्रिय झापाली समाजको अध्यक्षमा महेन्द्रप्रसाद चम्लागाईं निर्वाचित भएका छन् । झापाको बिर्तामोडमा हालै सम्पन्न समाजको पाँचौँ अधिवेशनले चम्लागाईंको नेतृत्वमा सर्वसम्मत रूपमा कार्यसमिति निर्वाचित गरेको हो । अधिवेशनले वरिष्ठ उपाध्यक्षमा दिपक चुडाल, उपाध्यक्षमा नविन पोखरेल र चूडामणि कार्की, महिला उपाध्यक्षमा सीता पाण्डे, महासचिवमा चिरण खवास, सचिवमा भवानी प्रसाद कोइराला र अजय राजवंशी, कोषाध्यक्षमा उमेश पोखरेल तथा सह–कोषाध्यक्षमा रविन गिरीलाई चयन गरेको छ ।
यसअघि समाजको वरिष्ठ उपाध्यक्ष रहेका चम्लागाईं विगत तीन दशकदेखि कतारमा व्यवसाय गर्दै आएका छन् उनि झापा बाह्रदशी गाउँपालिका–डाँगीबारीका स्थायी बासिन्दा हुन् ।
समृद्ध झापा निर्माणका लागि अन्तर्राष्ट्रिय झापाली समाज भन्ने मूल मन्त्रका साथ स्थापना भएको समाजले स्थापनाको छोटो समयमा विश्वका ४० देशमा देशहरूमा आफ्नो सञ्जाल विस्तार गरिसकको छ ।
कार्यक्रममा समाजका नवनिर्वाचित अध्यक्ष चम्लागाईंले विश्वभर रहेका झापालीहरूलाई एकबद्ध गर्दै उनीहरूको समस्या समाधानमा समाजले अहम् भूमिका खेल्ने बताउँदै संस्थाले लिएको लक्ष्य र उद्देस्य प्राप्तिको लागि आफुहरु ईमान्दार भएर लाग्ने उल्लेख गरे ।