दाजुभाईलाई उपहार ‘’ दीर्घायु र सुस्वास्थ्यको

मंगलबार, कात्तिक ४, २०८२

नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा आएको छ।ददिदीबहिनीले दाजुभाइको दीर्घायु र सुस्वास्थ्य कामना गर्ने पर्व हो, तिहार। दाजुभाइलाई विभिन्न किसिमका भाइमसला मिठाईका परिकार खुवाउने, टीका लगाउने, पूजा गर्ने र त्यसपछि दाजुभाइले पनि दिदीबहिनीलाई स्नेहपूर्वक उपहार दिने  यो पर्व मनाउँदै गर्दा विभिन्न मसला र भोजन दाजुभाइलाई दिदा त्यस्तो भोजन कस्तो तरिकाले बनाइएको र कस्तो तेल प्रयोग गरिएको छ भनेर विचार चाहीँ गर्नुपर्छ।

तेलको गुणस्तरले भोजनको गुणस्तरमा पनि असर पार्ने हुँदा आफूले प्रेमपूर्वक दिएको खानेकुराले कुनै असर नगरोस् भन्ने कुरामा ध्यान दिनु आवश्यक छ। बारम्बार एउटै तेलको प्रयोग गर्दा त्यसमा नराम्रो खालको चिल्लो उत्पन्न हुन्छ। त्यसले मुटु र कलेजोलाई हानि पु¥याउँछ। यस्तो खाना खाएपछि दाजुभाइलाई समस्या उत्पन्न हुनसक्छ।

तिहार पर्व मनाइरहँदा सन्तुलित र स्वस्थ खानेकुरातर्फ ध्यान दिन जरुरी छ। यो बेलामा विभिन्न तरिकाले बनाएका बढी मासु खाँदा स्वास्थ्यमा समस्या पनि आउन सक्छ। धेरै चिल्लो, मसला र पिरो राखेर पकाएको मासु स्वादिष्ट त हुन्छ। भात, रोटी, चिउरासँग त्यो स्वादिष्ट मासु खाएर पेट टन्न हुँदा पनि जिब्रो अघाएन र जिब्रोले स्वाद खोज्यो भन्दै पुनः थपेर खाँदा पेटको स्वास्थमा असर गर्छ। 
मासुमा रेशादार तत्व हुँदैन। त्यसैले मासुसँगै हरियो सागसब्जी, दही, गेडागुडी, दाल फलफुल अनिवार्य रुपमा मिलाएर शरीरलाई चाहिने मात्रा सेवन गरेर सन्तुलित आहार खाँदा स्वस्थ बन्न सकिन्छ। यस्तो साधारण कुराको ज्ञान राखेर दिदीबहिनीले दाजुभाइलाई कसरी स्वस्थ बनाउने पनि विचार गर्नुपर्छ।

चाडपर्वको बेला मासु बढी खाने तर अन्य स्वस्थकर खानेकुरालाई बेवास्ता गर्दा मधुमेह, युरिकएसिड, अत्याधिक मोटोपन, ग्यास्ट्रिक भएकाहरुलाई झन् समस्या पर्छ। विदेशतिर काँचो मासु काटेर डिप–फ्रिजमा राख्छन् र आफूलाई चाहिएका बेला निकालेर पकाउँछन्। हामीकहाँ चाँहि धेरै मासु एकैपटक पकाएर फ्रिजमा राख्ने, त्यसपछि पुनः खानेबेलामा सबै निकालेर एकैचोटी तताउने, चाहिएको खाने अनि फेरि फ्रिजमा राख्ने गरिन्छ। यसरी फ्रिजमा राख्दै, बाहिर निकाल्दै खाने अनि फेरि फ्रिजमा राख्ने गर्दा मासुमा भएको पौष्टिक तत्व र गुणत्मकता घट्छ। खानामा विषालु तत्व उत्पन्न पनि हुनसक्छ। 
 जुनसुकै खानेकुराहरु फ्रिजमा राखेको २४ घण्टादेखि ४८ घण्टाभित्र खानुपर्छ। अहिले नसर्ने रोगहरुको बिगबिगी बढेकाले दाजुभाइको स्वास्थमा राम्रो फाइदा गर्ने भोजन दिनुपर्छ।

यदि कोही दाजुभाइहरु शाकाहारी छन् भने उनीलाई दही, दुध, पनिर, च्याउ, तोफु, फापर, विभिन्न थरिको रोटी, ढिँडो, चिउराका परिकार आदि खानेकुरा मिलाएर भोजन गराउँदा स्वाद र स्वास्थ दुवै पाइन्छ। 

तिहारमा रमाइलो गरेर मनाइरहँदा स्वास्थ्य अवस्थालाई चाहिँ ध्यानमा राख्नुपर्छ। यो बेला चिल्लो धेरै खायो भने विरामी परिन्छ । त्यसको असर दीर्घकाल रुपमा पनि पर्न सक्छ। पाँच÷छ फिटको शरीरको लागि तीन चार इञ्चको जिब्रोले ‘कन्ट्रोल’ गर्न नसक्दा समस्या पर्छ।
 दाजुभाइले पनि आफ्नो स्वास्थ्यलाई ध्यानमा राखेर खानपिन गर्नुपर्छ।  भोजनले पेट भर्ने मात्र होइन, यो आनन्द पनि जोडिएको छ। पेट भर्ने घर परिवारसँग पाहुनालाई सँगै खाँदा छुट्टै आनन्द आउँछ। तर यस्तो बेला खानेकुरामा एकदमै विचार गर्नुपर्छ। दाजुभाइलाई पाहुना बोलाएको बेला विशेषगरी मासु एकदमै चिल्लो र मसलादार साथै हेर्दा राम्रो लाग्ने गरी बनाइन्छ। तर यस्तो मासु धेरै खाँदा स्वास्थमा असर गर्छ भन्ने कुरा बुझ्नुपर्छ। स्वास्थ्यलाई नराम्रो असर पर्ने कुराहरु सकेसम्म दाजुभाइलाई पर्वको बेल ? । 

पर्वको बेला धेरै चिल्लो, गुलियो पदार्थहरु चिसो पेयपदार्थहरु, मिठाइहरु खाँदा मानिसहरुको शरीरमा विशेषगरी कलेजोमा बोसो जम्ने समस्या हुन्छ।  चाडपर्वमा मासुदेखि मिठाइसम्म चिसो पेयपदार्थदेखि अन्य पेय पदार्थहरुसम्म सेवन गर्दा धेरै विचार गर्नुपर्छ। 
 तिहारको बेला ‘ड्राइफुड्स्’का विभिन्न प्रकार जस्तैः काजु किसमिस, बदाम, ओखरको प्रयोग गरेर परिकार बनाउन सकिन्छ। यिनीहरु एकदमै स्वास्थ्यवद्र्धक खानेकुरा हुन्। तर यी खानेकुराको प्रयोग एकैपटक धेरै गर्नु भने हुँदैन। 
भाइमसलाहरु महँगो हुन्छ। सस्तो बदामलाई गरिबहरुको काजु भनिन्छ, तिहारमा ‘बदाम’ प्रयोग गरेर विभिन्न परिकार बनाउन सकिन्छ।
 यो बेलामा दाजुभाइलाई बाहिरबाट ल्याइएका प्याकेटका खानेकुरा उपहार दिंदा दाजुभाइको स्वास्थ्यलाई झन् नकारात्मक असर पार्छ। यस्ता खानेकुरा ल्याएर दाजुभाइलाई ‘माया गरेको’ नठाने हुन्छ।

हामीले तिहार पर्व दाजुभाइको दीर्घायु र सुस्वास्थ्यको लागि मनाउँछौँ।   उपहारमा पनि अनेक फलफूलको जुस होइन, स्थानीय फलफूल नै दिनुपर्छ । बट्टाको फलफुलको  बट् जुसहरुमा एकदमै धेरै चिनीको मात्रा हुन्छ / 

त्यसकारणले बारी पसलमा सजिलै पाइने अम्बा, सुन्तला, अमला हलुवाबेदजस्ता खानेकुराले दाजुभाइको तिहार विशेष बनाऔँ।
 खानेकुरा घरमा दाल, भात, तरकारी, माछामासु बनाउँदा पनि चिल्लो, पिरो कम गरी बनाउनु पर्छ। 
स्वादको लागि टमाटर, लप्सी, तिल, सिलाम, आलस, आलुको अचार बनाउन सकिन्छ। अचार खाँदा यसमा हालेको अमिलोमा भिटामीन ‘सी’ हुन्छ, त्यसले रोगसँग लड्ने शक्ति बढाउँछ। सरल र सहज रुपमा पाइने खानेकुराको प्रयोग गरेर पनि तिहार विशेष बनाउन सक्छौँ।

  खानेकुराको व्यवस्थापन र उचित आहार स्वस्थ जीवनशैलीको प्रतीक हो।  हरेक खानेकुरा समयमा खानाले स्वास्थ्य भई चाड मनाउन सकिन्छ। रमाइलो गर्ने हो चाडबाड मनाउँदै गर्दा स्वास्थ्यको क्षति नगरी ?
 

प्रकाशित मिति: मंगलबार, कात्तिक ४, २०८२  १०:३१
प्रतिक्रिया दिनुहोस्