सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
सिड्नी ,२२ अक्टोबर २०२५ तुरून्त कदम चाल्नुहोस् । सुरक्षित रहनुहोस्। (Act Now. Stay Secure.) साइबर सुरक्षा अभियानले अष्ट्रेलियाका बहुसांस्कृतिक समुदायहरूलाई कदम उठाउन सक्षम बनाउँछ । अनुसन्धानले देखाउँछ कि बहुसांस्कृतिक समुदायहरूमा साइबर अपराधको उच्च जोखिम भए तापनि उनीहरू साइबर सुरक्षाको बारेमा बढी सिक्न प्रतिबद्ध छन्। तुरून्त कदम चाल्नुहोस्। सुरक्षित रहनुहोस्। (Act Now. Stay Secure.) अभियानले ३२ भाषाहरूमा शैक्षिक सामग्रीहरू उपलब्ध गराउँदै अष्ट्रेलियाका बहुसांस्कृतिक समुदायहरूलाई साइबर अपराधबाट आफूलाई सुरक्षित राख्न अझ बढी प्रयत्नशील रहन आग्रह गरिरहेको छ ।
डिपार्टमेन्ट अफ होम अफेयर्स र अष्ट्रेलियन इन्स्टिच्युट अफ क्रिमिनोलोजीले गरेको अनुसन्धानले घरमा अँग्रेजीदेखि बाहेकका अन्य भाषा बोल्ने व्यक्तिहरू साइबर घटना वा साइबर अपराधको चपेटामा पर्ने संभावना उल्लेखनीयरूपमा बढी हुने देखाउँछ, जसमा डाटा अतिक्रमणको शिकार हुने सम्भावना १३ प्रतिशत बढी हुन्छ र स्क्यामको शिकार हुने सम्भावना ६ प्रतिशत बढी हुन्छ । सोही अनुसन्धानले घरमा अँग्रेजीदेखि बाहेक अन्य भाषा बोल्नेहरूले साइबर अपराधको शिकार हुने जोखिमलाई त्यति गम्भीर नमान्ने सम्भावना बढी भएको पनि पत्ता लगाएको छ। अनलाइन हुँदा सतर्कताको कमी र साइबर सुरक्षाकालागि चाल्नु पर्ने कदमहरूलाई प्राथमिकता दिन नसकेका कारण यसले उनीहरूलाई साइबर अपराधको ठूलो जोखिममा पार्न सक्छ। यद्यपि, महत्त्वपूर्ण रूपमा, सो अनुसन्धान बहुसांस्कृतिक अष्ट्रेलियालीहरूमध्ये अधिकांश व्यक्ति (७० प्रतिशत) आफूलाई अनलाइन सुरक्षित राख्न अझ बढी कार्य गर्न चाहन्छन् भन्ने कुरामा स्पष्ट छ । यसले समुदायहरूसँग उनीहरूलाई अनलाइन हुँदा सुरक्षित राख्न आवश्यक जानकारीको उपलब्धता सुनिश्चित गर्नु पर्ने कुराको महत्त्वलाई प्रष्ट पार्छ।
तुरून्त कदम चाल्नुहोस्। सुरक्षित रहनुहोस्। (Act Now. Stay Secure.) अभियानले सबै अष्ट्रेलियालीहरूलाई सुरक्षित रूपमा डिजिटल प्रविधिहरू र त्यसले प्रदान गर्ने अवसरहरू अँगाल्न आवश्यक ज्ञान र आत्मविश्वास प्रदान गर्दछ । यस अभियानले सबैजनाले आफूलाई अनलाइन हुँदा सुरक्षित राख्न गर्नसक्ने सबैभन्दा महत्त्वपूर्ण साइबर सुरक्षा कार्यहरू स्पष्ट पार्दछ। यसमा निम्न कुराहरू समावेश छन्: • यदि उपलब्ध छ भने सदैव मल्टि-फ्याक्टर प्रमाणिकरण प्रयोग गर्नुहोस्; • प्रत्येक खाताको लागि पृथक र कठिन पासफ्रेज प्रयोग गर्नुहोस्; • तपाईंको उपकरणहरू सुरक्षित राख्न सबै सफ्टवेयर अपडेटहरू उपलब्ध हुनासाथ इन्सटल गर्नुहोस्; • सार्वजनिक वाइफाइ प्रयोग गर्दा सावधान रहनुहोस्; • गोपनीयता र स्थान सेटिङ्गहरूको जाँच गर्नुहोस् र अद्यावधिक राख्नुहोस्; • स्क्याम कसरी पहिचान गर्ने भन्ने सिक्नुहोस्; र • साथीहरू र परिवारसँग साइबर अपराध र साइबर सुरक्षाको बारेमा कुरा गर्नुहोस्।
यस अभियानले अँग्रेजीदेखि बाहेकका ३२ भाषाहरूमा अनुवाद गरिएका संसाधनहरू उपलब्ध गराएर समुदाय-प्रथम दृष्टिकोण लिन्छ जसले बहुसांस्कृतिक समुदायका व्यक्तिहरूको लागि महत्त्वपूर्ण साइबर सुरक्षा जानकारी अझ सहजतापूर्वक उपलब्ध बनाउँदछ। आगामी हप्ताहरूमा यस अभियानले अरबी, क्यान्टोनिज, फारसी, कोरियन, म्यान्डरिन, नेपाली, पन्जाबी, उर्दू, तमिल, भियतनामी र अँग्रेजीमा वास्तविक जीवनको कथा भिडियोहरू पनि सार्वजनिक गर्नेछ। यी कथाहरूले साइबर अपराधको मानवीय प्रभावलाई, जुनसुकै भाषा बोलिएता पनि, प्रष्ट पार्ने छन् र सबै अष्ट्रेलियालीहरूलाई आफूलाई अनलाइन सुरक्षित राख्न तुरून्त कदम चाल्न प्रोत्साहित गर्दछ। सो अभियानको बारेमा थप जानकारीको लागि र अनुवाद गरिएका संसाधनहरूको बिस्तृत श्रृंखलामा पहुँच प्राप्त गर्न, Act Now. Stay Secure. मा सकिन्छ । नेशनल साइबर सेक्युरिटी कोअर्डिनेटर, लेफ्टिनेन्ट जनरल मिचेल म्याकगिनेस सी.एस.सीभन्छन् -“साइबर सुरक्षा विरूद्ध खतराहरू बढ्दै जाँदा, व्यक्तिहरूलाई विश्वसनीय र गर्न संभव सल्लाह चाहिन्छ। यो विशेषगरी अष्ट्रेलियाको बहुसांस्कृतिक समुदायहरूको लागि सत्य हुन जान्छ किनकी उनीहरूले जानकारी प्राप्त गर्न चाहँदा थप भाषा अवरोधहरूको सामना गर्नुपर्दछ।” “अष्ट्रेलियाली सरकारले सबै अष्ट्रेलियालीलाई अनलाइन हुँदा अझ बढी सुरक्षित रहन कदम चाल्न सहयोग गर्ने निश्चित गर्न, तुरून्त कदम चाल्नुहोस्। सुरक्षित रहनुहोस्। (Act Now. Stay Secure.) अभियान ३२ भाषाहरूमा अनुवाद गरिएका विभिन्न सहयोगी संसाधनहरूका साथ विविध समुदायहरूका माझमा पुगिरहेको छ।” “यी संसाधनहरू साइबर सुरक्षाको बारेमा मानिसहरूलाई शिक्षित तथा सूचित गर्न र उनीहरूलाई अनलाइन हुँदा सुरक्षित रहन सरल अनि प्रभावकारी कार्यहरू मार्फत मार्गदर्शन गर्न डिजाइन गरिएको हो।” प्रमुख कार्यकारी अधिकारी, MARSS Australia Inc, सोनिया डि मेजा का उद्धरणहरू “साइबर सुरक्षा प्राय: प्रमुख समाचारहरूको शीर्षकमा हुन्छ तर धेरै बहुसांस्कृतिक समुदायहरूले अझै पनि उनीहरू कसरी अनलाइन असुरक्षित हुन सक्छन् भनेर बुझ्न सम्बन्धित जानकारीको कमीको सामना गर्छन्।” “तुरून्त कदम चाल्नुहोस्। सुरक्षित रहनुहोस्। (Act Now. Stay Secure.) अभियानका अनुवाद गरिएका संसाधनहरू हाम्रो संगठनलाई साइबर सुरक्षामा कुराकानी शुरू गर्न मद्दत गर्न र यो एक कठिन वा जटिल विषय हुनु पर्दैन भनेर सुनिश्चित गर्न अनिवार्य छन्।” क्याफे मालिक र साइबर अपराध पीडित, विल्सनको उद्धरणहरू “मेरो व्यवसायको सामाजिक मिडिया खाता ह्याक भएको र मेरो सेभ गरिएका भुक्तानी विवरणहरू चोरी भएको थाहा पाएपछि म साँच्चिकै स्तब्ध भएँ। यस साइबर आक्रमणको कारण मैले लगभग दुई हजार डलर गुमाएँ।” “मैले व्यवसायको लागि त्यो पृष्ठ निर्माण गर्न धेरै समय खर्च गरेको थिएँ – त्यो गुमाउनु हृदयविदारक अनुभव थियो।” “म सँधै साइबर सुरक्षा विशेष गरी ठूला कर्पोरेसनहरूको लागि चिन्ताको विषय हो भन्ने सोच्दथिएँ। तर अब मलाई प्रत्येक व्यक्तिका लागि साइबर-सचेत हुनु कति महत्त्वपूर्ण छ भन्ने कुरा थाहा भएको छ।”