सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
अझ केही महिला अधिकारकर्मी, सिने कलाकारले पनि ‘महिनावारी रगत दूषित नै हो, यो बेलामा नकारात्मक ऊर्जा पैदा हुुन्छ’ भन्ने जस्ता गलत धारणा व्यक्त गर्दाचाहिँ महसुस हुन्छ— हाम्रो अध्ययनको धरातल र विचार अझै पनि १८ औँ शताब्दी वरपर नै छ । महिनावारी हुुनुु प्रजननको एक महत्वपूूर्ण पक्ष हो भन्ने बुुझ्न महिलाले पनि यसो भन्छन् । अझ केही डाक्टरहरूले त दसैँ–तिहारमा महिनावारी हुनबाट रोक्न के गर्ने, कस्तो औषधि खाने भनेर लेख्छन् र भ्रम पैदा गर्छन् ।
महिलाको महिनावारीलाई ‘अपवित्र’ भन्नेहरूले भारतको ‘ महिनावारीलाई चाहिँ पवित्र मान्छन् । हरेक वर्ष असार महिना (२२ जुुन) मा चार दिनका लागि कामक्षाको मन्दिरको ढोका बन्द हुुन्छ, किनभने त्यति बेला ‘देवी’ रजस्वला भएकी हुुन्छिन् । चार दिनपछि देवीले ‘महिनावारी व्यवस्थापन गर्न प्रयोग गरेको कपडा’ चाहिँ प्रसादको रूपमा सबैलाई बाँडिन्छ । त्यो प्रसाद हारालुछ हुन्छ । देवीले महिनावारीको बेलामा प्रयोग गर्ने कपडा ‘शुद्ध’ अनि महिलाहरू महिनावारी हुँदा किन अशुद्ध ? यी प्रश्नहरूको उत्तर कुनै पनि धर्मगुरुले दिन सक्लान् ?
भारतको केरलास्थित शबरीमाला मन्दिरमा प्रजनन उमेरका किशोरी र महिला (१२–४९ उमेरसम्म) लाई मन्दिरभित्र प्रवेश निषेध छ । केही वर्षअघि महिला अधिकारकर्मीहरूले मुद्दा हालेर अदालतले चाहिँ ‘प्रवेश गर्न पाउने’ भनी दिएको आदेशले गर्दा राजनीतिक मुुद्दाले केरलाको राजनीतिलाई पनि तताएको थियो । भारतीय जनता पार्टीका कार्यकर्ताहरूचाहिँ ‘हजारौँ वर्षदेखि चलिआएको धार्मिक भावनालाई आदर गर्दै महिलालाई मन्दिरभित्र जान दिन हुुँदैन’ भन्दै अदालतको आदेशविरुद्ध गए । अर्थात् त्यत्रो ठूलो लोकतान्त्रिक देशमा समेत ‘महिनावारी अशुद्ध’ नै हुन्छ भनेर ठूला राजनीतिक दलका नेताहरूले गलत र अवैज्ञानिक कुरा गर्छन् भने के भन्ने ?
कामक्षा’ देवी शबरीमाला मन्दिर
सो मन्दिरका पुुजारीहरूले पनि ‘महिनावारी हुुने महिलाहरू मन्दिरमा पसे भने त्यहाँभित्रका देवता महिलाको शरीर देखेर लोभिन्छन्,’ भन्ने विचारले प्रजनन उमेरका महिलाहरूलाई त्यहाँ जान दिनु हुुँदैन भन्ने तर्क वरपर घुमेका देखिन्छन् । अर्थात् मन्दिरभित्र पस्ने कुुरा पनि महिलाको यौनिकतासँग जोडिएको छ । हजारौँ वर्षपहिलेको ‘ज्ञान’ महिनावारी अपवित्र हो भन्ने कुरा अहिले अवैज्ञानिक हो भन्ने कुरा सिद्ध भइसकेको छ, तर पुुजारीहरू ‘हजारौँ वर्षअघिकै कुुरा’ ठीक ठान्छन् । उनीहरूले यसरी महिलाको शरीर अपमानित गरिरहेका छन्, नेपालमा महिलालाई छाउपडीमा राखेजस्तै ।
महिनावारी हुुने महिलाहरूलाई शबरीमाला मन्दिरमा पस्न नदिने धार्मिक गुुरु र राजनीतिक दलका नेताहरूलाई अहिलेको विज्ञानसँग आधुुनिक शरीर विज्ञानको ज्ञान छैन भन्ने स्पष्ट हुन्छ । पहिले–पहिले १३–१४ वर्ष पुुगेपछि बालिकाको रजस्वला (महिनावारी) हुुन्थ्यो । प्राय: ४४–४५ देखि ४९ वर्षसम्ममा महिनावारी सुुकिसक्थ्यो । अहिले त ८–९ वर्षकी बालिका पनि रजस्वला हुुन्छिन् । अहिले ५० वर्ष र कोही–कोही ५२–५५ वर्षसम्मका महिला पनि रजस्वला हुुन्छन् । तर, यो ज्ञान नभएकाले नै ५० वर्षपछिका उमेर पुुगेका महिलालाई चाहिँ शबरीमाला मन्दिरमा पस्न दिने रहेछ । यदि ती महिलाको रजस्वला सुचारु नै छ भने पनि पुजारीलाई के थाहा ?
रजस्वला उमेरका महिलाहरूलाई मन्दिरमा पस्न नदिने कारण के महिलाहरूको यौनिकतालाई ध्यानमा राखिएर गरिएको होइन ? यदि ५२ वर्षकी महिलाको महिनावारी सुुकेको छैन भनेचाहिँ शबरीमाला मन्दिरका देवताले कसरी थाहा पाउलान् ? यदि नौ वर्षकी बालिकाको महिनावारी सुुरु भइसकेको भए पुुजारीले के चिह्न देख्लान् ? यस्ता प्रश्न गर्न सक्ने साहस प्राय: समाजमा छैन । नेपालमा छाउगोठमा सुत्दा किशोरीको मृत्यु भएका समाचारहरू बारम्बार आइरहन्छन् । अहिले माओवादीहरू केही बोल्दैनन् । ‘तर छौपडीचाहिँ पहिले त ठीकै त थियो नि, गरिबहरूको घरमा भिन्दै कोठा थिएन । त्यसैले छाउगोठमा पठाएको, महिलालाई चार दिन आराम गर्न दिएको’ भन्ने नेताहरू, सरकारी कर्मचारीहरू पनि छाउगोठमा महिलालाई पठाएर र गाईभैँसीलाई १० भारी घाँस लिन पठाएर कसरी आराम मिल्छ ? सर्पले टोकेर, आगोले पोलेर छाउगोठमा बस्दा बलात्कार भएकी महिलाको कसरी सुुरक्षा हुुन सक्छ भन्ने प्रश्नको चाहिँ छलफल हुुँदैन । किनभने महिलाको ‘महिनावारी’ एक सांस्कृतिक मुद्दा हो र यो धर्मसँगसमेत जोडिएको छ । कोही पनि डराएर बोल्न चाहँदैनन् ।