SSI SSI
SSI SSI

एनआरएनएको एकता महाधिवेशन काठमाण्डौमा सम्पन्न 

सोमबार, वैशाख २२, २०८२


काठमाण्डौ ।  गैर आवासीय नेपाली संघको यहि मे ४ तारिख काठमाण्डौमा सम्पन्न एकता महाधिवेशनले जापानका महेश श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। काठमाण्डौस्थित हायात होटलमा मे ३ र ४ मा सम्पन्न सो महाधिवेशनले सबै पदहरुमा सर्वसम्मत रूपमा पदाधिकारीहरूको चयन हो ।

महाधिवेशनले चयन गरेको छ जना उपाध्यक्षहरुमा खगेन्द्र न्यौपाने, लोकप्रसाद दाहाल, सुनिलकुमार शाह, मनोज कुमार श्रेष्ठ, विश्वास दीप लिम्बु र बुद्धिसागर सुवेदी रहेका  छन् । त्यसैगरी कोषाध्यक्षमा ठाकुर ढुंगाना, प्रवक्तामा गङ्गाधर गौतम, युरोप संयोजकमा प्रेम गुरुङ, महिला उपाध्यक्षमा जुनु गुरुङ, महासचिवमा बाबुराम लामा चयन भएका छन् भने  सचिव पदमा टंकप्रसाद गैरे, चिन्तामणि सापकोटा, तिलकप्रसाद गैरे र महिला सचिवमा देवकी खत्रीलाई चयन गरेको सो सस्थाले जनाएको छ । सह कोषाध्यक्ष कृष्णप्रसाद पोखरेल,महिला संयोजकमा रश्मि थापा र युवा संयोजकमा भीमसेन थापालाई चयन गरिएको छ ।

महाधिवेशनले हरेक क्षेत्रबाट एक /एक जना क्षेत्रीय संयोजकहरुको समेत चयन गरेको छ।  जसअनुसार ओसेनियामा ईर्साद अहमद, एसिया प्रशान्तमा डा. बलराम श्रेष्ठ ,युरोपमा  प्रेमबहादुर गुरुङ,मध्यपूर्वमा रमेश श्रेष्ठ ,उत्तर दक्षिण अमेरिकामा डिलुराम पराजुली, रहेका छन् । महाधिवेशनले हरेक क्षेत्रबाट दुई /दुई जना   क्षेत्रीय उप संयोजकहरूको चयन गरेको छ जसमा ओसियानाबाट  प्रताप राना र रामप्रसाद कँडेल ,एसिया प्रशान्त क्षेत्रबाट माधव पोखरेल र मीमबहादुर पुर्जा ,मध्यपूर्व क्षेत्रबाट सुनिल कुमार घिमिरे र श्रीकृष्ण भट्टराई,उत्तर दक्षिण अमेरिका क्षेत्रबाट ,विश्वराज बास्तोला र नरबहादुर टण्डन क्षेत्री रहेका छन् । 


गैर-आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय परिषद्मा देखिएको समस्याको अन्त्य गर्न तथा विश्वभर रहेका गैर-आवासीय नेपालीबीच एकताको सन्देश फैलाउन, सर्वोच्च अदालतको निर्देशनअनुसार गठित उच्चस्तरीय समितिद्वारा यही मे ३ र ४ गते  काठमाडौँमा एकता महाधिवेशन सम्पन्न गरिएको हो ।


 

प्रकाशित मिति: सोमबार, वैशाख २२, २०८२  ०६:०६
प्रतिक्रिया दिनुहोस्