राष्ट्रपति रामचन्द्र पौडेल र गैरआवासीय नेपाली संघको प्रतिनिधि मण्डलबीच भेट

बिहीबार, मंसिर १८, २०८२

काठमाण्डौ ।  राष्ट्रपति रामचन्द्र पौडेलले गैरआवासीय नेपाली संघको प्रतिनिधिमण्डलसंग डिसेम्बर ३ तारिख  बुधवार शीतलनिवासमा भेट गरेका छन् । भेटका अवसरमा  राष्ट्रपति पौडेलले विदेशमा बस्ने नेपालीहरु देशको समृद्धिको लागि जोडिन आग्रह गर्दै आसन्न संघीय संसदको निर्वाचनमा सकृय सहयोगको लागि गैरआवासीय नेपालीहरुलाई आग्रह गरे ।  


 गैरआवासीय नेपालीहरुले उठाउदै आएका गैरआवासीय नेपाली नागरिकता, मताधिकार र लगानीका विषयमा सरकारसंग थप छलफल गर्ने राष्ट्रपति पौडेलद्वारा प्रतिबद्धता व्यक्त गरिएको एनआरएनएले जनाएको छ । 

संघका अध्यक्षद्वय डा. बद्री केसी र महेश श्रेष्ठको संयुक्त नेतृत्वमा गएको प्रतिनिधि मण्डलले गैरआवासीय नेपाली संघका मुख्यमुद्धाहरुलाई पौडेल समक्ष ध्यानार्कषण गराएको थियो । 
सो अवसरमा  संघका अध्यक्ष महेश कुमार श्रेष्ठले गैरआवासीय नेपाली संघको विवाद अन्त्य गरि अब नेपालको समृद्धिको लागि केन्द्रीत हुने बताउदै आगामी  निर्वाचनमा गैरआवासीय नेपालीहरुलाई मताधिकारको लागि सुनिश्चित गर्न आग्रह गरे । त्यसैगरी संघका अर्का अध्यक्ष डा. बद्री केसीले गैरआवासीय नेपाली नागरिकता लागू भए पछिका जटिलताको बारेमा जानकारी दिर्दै अध्यायदेश मार्फत नागरिकतामा आएका अल्झन फुकाउन आग्रह गरे । 


 संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले राष्ट्रपति पौडेलले देशमा भएको राजनीतिक परितर्वतनमा खेल्नु भएको भूमिकाको प्रशंसा गर्दै उहाँले गैरआवासीय नेपाली संघभित्र हालै भएको एकताले देशमा समेत सकारात्मक सन्देश दिएको चर्चा गरे । सो प्रतिनिधि मण्डलमा संघका पूर्वअध्यक्षहरु, वर्तमान तथा पुर्व पदाधिकारीहरु को सहभागिता रहेको थियो ।


 

प्रकाशित मिति: बिहीबार, मंसिर १८, २०८२  ११:२६
प्रतिक्रिया दिनुहोस्