एनआरएनए  अष्ट्रेलियाद्वारा एएनएमसी भिक्टोरियालाई आर्थिक सहयोग 

सोमबार, भदौ ९, २०८२

सिड्नी । भिक्टोरियामा बसोबास गरिरहेका नेपालीहरुको अथक मेहनत , सहयोग र अठोटका साथ स्थापना गरिएको अष्ट्रेलियन नेप्लीज मल्टिकल्चरल सेन्टर (ANMC) भिक्टोरियालाई १२ हजार अष्ट्रेलियन डलर सहयोग हस्तान्तरण गरेको छ । यहि अगस्ट २४ तारिखमा सेन्टरमा आयोजित कार्यक्रममा एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले ANMC भिक्टोरियाका अध्यक्ष तिलक पोखरेललाई सो रकमको चेक हस्तान्तरण गरेका हुन् ।


यो सहयोग रकम भिक्टोरियामा रहेका एनआरएनए सदस्यहरूबाट संकलित रकम तथा संघले लागू गरेको “प्रति सदस्य ५ डलर बहुसांस्कृतिक केन्द्रलाई” दिने नीतिअन्तर्गत गरिएको एनआरएनए  अष्ट्रेलियाले जनाएको छ । सहयोग रकम हस्तान्तरण कार्यक्रममा बोल्दै एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले प्रवासमा नेपाली कला ,धर्म ,संस्कृति र परम्परालाई जगेर्ना गर्ने पबित्र उद्देश्यका साथ स्थापित यो बहुसांस्कृतिक केन्द्रलाई यहाँका नेपालीहरुको प्रमुख आस्थाको केन्द्र बनाउन सम्बद्ध सबै लाग्नुपर्ने कुरामा जोड दिए  ।


भिक्टोरियाका राज्यका लागी नेपाली अवैतनिक वाणिज्यदूत निराजन गौलीले सामुदायिक केन्द्रको भौतिक पूर्वाधार निर्माणमा सबैले आ आफ्नो ठाउबाट सक्दो साथ र सहयोग गर्नुपर्ने बताए ।  एएनएमसीका अध्यक्ष तिलक पोखरेलले सहयोगका लागि एनआरएनए अष्ट्रेलियाप्रति आभार व्यक्त गर्दै केन्द्रले आफ्नो उद्देस्य र लक्ष्य प्राप्तिको लागि समुदायसंग हातेमालो गर्दै अगाडी बढ्ने उल्लेख गरे । गरेका थिए।
सो अवसरमा एनआरएनए , एएनएमसी भिक्टोरियाका पदाधिकारी ,विभिन्न सामुदायिक संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।  

प्रकाशित मिति: सोमबार, भदौ ९, २०८२  ०६:१२
प्रतिक्रिया दिनुहोस्