सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
सिड्नी । नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठानले आदिकवि भानुभक्त आचार्यको ११२ औं जन्म जयन्तिको अवसरमा आगामी जुन २१ तारिख शनिवार सिड्नीमा साहित्यिक कार्यक्रम गर्ने भएको छ । सिड्नीको ४४ ए मक्वाईरे रोड अबर्न स्थित अबर्न कम्युनिटि सेन्टरमा हुने सो कार्यक्रम अपरान्ह २ बजे सुरु हुने छ । आफ्नो स्थापनाकाल देखिनै नेपाली कला, संस्कृति ,भाषा र साहित्यको संरक्षण र सम्बर्धनमा योगदान पुर्याउदै आएको नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठान सिड्नीले यस बर्षको कार्यक्रममा नेपालमा बोलीचालीमा रहेका विभिन्न भाषाहरुमा कबिता वाचन गरिने र उत्क्रृष्ट ३ वटा कवितालाई पुरस्कृत गरिने सो सस्थाले जनाएको छ ।
साथै नेपाली कला, संस्कृति तथा साहित्य प्रतिष्ठानको अष्ट्रेलियाको नेपाली समाजमा रहेर नेपाली भाषा , साहित्य ,सामाजिक एबम् कल्याणकारी कार्यमा योगदान पुर्याउदै आउनुभएका व्यक्तित्वहरुलाई २०२५ को भानु पुरस्कारबाट सम्मान गरिने छ । कार्यक्रममा कविता वाचन, नेपाली गीत, संगीत , नृत्यका माध्यमबाट बालबालिकाहरुले आ आफ्नो प्रतिभाको प्रस्तुत गर्ने छन् । कार्यक्रममा सहभागी भएर कार्यक्रमलाई सफल बनाउन आयोजक सस्थाले सरोकारवाला सबैसंग अनुरोध समेत गरेको छ । कार्यक्रमको बारेमा थप जानकारी को लागि कल्याणी बर्तौला ०४५१ ४२८५६७,रेखा भट्ट ०४१४ ९३६ ३७५ मा सम्पर्क गर्न सकिने छ ।