सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
अहिले बिराज थापा मगरलाई मगर होइनन् थापा क्षेत्री थिए भन्न पनि पछि पर्दैनन् केहि विद्वानहरु । अफ्ट्यारो त कहाँनेर भयो भने बिराज थापा मगरका सन्तानहरु अहिले मगर होइनन् थापा काजीमा परिणत भैदिए । को थिए बिराज थापा मगर ? नेपाल एकीकरण पुर्वको गोर्खा राज्य र शाह वंशलाई शक्तिशाली बनाउनमा महत्त्वपूर्ण योगदान दिएका थिए काजी बिराज थापा मगरले । उनी कुशल योद्धा अनि अनुशासित रक्षक थिए ।
दरवार भित्रकै आपसी मनमुटाव, खिचातानी र भारदारहरुको षड्यन्त्रको नराम्रो प्रभाव पटक पटक स्वयं राजा पृथ्वी पति शाह र उन्का ६ वटि रानीबाट जन्मिएका १२ भाइ छोरा र दुई छोरीहरुलाई समेत पर्ने गर्थ्यो । त्यहीमाथी त्यतिबेलाको सानो गोर्खा राज्यमा चौबेसे राज्य अन्तर्गत पर्ने लम्जुङ्ग र वरपरका राज्यहरु बाट पनि ठुलो डर थियो । गोर्खाका राजा द्र्व्य शाह पछिको छैठो राजा रुद्र शाहको जेठि रानी पुर्णवति बाट जन्मेका युवराज पृथ्वीपति शाह बिक्रम संवत् १७२६ मा गोर्खाको राजगद्दीमा बिराजमान भए । उन्को धेरै रानी र छोराहरु भएकै कारणले पनि राज्य संचालन गर्न र पारिवारिक व्यबहार मिलाउन पनि कठिनाइ पर्ने गर्थ्यो । यसैबीचमा माइला छोरा रणशार्दुल शाहको बुद्दिमानी, चतुर युद्ध नितिको कारणले उन्को अग्रसरतामा गोर्खा राज्य बाट गुमाएका भु भाग फिर्ता ल्याउन सफल भए र स्वयं राजा लगायत चौतर्फी उन्को प्रशंसा गर्न थाले । यो कार्यको लागि रणशार्दुल शाह संगै ज्यानको बाजि थापेर लागेका थिए काजी बिराज थापा मगर ।
यहि कारणले जेठो युवराज विरभद्र शाह र रणशार्दुल शाह बीच मनमुटाव र दुरि पनि बढ्दै गयो । बिरक्त्तिएर रणशार्दुल शाहले आफ्नै शयन कक्षमा आत्महत्या गरे । आत्महत्याको दोष वीरभद्र लाई लाग्न थालेपछि उनिपनि बिरक्त्तिएर पशुपति दर्शन गर्न कान्तिपुर तिर आए र यतै बिरामी परे । यतिबेला पनि बिराज थापा उनी संगै थिए । पुर्ण साथ दिए र बिरामी वीरभद्रलाई गोर्खा फिर्ता ल्याउने क्रममा बाटोमै( गोर्खाको आरुघाट)उन्को पनि मृत्यु भयो गोर्खा राज्यको उत्तराधिकारीको मृत्युको खबरले गोर्खाका राजा पृथ्वीपति लाई ठुलो चोट पुग्न गयो भने अर्कोतिर नव राजकुमारहरु बुवा पछिको उत्तराधिकारी (राजा) बन्ने होडबाजि मा आपसी कलह गर्न थाले । उता वीर भद्रकी रानी मल्लिकावति दरवार भित्रको आपसी किचलोको कारण आफ्नो माइती तनहुँ गएकी थिइन् । उन्ले माइतीमै राजकुमारको जन्म दिइसकेकी थिइन् । पृथ्वीनारायण शाहका बुवा नरभुपाल शाहलाई । हो यहि बेला काजी बिराज थापा मगरले एउटा दृढ निर्णय गरेका थिए । राजा हुने परम्परालाई तोड्न नसकिने र कुनैपनि हालतमा नियम मिची राजा हुन नदिने । वीरभद्रको छोराको जन्म भैसकेकोले राजाको उत्तराधिकारी उनै हुन् भन्ने निर्णय गरे । गोर्खा राज्यको राजगद्दीमा नरभुपाल शाह लाई बिराजमान गराउने उनै वीर मगर सपूत बिराज थापा मगर थिए । पछि नरभुपाल शाह राजा हुने बित्तिकै चार बर्ष पछि बिराज थापाको मृत्यु भयो । पछि नरभुपाल शाहले उन्का छोरा राम कृष्ण थापा मगरलाई गोर्खा राज्यको काजी बनाए । बिशाल नेपालको एकीकरणको जग बसाल्ने राजा नरभुपाल शाह र उन्का छोरा नेपाल देशको एकताका सुत्रधार बडा महाराज धिराज पृथ्वीनारायण शाह राजा हुनु बिराज थापा मगरकै देन हो भन्दा फरक पर्दैन । बडा महाराज पृथ्वीनारायण शाहको पालाको बिराज बखतीलाई बुझे तर पृथ्वीनारायण शाहको जिजुबाजे पृथ्वी पति शाहको पालाको बिराज थापा मगर लाई चिन्न अलि मुस्किल पर्यो । इतिहासको पन्नाबाट मेटिएको इतिहास होइन लुकाएको इतिहास हो यो ।
साभार - सामाजिक सञ्जाल