सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
१) जङ्गी किताबखानाको स्थापना, जसले कर्मचारी अर्थात् सरकारी सेवकहरूको रेकर्ड राख्ने काम गर्दथ्यो ।
२) नेपाली सेनाका निम्ति अरबी घोडाहरू झिकाएको । (त्यसबेला उनले तीसवटा अरबी घोडाहरू नेपाल ल्याएका थिए ।)
३) ब्रिटिस इण्डियन सरकारको इच्छाविपरीत महारानी चाँद कुँवरलाई नेपालमा शरण दिएको । (ब्रिटिस रेजिडेण्टले कम्पनी सरकारलाई चाँद कुँवर सुपुर्दगी गर्न बारम्बार आग्रह गरेका ।)
+ यस घटनापछि दुई देशबीच सुपुर्दगी समझदारी बनेको थियो । नेपालविरोधीहरू भारत प्रवेश गरेमा र भारतविरोधीहरू नेपाल प्रवेश गरेमा पक्राउ गरी बुझाइदिन दुई देशबीच समझदारी बनाउन कम्पनी सरकार बाध्य भएको ।
४) नेपालको परराष्ट्र नीति अङ्ग्रेजविरोधि रहँदै आएकोमा त्यसलाई बदली ब्रिटिस इण्डियासँग भिडेर होइन मिलेर राष्ट्रहितमा केन्द्रीत रहने नीति र व्यवहार अवलम्बन गरेको ।
५) वि.सं. १९०६ मा पूर्व मेचीदेखि डोटीसम्म दायाँबायाँ रुखसमेत लगाउने गरी राजपथ निर्माणको लागि रु. तीन लाख रुपैयाँ बजेट समेत विनियोजन गरेको ।
६) विफरको महामारीबाट जनतालाई सुरक्षित गराउन विफरविरुद्धको भ्याक्सिन लगाउने अभियान (पहिलो पटक) चलाएको ।
७) बोक्सी आरोप लगाइ महिलालाई दुःख दिनेहरूलाई दण्डसजाय हुने कानूनी व्यवस्था गरिदिएको ।
८) वि.सं. १९०७ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरी बेलायत र त्यसपछि फ्रान्सको भ्रमण गरी नेपाललाई विश्वमञ्चमा स्थापित गराएको । यो नै नेपालबाट युरोप पुगेको पहिलो राजकीय प्रतिनिधिमण्डल मानिन्छ ।
९) नेपालमा पहिलोपटक हातहतियार (आधुनिक) तथा गोलीगठ्ठाको कारखाना स्थापना गरेको ।
१०) भण्डारखाल बगैंचा (हाल भूगोलपार्क नजिकै) नेपाल बैंक लि.को भवन भएको स्थानमा संसद् भवन निर्माण गराएको । त्यहाँ भारदारी सभा र कचहरीसमेत आयोजना हुने गर्दथ्यो ।
११) सन् १८५३ डिसेम्बर १९ अर्थात् विक्रम सम्वत् १९१० को पौष पहिलो सातादेखि नेपाललाई कानूनीराज भएको मुलुकका रूपमा स्थापना गर्न मुलुकी ऐन जारी गरी लागु भएको ।
१२) वि.सं. १९१० मा जङ्गबहादुरले व्यवस्थित पठनपाठनका निम्ति दरबार स्कूलको स्थापना थापाथलीमा गरेका थिए ।
१३) सन् १८५५ फेब्रुअरी २३ मा इस्ट इण्डिया कम्पनी सरकारसँग जङ्गबहादुरले एउटा विशेष सन्धि गरे, जुन सन्धिका नौ बुँदामध्ये एउटामा ‘नेपालको नागरिक वा प्रजा नभएका ब्यक्तिलाई नेपाल अधिराज्यको शासनसत्ता सुम्पिन नमिल्ने’ भन्ने ब्यहोरा अङ्कित छ ।
१४) नेपालसँग, निहुँ खोज्ने भोट सरकारसँग युद्ध लडी भोटलाई पराजित गरेको र सन्धि गरी नेपालको राष्ट्रिय हित सुनिश्चित गरेको ।
१५) जङ्गबहादुरले चाहेका भए राजतन्त्र विस्थापित गरी आफैं श्री ५ महाराजाधिराज हुनसक्थे र उनले राजतन्त्र उन्मूलन गरेर गणतन्त्र स्थापना गर्न पनि सक्थे । तर मेलमिलापको स्थिति कायम राख्न उनले सामथ्र्य भएर पनि सम्पूर्ण सत्ता लिएनन् ।
१६) वि.सं. १९१६ को जेठमा जङ्गबहादुरले हालको बाँके, बर्दिया, कैलाली र कञ्चनपुर (सुगौली सन्धिबाट गुमेका) विधिवत फिर्ता लिएको ।
१७) शिद्धिमान राजभण्डारीलाई खटाएर नेपालगञ्ज नामाकरण गरी नयाँ शहर बसाएको ।
१८) ललितपुरको नख्खुमा सन् १८६० मा तोप निर्माण कारखाना खोलेको ।
१९) सन् १८६० मा नै जङ्गबहादुरले काठको चोरी–निकासी नियन्त्रण गरी वन संरक्षणमा सहयोग पु¥याउने उद्देश्यले ‘काठमाल अड्डा’ स्थापना गरेको ।
२०) नेपालको अन्तर्राष्ट्रिय सीमा स्पष्ट गरी जङ्गबहादुरले सन् १८६० अक्टोबर ४ तारिखमा पश्चिमतर्फका प्रधानसेनापति गोद्वीप सिंहलाई प्रत्येक एक माइलमा सीमा स्तम्भ राख्न आदेश दिएका ।
२१) सन् १८६० को नोभेम्बर १ तारेखका दिन ब्रिटिष–इण्डिया सरकार र नेपाल सरकारबीच पश्चिम तराइको सुरक्षालाई लिएर एक विशेष सम्झौता जङ्गबहादुरबाट भएको ।
२२) वि.सं. १९१७ मा जङ्गबहादुर राणाले नेपाल अधिराज्यभर जनगणना गराएको । पहिलो पटक भएको जनगणनामा नेपालको जनसङ्ख्या बाउन्न (५२) लाख थियो ।
२३) तराइमा चौधरीहरूको व्यवस्था गरी मालपोत उठाउने कार्यलाई व्यवस्थित गराएको ।
२४) हुलाक सेवालाई उच्च प्राथमिकतामा राखी समयसापेक्ष सुचारु कार्य गरेको ।
२५) वि.सं. १९१८ मा नेपाल अधिराज्यको नाप लिन नापीको काम शुरू गराएको । यस कार्यका निम्ति जङ्गबहादुरले पश्चिमतर्फका प्रधानसेनापति रणदीप सिंहलाई आदेश दिएका थिए ।
२६) नेपालका मठमन्दिरहरूको जिर्णोद्वार नेपाली कालिगढद्वारा गराइ स्वयम्भू र बौद्धका गुम्बाहरूको मरम्मत चिनियाँ कालिगढद्वारा गराएको । त्यसनिम्ति तीन जना चिनियाँ कालिगढ नेपाल आइपुगेका (सन् १८६२ अप्रिल १६ का दिन)
२७) गोकर्ण वनको सुरक्षाका निम्ति चारैतिर पर्खाल लगाइ उक्त वनमा विभिन्न जङ्गली जनावर तथा पन्छीहरू छोड्न लगाएका ।
२८) वि.सं. १९२० मा जन्म र मृत्युको रेकर्ड राख्ने व्यवस्था गरी देशभर त्यस कार्यका निम्ति आदेश जारी गरेको ।
२९) रेजिडेन्सी (दूतावास) अन्तर्गतका कुनैपनि व्यक्तिहरूलाई काठमाडौं चार भञ्ज्याङभित्र स्वेच्छापूर्वक घुमफिर गर्न र नेपालीलाई कुनै पनि दूतावासभित्र (रेसिडेन्सीमा) प्रवेश गर्न वि.सं. १९२१ असारमा उर्दी जारी गरेर नै रोक लगाएको ।
३०) पूर्वी पहाडमा नापी नक्सा गर्दा कतिपयले अधिक जमिन कब्जामा राखेको भेटिएपछि ज्यादा जमिन खोसेर सुकुम्बासीलाई वितरण गरिदिएको (सन् १८६५ सम्ममा) ।
यसै साल भोट जाने बाटोहरूको सर्भे गर्न लगाइ देशव्यापी नापी गराएको ।
३१) बाढी नियन्त्रणका लागि बागमती (सर्लाही)मा बाँध बाँध्न लगाइ सुरक्षाको अनुभूति जनतामा दिलाएको ।
३२) अङ्ग्रेजी र भारतीय पुस्तकहरूको माग बढेपछि सरकारी स्तरबाट नै रकम निकासा गरी पुस्तकहरू आपूर्ति गराएको ।
३३) महिला सशक्तिकरणका निम्ति ‘लेडिज कोर्ट’को स्थापना गरी उक्त कोर्टमा पुरुष प्रवेशमा रोक लगाइदिएको । (तर विशेष कारणवश उक्त कोर्ट पछि बन्द गरियो)
३४) भारतबाट आइ नेपालमा बसेका शरणार्थी जसलाई कोचेमेचे भनिन्थ्यो र साल्मी समेतको पानी नचल्ने गरेकोमा निजहरूलाई गरिने छोइछिटो बन्द गराइदिएको ।
३५) वि.सं. १९२४ मा नेपालमा महा अनिकाल परेकोले भारतबाट तीन लाख रुपैयाँको खाद्यान्न झिकाइ सुपथ मूल्यमा वितरण गराएको र त्यस वर्ष अधिराज्यभर मालपोत मिनाहा गरिदिएको ।
३६) सरकारी स्तरमा एक कौशी तोषाखाना नामक कोष (ढुकुटी) स्थापना गरी सङ्कटकालिन अवस्थामा खर्च गर्ने विशेष व्यवस्था गरेको । शुरुमा जङ्गबहादुरले उक्त कोषमा जम्मा एघार करोड रुपैयाँ राखिदिएका थिए ।
३७) जिल्ला–जिल्लामा ‘अन्न भकारी’ खडा गरी दैवीप्रकोपको समयमा उक्त भकारीबाट निःशुल्क अन्न वितरणको व्यवस्था मिलाएको ।
३८) भोटसँगको व्यापारमा सुधार गरी नेपालबाट भोटमा चामल र भोटबाट नेपालमा जुन उपलब्ध गराउन सम्झौता गराएको । उक्त कार्य बार्टर सिष्टममा आधारित थियो ।
३९) नेपालमा नपाइने जडिबुटीहरू काबुल, कास्मिर, भुटान, सिक्किम, नैनिताल, दार्जिलिङ, सिम्ला आदि स्थानबाट झिकाएर गोकर्ण, फारिया र नागार्जुन लगायतका वनमा लगाएको ।
४०) जङ्गबहादुरले नै सती प्रथामा प्रतिबन्ध लागेको घोषणा इतिहासमा पहिलोपटक गरेका थिए । तर उनको यो घोषणा कार्यान्वयनमा आउन सकेन ।
४१) सेनामा व्यापक सुधार गरी वि.सं. १९२१ मा जङ्गी ऐन कार्यान्वयनमा ल्याए ।
४२) निजामती अड्डा र अदालततर्फ पनि कानून बनाएर व्यवस्थित गरिदिएको ।
४३) नापतौलको व्यवस्था गरी लेनदेनमा एकरुपता ल्याएको ।
४४) किताबखाना अड्डा स्थापना गरी निजामति र जङ्गीतर्फका कर्मचारीहरूको रेकर्ड राख्ने व्यवस्था गरेको ।
४५) कौशल अड्डा स्थापना गरी धामी झाँक्री र बोक्सी आदि सम्बन्धमा पर्ने मुद्दा हेर्ने व्यवस्था गरेको । रुढिवादलाई निरुत्साहित गर्ने उक्त अड्डाको श्री ३ द्वारा नै निगरानी, स्वीकृति र निर्णयको कार्य हुने गर्दथ्यो ।
४६) स्याहा दफ्तरखाना स्थापित गरी सरकारी कर्मचारीको तलब, भत्ता, सुविधा र खान्गी समेतको रेकर्ड रहने व्यवस्था मिलाएको ।
४७) सराफरखाना स्थापना गरी विदेशी मुद्राको कारोबार व्यवस्थित गरिदिएको ।
४८) थापाथली दरबार परिसरमै भएपनि वैद्यखाना स्थापना गरेर संस्थागत उपचारको प्रबन्ध मिलाएको ।
४९) बागमती नदीमा ठाउँ–ठाउँमा घाट र सिंढीहरू निर्माण गराएको । नदीकिनारमा चिता समेतको व्यवस्था गराएको ।
५०) यूरोपेली शैलीका प्रविधि नेपालमा भित्र्याएको । भवन निर्माणको कला र प्रविधि नेपालमा भित्र्याएको ।
५१) पहिलोपटक देशमा छापाखाना (जसलाई गिद्धे प्रेस नामाकरण गरिएको थियो) भित्र्याएको ।
स्रोत - सामाजिक सञ्जाल