महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइन

मंगलबार, कात्तिक ४, २०८२

जब अन्य पत्रकारहरू प्रिन्सटन अस्पतालतर्फ दौडिरहेका थिए, त्यही बेला राल्फ मोर्स नामका एक फोटोग्राफरले अर्कै बाटो अपनाए । उनी अस्पताल तर्फ  नगई आइन्स्टाइनको कार्यालयतर्फ गए र भवनका सुपरिटेन्डेन्टलाई एक बोतल स्कच दिई भित्र पस्ने अनुमति लिए । भित्र पुगेपछि उनले आइन्स्टाइनको टेबुलका तस्वीरहरू खिचे त्यो त्यस्तो टेबुल थियो जहाँ केही घण्टा अघि सम्म एक महान् वैज्ञानिकको मस्तिष्कले काम गरिरहेको थियो ।

सन् १९५५ अप्रिल १८ मा, ७६ वर्षको उमेरमा अल्बर्ट आइन्स्टाइनको निधन भयो । यो खबर फैलिनासाथ पत्रकार र फोटोग्राफरहरू प्रिन्सटन अस्पतालतर्फ दौडे, जहाँ आइन्स्टाइनले आफ्नो अन्तिम समय बिताएका थिए, तर त्यही समयमा  लाइफ म्यागजिनका फोटोग्राफर राल्फ मोर्सले फरक विचार गरे । उनलाई लाग्यो आइन्स्टाइनको वास्तविक जीवनको झल्को अस्पतालमा होइन, बरु प्रिन्सटन विश्वविद्यालयको उनको कार्यकक्षमा देख्न सकिन्छ।

त्यसैले उनले एक बोतल स्कच दिएर सुपरिटेन्डेन्टबाट अनुमति लिए, र कार्यालयभित्र प्रवेश गरे। त्यहाँ उनले अत्यन्तै भावनात्मक तस्वीरहरू खिच्ने मौका पाए। त्यहाँ थिए  आइन्स्टाइनको कागज, जर्नल र नोटले भरिएको टेबुल, किताबले भरिएका र्‍याकहरू, र हिसाबका समीकरणहरुले भरिएको एउटा ब्ल्याकबोर्ड। उनको मृत्यु पूर्व त्यहाँ सबै वस्तुहरु समेटिएका थिए तर  आइन्स्टाइनको मृत्युको केही घण्टापछि नै त्यो टेबुलका कागज, जर्नल र नोटहरू पुरै छरिएको थियो ।  मानौँ कि उनको मस्तिष्क केही समय अघिसम्म पनि सक्रिय रहेको थियो । ब्ल्याकबोर्डमा लेखिएका समीकरणहरूबाट थाहा हुन्थ्यो  आइन्स्टाइन आफ्नो अन्तिम सास सम्म पनि  समस्या सुल्झाउने प्रयासमा थिए ।

यी तस्वीरहरूले एउटा इतिहास बोकेको छ र यी तस्वीरहरु केवल एउटा ऐतिहासिक कारणले मात्र प्रसिद्ध भएनन्, यसले यस्तो अनुभूति पनि जगायो कि प्राय महान् प्रतिभाहरु यस्तै  अव्यवस्थामा नै जन्मिन्छ । र एउटा गज्जवको  कुरा के हो भने  आइन्स्टाइनले एकपटक भनेका थिए:  “यदि अस्तव्यस्त टेबुल अस्तव्यस्त दिमागको चिन्ह हो भने, खाली टेबुल केको चिन्ह होला?” त्यही कारण, उनको कार्यालयको यो अन्तिम तस्वीर नै उनको जीवनको सबैभन्दा सटीक र प्रतीकात्मक चित्र बन्यो।
स्रोत -सामाजिक सञ्जाल 
 

प्रकाशित मिति: मंगलबार, कात्तिक ४, २०८२  ११:४५
प्रतिक्रिया दिनुहोस्