सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपाल राष्ट्र बचाएर राख्न यस किल्लाले पटक पटकका बिदेशी आक्रमणमा बलियो ढाल बनेर रहेको रोचक प्रशंगले आज पनि देस भक्तिको सन्देस दिईरहन्छ । (१) सन १८१६ फरवरी २७ का दिन ब्रिटिस फौज अक्टरलोनीको दलबल मकवानपुर गढी नजिक पुग्यो।शत्रुको बाटो छेक्न शंशेर रानाको नेत्रृत्वमा कटिबद्ध थिए ।बिहान सबेरैदेखि युद्ध शुरु भयो । अपरान्ह सम्म बहादुरीपूर्वक लडे । परन्तु ८ सय जवान नोक्सान परेपछि नेपाली फौजले दोस्रो पटक शत्रु उपर धावा गर्न सकेन ।यस पटक अक्टरलोनीको नेतृत्वमा २० हजार युरोपियन र देशी फौज चार भाग गरि काठमाडौं पुग्न भिक्षाखोरी ( अमलेखगंज) को बाटो अग्रसर भएको थियो । उता हरिहरपुर गढीतिर कर्नल केलीको टोलीलाई छेक्न रणजोर सिंह थापाको कमाण्डमा रहेको फौजले फरवरि २९ का दिन गढीको फेदैमा मध्यान्न सम्म बीरताकासाथ लडे । त्यसैबिच थप अंग्रेजी फौज भारी तोपहरु साथ आईपुगेको खबर पाउना साथ काठमाडौं दरबारले अंग्रेजले गरेकै प्रस्ताव मानेर सन्धी गर्न नेपाल सरकारको लालमोहर सहित अक्टरलोनीको छाउनीमा दूत पठाए । पहिले उक्त प्रस्ताव नमानी युद्ध गर्न लागेको निहुं गरि नेपाली दुत चन्द्रशेखरको धेरै अपमान गरियो । अन्ततः जितेका भूभाग छोडेर सुगौली सन्धी प्रस्तावमा हस्ताक्षर भयो । यसका बाबजुद मकवानपुर गढीको महत्व नेपाल राष्ट्र को ईतिहासमा सुनौलो अक्षरले लेखिनेछ ।
(२) सन १७९२ मा भोटसंग युद्ध भयो । भोटको रक्षार्थ चीनको ठूलो सैन्य शक्ति नेपालको सरहद भित्र पस्यो । नेपाली फौजले अनेक पटक रोक्ने प्रयास गर्यो । तर पछि हट्न बाध्य भयो । त्रिशुली किनारै किनार अघि बढदै आउदा धैबुङ्गमा भीषण युद्ध भयो । तर चिनियां फौज काठमाडौं नजिकै पांचमाने आईपुगे । राजधानी गुम्न सक्ने स्थिति आएपछि सारा सरकारी ढुकुटी, बहुमूल्य पदार्थ र कागजपत्रहरु पहिले नै सुरक्षित मकवानपुर गढी पठाईसकिएको थियो । चिनियांहरु जितपुर फेदीसम्म नै आईपुगेपछि शीघ्र नै काठमाडौं पनि दुस्मनको कब्जा हुने स्थितिमा रहेकोले १९ सेप्टेम्बर १७९२ को राती नेपाली फौजले चिनियां फौजको तीनैतिर का जंगली रुख , बुटाहरु , र घरेलु बस्तुहरुका सिङहरु समेतमा रांको बांधीदिए । रातिको अनगिन्ती झिलीमिलीले नेपाली फौजद्वारा घेरिंएको संझेर चिनियां फौज भागाभाग गर्दै पछाडि हटे । यस घटनापछि दुबैपक्ष युद्ध -बिराम गर्न सहमत भए भनी ईतिहासकार बालचन्द्र शर्माले लेखेका छन् । त्यस युद्धमा १० हजार चिनियां फौज रहेको बताईन्छ तर अंग्रेज ईतिहासकारले ७० हजार रहेको बताएका छन् । (३) धेरैअघि ,( बि सं १८१९ माघ १० मा) पनि मीर कासिमको फौज माथि मकवानपुर गढीमा तैनात नेपाली फौजले बिजय प्राप्त गरेको ईतिहास छ । २०८२।६।२८ का दिन मकवानपुर गढीमा करिब दुई घण्टा अवलोकनमा बस्दा ईतिहासका यी घटनाहरुको स्मरण भएका हुन् । राष्ट्रका प्रत्येक नागरिकले राष्ट्र कसरि जोगिदै आयो भन्ने स्मरण गर्ने र बुझ्ने प्रयास हुनु पर्दछ । यही सन्देश यस गढीले दिएको छ । नेपाली कांग्रेसका नेता रामचन्द्र पोखरेलको फेसबुकबाट साभार ।