सोह्र संस्कारका आभूषणहरुको  वैज्ञानिकता

आइतबार, साउन १८, २०८२

आजको प्रसंग

 सोह्र संस्कारका आभूषणहरुको  वैज्ञानिकता-

हाम्रा प्राचीन ऋषिमुनिहरुले जुन किसमले स्त्री पुरुषले लगाउने वस्त्र तथाआभूषणहरुको  आविस्कार गर्नुभयो त्यसमा   उनीहरुको  शारीरिक अवस्था र प्रकृति तथा स्वस्थ्य लाभको कुरालाइ समेत ध्यानमा राखेर निर्माण गर्नु भएको देखिन्छ। यी आभूषण तथा पोशाकको वनोट देख्दा यस्मा  प्राचीन ग्रन्थ आयुर्वेद विज्ञान, चरक संहिता एवं शुश्रूत संहितामा वर्णन गरिए अनुसार प्राचीन उपचार पद्धति अकुप्रेसर र अकुपञ्चर विधि अनुसार  आध्यात्मिक चेतनाको विकास र स्वास्थ लाभको  विहंगम दृष्टि राखि रचना गरिएको  देखिन्छ।

अब अलिकति यी अकुप्रेसर पद्धति र अकुञ्चर पद्धति के हुन् सर्व प्रथम यिनको छोटो परिय-

अकुप्रेसर विधि " मानव शरीरमा रहेका विशेष विन्दुहरुमा दवाव दिएर रोग निवारण गर्ने पद्धतिको नाम एकुप्रेसरहो। एकुप्रेसर शब्दको अर्थहो दवाव।शरीरका विशिष्ट विन्दुहरुमा आवश्यक दवाव दिएर विवध रोगहरुको  चमत्कारिक रुपमा उपचार गरिन्छ।"

अर्को प्रमुख सिद्धान्त केछ भने सवै रक्तसंचार गर्ने नाडीहरु ,स्नायु संस्थान एवं ग्रन्थीहरुको मुख्य केन्द्र हातका हत्केला र खुट्टाका पैतालाहरुमा रहेका हुन्छन्। यस पद्धति द्वारा विभिन्न स्थानहरुमा अवस्थित  रोग निदान केन्द्रमा दवाव दिएर त्यहां वाट उर्जालाइ प्रेषित गरेर समस्त नाडीहरु ,स्नायु संस्थान एवं ग्रन्थिहरुलाइ उर्जा एवं आरोग्य प्रदान गरिन्छ। असंयमित असन्तुलित आहारआलस्य ,प्रमाद एवं ब्रह्मचर्यशीत सम्वन्धित नियमहरुको उल्लङ्घनले शरीरमा विजातीय तत्वहरु संग्रहीत हुन जान्छन्। आसन प्राणायामको अभावमा अंगहरुमा शिथिलता आउन थाल्छ,मांस पेसीहरु सुस्त हुन थाल्छन्,हात खुट्टा एवं मेरुदण्डका हड्डीहरु पनि आफ्नो ठाउँ छोड्न थाल्छन्। शरीरका अंगमाहरुमा रक्त संचार कम हुन जान्छ।रक्त भित्र जम्मा भएका  रासायनिक तत्व, अपद्रव्य विजातीय तत्वहरु शरीरमा जम्मा हुन थाल्छन्। जति धेरै विकार जम्मा हुँदै जान्छ त्यतिनै रोग शरीरमा पैदा हुन थाल्छ। शरीरको कुनै पनि अङ्गको क्रियाशीलता घट्ना साथ हातका हत्केला तथा खुट्टाका पाइताला स्थित त्यस संग सम्वन्धित विन्दूहरुमा पनि अवरोध उत्पन्न हुन जान्छ जसको कारणले सम्वन्धित अङ्गहरुमा रक्त प्रवाह ठिक ढंगले हुन पाउंदैन। एक्युप्रेसर द्वारा ती विन्दूहरुमा  प्रेसर हालेर जम्मा भएको क्रिष्टललाइ नष्ट गरीन्छ, जसले गर्दा रक्त संचार नियमित हुनजान्छ र रोग ग्रस्त अंग निरोग हुन जान्छ।

एक्युप्रेसर द्वारा शरीरमा पर्ने मूख्य प्रभाव।

१)एक्यु प्रेसर पद्धतिद्वारा शरीरमा रहेका विजातीय तत्वहरुलाइ बाहिर गरीन्छ र शरीरलाइ आवश्यक पर्ने तत्वहरुलाइ शरीरको आन्तरिक रोगनिरोध प्रणाली द्वारा पैदा गरिन्छ।

२) यो विधिले शरीरका विद्युतीय शक्तिलाइ जागृत गरेर शक्ति उर्जा र स्फूर्तिलाइ पैदा गरिन्छ।

३)यसले शरीरका समस्त मांसपेशी तन्तुहरुमा लचिलोपन पैदा गर्छ।

४)यसले अस्थि संस्थान तथा शरीरका महत्वपूर्ण भाग मेरुदण्डमा आएका विकृतिहरुलाइ दूर गर्छ।

५) एक्युप्रेसर स्नायु संस्थानमा आएका विकृतिहरुलाइ दूरगर्नमा पूर्ण सहयोग वन्छ।

६)यश पद्धति द्वारा थाइराइट,पिट्युटरी,पिनियल,पेन्क्रियाज आदि समस्त ग्रन्थीहरुका कार्यहरुलाइ नियमित गर्न सकिन्छ।

७)एक्युप्रेसर द्वारा शरीरका आन्तरिक अंगहरु सामान्यरुपले चल्ने कार्यहरुमा पर्याप्त  सुधार ल्याउन सकिन्छ।

>अब अकुपञ्चर उपचार पद्धति-

  अकु र पञ्चर मिलेर वनेको शव्दहो अकुपञ्चर। जस अनुसार अकुको अर्थ सुई र पञ्चरको अर्थ छेड्नुहो।  समान्यभाषामा  भन्दा भन्दा सियोको माध्यम वाट शरीरका विभिन्न संवेदनशील अङ्गहरुमा छेडेर गरिने उपचार पद्धतिहो।  यो उपचार पद्धति प्राकृतिक चिकित्सा पद्धतिहो जसको साइड इफेट हुंदैन। यश पद्धति द्वार असाध्य रोगहरुको पनि निदान गर्न सकिन्छ।  

 पञ्च तत्वले वनेको शरीरलाई पञ्च तत्व(पृथिवी तत्व, जलतत्व, तेज तत्व,(अग्नि) वायु तत्व, र आकाश तत्व) मा  अलिकति पनि तलमाथि भयो भने रोगले आक्रमण गर्न थाल्छ। यी पञ्च तत्वलाइ सन्तुलित वनाइ राख्न विभिन्न मुद्राहरुलाइ प्रयोग गरेर पनि सन्तुलित वनाइ राख्न सकिन्छ।

१)हाम्रा हात वा खुट्टाका वुढी ओंलामा अग्नितत्व विद्यमानछ,।

२)चोरी ओंलामा वायु तत्वछ।

३) माझी ओंलामा आकाश तत्वछ।

४) साहिली ओंला ( अनामिका)मा पृथिवी तत्वछ।

५) कान्छि ओंलामा जलतत्व विद्यमानछ।

हस्तमुद्राको प्रयोग गर्नाले पञ्चतत्वलाइ समवनाइ राख्दछ।

स्वस्थरहनका लागि गरिने विभिन्न मुद्राहरु-

१)ज्ञान मुद्र  यसमुद्राको प्रयोगले चेतना प्रदान गर्दछ यो मुद्रा ४८मिनेट सम्म गर्दा राम्रो हुन्छ। ध्यान गर्दा ध्यानात्मक आसनमा वसेको वेलामा गर्नु राम्रो हुन्छ। यश मुद्राको प्रयोगले शरीर फूर्तिलो हुनुका साथै ,स्नायु प्रणालि राम्रो वन्नुका साथै  स्मरण हक्तिको विकास गर्छ।

२) वायुमुद्रा-  हाम्रो शरीरमा भएका ४८प्रकारका  वायुमभ्ये कुनै एक मात्रै पनि विकृत भयो भने शरीरमा रोगले आक्रमण गर्न थाल्छ। यस वाट प्रकम्पन, गांठ,साइटिका वायूशूल आदि रोग उत्पन्न हुन्छन् ।यसको लागि वायुमुद्रा गर्नले  तत्सम्वन्धी दुखाइहरु कम हुन्छनुका साथै मनको चंचलता समेत हटेर जान्छ।

३) आकाश मुद्रा- यश मुद्राको अभ्यास गर्नाले कान सम्वन्धी समस्याहरु कम भएर जान्छन्।

४)पृथिवी मुद्रा-  यश मुद्राको अभ्यास गर्नाले  शहनशीलता,धैर्यता र क्षमा प्रदान गर्न सक्ने क्षमतामा वृद्धि हुन्छ।

५)वरुण मुद्रा-  यसको अभ्यास गर्नाले छाला सम्वन्धी रोगहरुमा फाइदा हुनेर मनमा शान्तिको अनुभव गर्न सकिन्छ।

अब अकुप्रेसर तथा अकुपञ्चर विधि र  सोह्र शृङ्गारको सम्बन्ध- जस्तै उद्दनहरणको लागि-

सोह्र संस्कार अन्तर्गतका  कर्णवेद संस्कारमा कान छेड्ने र उपनय संस्कार गर्ने वेलामा यज्ञोपति धारण गर्नलगाउने त्यस पछि २४अक्षराक्षरी गायत्री मन्त्र जप गर्ने विधान वताइन्छ। त्यस संगै  विनियोग गर्दा विभिन्न २४ हस्त मुद्राहरुको प्रयोग गर्ने नियम पनि वताइन्छ। यी निम्न लिखित २४मुद्राहरु जस्तै-

सुमुखं सम्पुटं चैव विततं विस्तृतं तथा।

द्विमुखं त्रिमुखं चैव चतुस्पञ्चमुखं तथा।।

षड्मुखा$धोमुखं चैव व्यापकाञ्जलिकं तथा।

शकटं यमपाशं च ग्रथितं चोन्मुखोन्मुखम्।।

प्रलम्बं मुष्टिकं चैव मत्स्य:कुर्मो वराहकम्।

सिंहाक्रान्तं महाक्रान्तं मुद्गरं पल्लवं तथा।।

एता मुद्राश्चतुर्विशा जपादौ परिकीर्तिता:।। (देवीभा११/१७

यी २४मुद्राहरु गायत्री जप गर्नु भन्दा पहिले गरी   गायत्री मन्त्र जप गर्ने र गायत्री जप पछिका सुरभि आदि गरिएका ८मुद्राहरुको प्रयोग गर्नाले  २४सिद्धिहरु प्राप्त गर्न सकिन्छ भन्ने मान्यता रहेकोछ।

गायत्रीमन्त्र-

ॐ भूर्भुव:स्व: तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि।धियो यो न: च्रचोदयात्।।शु यजु ३६/३

अर्थ  भू: =सत् भुव:=चित्  स्व:=आनन्द स्वरुप सवितु:देवस्य=सृष्टिकर्ता प्रकाशमान् परमात्माको तत्= त्यो वरेण्यं =वर्ण गर्न योग्य भर्ग : तेज =अर्थात् सृष्टिकर्ता प्रकाशमान परमात्माको त्यो वर्ण गर्न योग्य तेजको हामी ध्यान गर्दछौं ,य: जुन न: हाम्रो धिय: बुद्धिलाइ (सत्य तर्फ)प्रचोदयात् प्रेरित गरून्।

यो  ब्रह्मगायत्रीमन्त्र सके १०८वार र सो नसकेमा निम्न तम १०पटक जप गरि निम्न लिखित ८मुद्राहरु गर्नु पर्ने विधानछ।

८मुद्रा-

सुरभि ग्यान वैराज्ञे  योनि:शङ्खो$थ पङ्कजम्।

लिङ्ग निर्वाणमुद्रश्च जपान्ते$ष्टौ प्रदर्शयत्।।

अर्थात्  सुरभि ,ज्ञान,वैराज्ञ, योनि:शङ्ख: पङ्कज(कमल) लिङ्ग र निर्वाण।

यस विधि अनुसार मुद्रा सहित जप गर्नाले निम्न वमोजिम २४सिद्धि प्राप्त हुने भन्ने पनि स्मृतिमा किटान गरिएकोछ।

जस्तै प्रज्ञा,वैभव, सहयोग, प्रतिभा ,ओजस, तेजस, वर्चस,कान्ति,साहसिकता,दिव्यता,पूर्वाभास, विचार संचार,वरदान,शान्ति, प्राण प्रयोग ,देशान्तर सम्पर्क,प्राकर्षण, ऐश्वर्य,दूरश्रवण, दूरदर्शन, लोकान्तर सम्पर्क,तथा कीर्ति। उपासकलाइ यी २४ सिद्धि प्राप्त हुनुका साथै देवताहरुको र ऋषिहरुको वरदान तथा आशीर्वाद प्राप्त हुन्छ।

सूक्ष्म रुपले दृष्टिगत गर्नेहो भने जुन विधिहरु आज स्वास्थ्यको लागि  उपयोग हुँदै आएकाछन् जस्तै  शारीरिक व्यायाम ,योग आसन ध्यानात्मक विधिहरु ती सवै कुराहरु हाम्रा पुर्खाहरुले गर्दै आउनु भएका दैनिक कार्यहरुमै समावेस भएको देखिन्छ। विधिर पद्धतिको मात्रै फरकहो। किन भने सोह्र संस्कारमा वा सोह्र शृङ्गारमा जुन कर्णवेध क्षौर कर्म  गरिन्छ त्यसैको वैज्ञानिक रुपमा अकुपञ्चर विधि आएकोहो भन्न सकिन्छ र यस्तै हातमा वाला चूरा कानमा कुण्डल,कम्मरमा पेटी खुट्टामा कल्ली कांधमा जनै हातमाओंठीं लगाउने र मालिस गर्ने जुन विधान सोह्र संस्कारमा व्यस्था गरिएकोछ त्यसकै वैज्ञानिक रुव अकुप्रेसर (दवाव दिने ) विधिहो।

जस्तै आज जुन किसिमले शारीरिक व्यायाम सूक्ष्म व्यायाम वा ध्यानका विभिन्न विधिहरु प्रयोग भैरहेकाछन् ती कर्महरु जस्तै-

 मकै कोदो गहू फापर गेडागुडी पिस्ने, धान कुट्ने मही पार्ने ,मादल मृदङ्ग, मजुरा,झ्याली सहनाइ  शंख फूक्ने घण्टी वजाउने , ताली वजाउने, नाच्ने हार्मोनियम वजाउने आदि कर्महरु द्वारा स्वत सूक्ष्म व्यायाम वा अकुप्रेसरको काम हुन्छ। यस्तै खेत खन्ने आलीलाउने, खेत रोप्ने कोदो रोप्ने, आदि कृषिका कर्महरु द्वारा पनि शरीरमा अकुप्रेस  स्वत भैरहेको थियो। यस्तै सूक्ष्म व्याम वा शरीर संचालन क्रियाका हक्मा हाम्रा दैनिक सम्पादन गरिने कर्महरु सन्ध्यावन्धन,भजन कीर्तन गर्दा होस वा यज्ञअनुषेठानमा वस्दा जुन अंगन्यास करन्यास तेस्तै कवच आदि कर्महरु गर्दा सूक्ष्म व्यायामहरु संवत् भैरहेका हुने गर्थे र यसको साथै पहिलेको जमानामा मानिसहरु विल्कुल प्रकृति संगनजिक थिए खान पान रहन सहन पुरै प्राकृतिक थियो, उतिवेला खाद्यवस्तुहरुमा विषादिको प्रयोग हुंदैनथ्यो। ऋतु अनुसारका अन्न फलफूल खाने गर्थे,आध्यात्मिक जीवन यापन गर्नु हुन्थ्यो र हतपत विरामी पर्दैनथे परिहाले पनि ऐले जस्तो एलोपैथी दवाइको प्रयोग थिएन प्रकृति दत्त जडीवुटीहरु प्रयोग गरेरै रोगको निदान हुन्थ्यो।

अन्तमा

पञ्च तत्व मिलेर पञ्चभौतिक शरीर वनेको हुन्छ। यो पञ्च भौतिक शरीरलाइ बलियो र लचकदार वनाउन शूच्छ्म व्यायाम मुद्रा तथा योगासनको आवश्यकता पर्दछ। योगादि क्रियावाट  स्वस्थ र फूर्तिलो वन्न सक्छ यसका लागि  आहार विहारमा पनि तेतिकै ध्यान दिनु पर्छ।

चरक संहिता- शरीर संस्थानम्

 द्वितीयो$ध्याय

नरो हिताहारविहार सेवी

   समीक्षकारी विषयेष्वसक्त:।

दाता सम:सत्यपर: क्षमावा-

नाप्नोपसेवी च भवत्यरोग:।।च सं शरीर संस्थान २/४५

अर्थात् हितकर आहार विहार गर्ने वाला,सोचेर विचार गरेर तदनुसार कर्म गर्ने वाला,विषय वस्नामा नफस्ने वाला, मन वचन तथा कर्म द्वारा सर्वदा सत्यलाइ पालन गर्ने वाला क्षमाशील ,आप्तपुरष(ऋषिमुनि जस्ता सन्त)हरु संग संगत गर्ने वाला पुरुष निरोगी रहन्छ।

मतिर्वच:कर्म सुखानुसन्धि

   सत्वं विधेयं विशदा च  बुद्धि:।

ज्ञानं तपस्तत्परता च योगे

      यस्यास्ति तं नानुपतन्ति रोगा:।। च सं शरीर सं २/४६

अर्थात् सुखदेने वाला मति( मननात्मक बुद्धि) दिने वाला वचन, सुखदायी कर्म स्वधीन मन(सत्वप्रधान मन,उदार मन) निर्मल बुद्धि ज्ञान तप योगमा तत्परता चित्तवृति निरोध ,अभ्यास वैराज्ञ द्वारा लगन जसमा छन्  त्यस्ता व्यक्तिलाइ रोगले छुन सक्दैन। 

स्रोत -सामाजिक सञ्जाल 

प्रकाशित मिति: आइतबार, साउन १८, २०८२  १६:०२
प्रतिक्रिया दिनुहोस्