करुणा र मौनताको शक्ति शसक्त हुने गर्दछ

बिहीबार, साउन २९, २०८२

मन्त्र भनेको केवल उच्चारण गर्ने शब्दहरू मात्र होइन, यो एउटा यस्तो सिद्धान्त हो जसलाई पहिला बुझ्नुपर्छ र त्यसपछि व्यवहारमा ल्याउनुपर्छ। यसले हामीलाई व्यावहारिक ज्ञान दिन्छ। हाम्रो मस्तिष्कले प्राप्त गरेको मन्त्रको ज्ञानलाई जबसम्म हामी बुझ्दैनौ, आफ्नो दैनिक जीवनमा उपयोग हुने गरि पुन: परिभाषित गर्दैनौँ, तबसम्म त्यो ज्ञान निरर्थक र उत्पादनहीन बन्छ । त्यसैले, पूजा गर्नु भनेको मन्त्रको मूल सारलाई आत्मसाथ गर्नु हो। पूजा पछि गरिने विधिहरूको पनि आफ्नै वैज्ञानिक र प्रतीकात्मक अर्थ छ। जल ग्रहण गर्नु भनेको मन्त्रको सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रूपमा कसरी प्रयोग गर्ने भन्ने तरिका सिक्नु हो ।

 पञ्चगव्य (गाईको दूध, दही, घ्यू, गोमूत्र र गोबरको मिश्रण) लिनु भनेको त्यो ज्ञानलाई भौतिक रूपमा जीवनमा लागू गर्ने विधिको उपयोग गर्नु हो। पञ्चामृत (दूध, दही, घ्यू, मह र सख्खरको मिश्रण) लिनु भनेको त्यो ज्ञानको पहिलो पटक व्यावहारिक परीक्षण गरी त्यसको प्रभावकारिता भौतिक महसुस गर्नु हो। ज्ञान जीवनमा लागू गर्दा त्यसको भौतिक प्रभावकारिता कस्तो होला भनि प्रारम्भिक अनुभूती लिनु हो । प्रसाद ग्रहण गर्नु भनेको त्यस ज्ञानलाई व्यवहारमा अपनाउँदा आउने सबै प्रकारका बाधा-अड्चनहरूलाई स्वीकार गरी, सिथिल गरि मन्त्रका विधिहरूलाई नियमित रूपमा लागू गर्ने प्रभावकारी उपायहरूको खोजी पहिचान गर्नु हो । गर्ने प्रक्रिया हो । यसरी, प्रसादले हामीलाई निरन्तर सुधार र अभ्यासको लागि प्रेरित गर्दछ । 

त्यसै क्रममा लिइने अग्निको ताप भनेको यी सबै कुराको लागि चेतन रुपी ऊर्जाको जरुरत हुने र त्यसलाई भौतिक र मनोवैज्ञानिक ऊर्जाको समेत साथ चाहिने कुराको पुनः स्मरण गर्नु हो । 

अन्तमा, जल स्नान वा गंगा स्नान जस्ता क्रियाकलापहरूले हामीलाई आफूलाई त्यस ज्ञानमा पूर्ण रूपमा अभ्यस्त गराई त्यसलाई आफ्नो जीवनपद्धतिको अभिन्न अंग बनाउने प्रक्रियालाई संकेत गर्दछ ।

आजको आधुनिक विज्ञानमा नव प्रवर्तनिय ज्ञान प्राप्त गर्नको लागि सैधान्तिक ज्ञानको खोजि, त्यसको व्यवहारिक पक्षको अनुसन्धान, प्राप्त ज्ञानको परीक्षण, व्यावहारिक परीक्षण, सन्तोषजनक परीक्षण परिणामपछि त्यसको फाइन-ट्युनिंग, पाइलट र रेबिट जस्ता टेष्ट, त्यसलाई व्यवहारमा अपनाउनु र कार्यान्वयन चरणमा प्राप्त नयाँ सूचनाको आधारमा व्यवहारमा लागु गरेको नीति, विधि र प्रक्रियामा नियमित सुधार गर्ने जुन प्रक्रिया छ, ति सबै वैदिक परम्पराले मानव जातिमा स्थापना गराएको हो। यी सबै चरणहरूलाई लाइ आज हामि निश्चित वैज्ञानिक प्रक्रिया भन्ने गर्दछौ । 

जबसम्म हामी यो तथ्यलाई बुझ्दैनौँ, तबसम्म वेद, वैदिक ग्रन्थ र पुराणहरूको चर्चाले हामीलाई गलत र अपूर्ण निष्कर्ष लिने व्यक्ति बनाउने छ । यसरी आएको गलत निष्कर्ष व्यवहारिक प्रभावकारिता हुने छैन । 

यसले समाजलाई भरोसा दिलाउन सक्ने छैन  

जुन ज्ञानले तपाइको जीवनमा तपाइलाई आर्थिक, भौतिक, मनोवैज्ञानिक र आध्यात्मिक जस्ता सम्पूर्ण पक्षमा काबिल गर्न सक्ने मूल्य दिन सक्ने छैन त्यस्तो ज्ञान सव्य स्वावलम्बन समाजले ग्रहण गर्ने समेत छैन । आज संसारकै उत्कृष्ट हाम्रो वैदिक परम्परा हाम्रै आँगनमा बिरानो हुनुको जड-कारण यही बनेको छ। यसमा अरूलाई दोष दिएर वा नयाँ पुस्ताले कुरै बुझ्दैनन् भनेर हामी पन्छिन मिल्दैन । आज हामीले यही सन्दर्भ बुझेर वेद र अध्यात्मको वास्तविक मर्म बुझ्नुपर्ने समय आएको छ, र यो निकै ढिलो भइसकेको छ ।

श्रोत - सामाजिक सञ्जाल 

प्रकाशित मिति: बिहीबार, साउन २९, २०८२  ०९:०७
प्रतिक्रिया दिनुहोस्