सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
गुरू शौचालय(वाशरूम)जादा जनै किन कानमा राख्नु पर्दछ?भनेर धेरै भक्तहरूको प्रश्न आएको हुनाले हामिहरूले पनि बुझौं अनि जनै कानमा राख्ने गरौं । जनै धारण गर्ने व्यक्तिहरुले दिशा पिशाव गर्दा कानमा जनै वेर्ने गर्नु हुन्छ।यो शाश्त्रीय नियमहो । यसका पछाडी दुइटा कारणहरु देखा पर्छन् । पहिलो कारण हो भावनात्मक र दोश्रो हो शरीर विज्ञान अनुसार स्वास्थ्यको सुरक्षा । भवनात्मक कारणका अनुसार मलमूत्र त्यागका समयमा शरीरको तल्लो भाग विशेष गरि कम्मर मुनीको भाग दूषित हुन्छ अपवित्र हुन्छ तेसैले पवित्रताको प्रतीक जनैलाइ शुद्ध नभए सम्म कामना राख्नु पर्छ भन्ने हो । आचार मयुखमा भनिएकोछ- अग्निरापश्च वेदाश्च सोम:सूर्यो$निलस्तथा। सर्वेदेवास्तु विप्रस्य कर्णे तिष्ठन्ति दक्षिणे।। अग्नि,जल वेद सोम:(चन्द्र) सूर्य अनिल लगायत सवै देवताहरु विप्रका दाहिने कानमा निवास गर्छन्।तेसैले शिरको वरिपरिको भाग पवित्र हुन्छ । वैज्ञानिक हिसावले मानिसको वीर्यकोष हुंदैं मल मूत्र द्वार सम्म पुग्ने "लोहितिका" नाडीको मुख्य केन्द्र कानको फेदमा हुन्छ। मलमूत्र त्यागको वेलामा जनै लगेर कानका फेदमा वेरिदिंदा उक्त नाडी केन्द्र प्रभावित भइ वीर्यकोषमा संकुचन र मल मूत्र द्वारमा शिथिलता आउने हुनाले एकातिर मलमूत्र त्याग गर्दा वल पर्नाले अनयास बिर्यपात हुनसक्ने समस्यावाट जोगिन सकिन्छ भने अर्कोतिर सहज ढंगले मलमूत्र विसर्जन हुन्छ । विशेष गरि दाहिने कानको सम्बन्ध मूत्राशय र बायाँ कानको सम्म र गुदद्वारसंग हुने हुनाले(मूत्रे तु दक्षिणे कर्णे पुरीषे वाम कर्णके" भन्ने शाश्त्रीय वचन अनुसार मूत्रत्याग गर्दा दाहिने कानमा र मलत्याग गर्दा बायाँ कानमा जनै वेर्ने गरिन्छ वा दुवै क्रिया संगसगै हुने स्थितिमा दुवै कानमा वाध्ने चलन छ । मुत्रे तु दक्षिणे कर्णे पुरीषे वामकर्णके उपवीतं सदाधार्यं मैथुनेतूपवीतिवत् अर्थात्, मुत्र त्यागको समयमा दाहिने कामना जनै लगाउनु पर्छ ।तर, मैथुनको समय भने जनै जस्ताको त्यस्तै पहिरिने गरिन्छ । आचार्य मनुले पनि शौचालय जाँदा जनैलाई कानमा नै राख्नको लागि भनेका छन् । उध्र्वं नाभेमेध्यतरः पुरुषः परिकीर्तितः तस्मान्मेध्यतमं त्वस्य मुखमुक्तं स्वयम्भुवा – मनुस्मृति अर्थात् - मानिस नाभीको माथि पवित्र छ, नाभीको मुनि अशुद्ध ।मानिस मलमूत्र धारक भएको कारण शौचको समयमा नाभीको तल्लो भाग प्रदूषित हुन्छ । त्यसकारण, त्यस समयमा पवित्र धागोको रुपमा रहेको जनै कानको वरिपरि लपेटिएको हुन्छ । विभिन्न धर्मशास्त्रहरुले दाहिने कानको शुद्धताको बारेमा भनिएको छ। मरुतः सोम इन्द्राग्नी मित्रा वरुणौ तथैव च एते सर्वे च विप्रस्य श्रोते तिष्ठन्ति दक्षिणे अर्थात्, वायु, चन्द्र, इन्द्र , अग्नि, मित्र, र वरुण यी सबै देवताहरू द्विजको दक्षिण कानमा बस्छन् । कुर्मपुराणले यो विषयलाई उल्लेख गरेको छ । जसमा भनिएको छ । निधाय दक्षिणे कर्णे ब्रहृमासूत्रमुदङ्मुखः । अग्नि कुर्याच्छन्कृन्मूत्रं रात्रौ चेद् दक्षिणान्मुखः । अर्थात् - अर्थ दाहिने कानमा जनै चढाएर दिनमा उत्तरतर्फ मुख गरेर तथा रात्रिमा दक्षिणामुख गरेर मल मुत्र त्याग गर्नुपर्छ । पहिलो कुरा त यो हो कि मलमुत्र त्यगमा अशुद्धता धेरै हुन्छ ।अपवित्रता धेरै हुने भएकोले यसबाट बचाउनको लागि कानमा जनै राख्ने परम्परा रहेको भन्ने पनि धेरै मत पाइन्छ ।यसलाई कम्मरभन्दा माथि आउने भएकोले त्यसैबाट जोगाउनको लागि समेत यस्तो गर्ने गरेको उल्लेख पाइन्छ । शास्त्रहरुका अनुसार ब्राह्मणहरूको दाहिने कानमा आदित्य, वसु,रुद्र,वायु र अग्निको वास रहेको हुन्छ ।पराशरले पनि गंगा आदि नदीहरु र तीर्थयात्राहरुलाई मानिसले दाहिने कानमा धारण गर्ने गरेको विषयलाई स्वीकार गरेका छन् । माथि उल्लेख गरिएको शास्त्रीय आधारलाई भने विज्ञानले पनि पुष्टि गरेको छ । विज्ञानले पनि शौचको समयमा जनैलाई कानमा राख्ने विषयमा अध्ययन गरेको पाइन्छ ।लन्डनको क्वीन एलिजाबेथ चिल्ड्रेन्स अस्पतालका चिकित्सक एस. आर सक्सेनाका अनुसार हिन्दुहरूले शौचालय जाँदा जनै काँधमा राख्नुको वैज्ञानिक आधार रहेको छ ।कानमा रहेको एउटा नसाले आन्दासँग प्रत्यक्ष सम्बन्ध राख्ने गर्छ ।कानमा जनै राख्दा त्यसले आन्द्राको संकुचन र फैलावटमा धेरै प्रभाव पार्ने गर्छ । जसले मलद्वार शीघ्र खुलेर कब्जियत जस्ता समस्याहरु दुर गर्ने गर्छ।साथै मुत्राशयको मांशपेशीहरुको संकुचन र फैलावट समेत शीघ्र रुपमा हुने भएकोले यसले मुत्र त्याग प्रक्रियालाई शीघ्र रुपमा गर्न मद्दत गर्छ । यसका साथै हामीमा बढेको रक्तचाप नियन्त्रणका लागि कान नजिक रहेका नशाहरू थिचेर पनि यसको नियन्त्रण गर्न सक्छौं ।इटालीको बाटी विश्वविद्यालयका न्यूरो सर्जन प्रोफेसर एनारीब पीताजेलीले पत्ता लगाएका छन् कि कानको वरिपरी दबाब दिँदा यसले मुटुलाई सुदृढ बनाइएको अध्ययनद्वारा प्राप्त रिपोर्टमा उल्लेख छ । यो आयुर्वेदमा उल्लेख छ कि विशेषगरी दाहिने कानबाट पार गर्दै एउटा नशा मल र मूत्रद्वारको ढोकासम्म पुग्छ ।जसमा उनीहरूको कान मुनीको नशामा दबाब दिँदा शौच गर्न सजिलो हुन्छ ।प्रत्येक पटक पिशाब गर्दा दाहिने कानमा जनै बेर्नु मधुमेह जस्ता रोगहरूका लागि समेत लाभदायक हुन्छ । त्यस्तैगरी, बायाँ कान धागोमा लपेटेर र शौचालयमा जाँदा पाइल्स जस्ता रोगहरूको सम्भावना पनि कम हुन्छ ।पिसाब उत्सर्जन मुत्र उत्सर्जनको समयमा पनि हुने भएकोले दिसापिसाब गर्नु अघि नियम अनुसार हामीले दुबै दायाँ र बाँया कानमा जनै राख्ने गरिएको हो ।साथै मुत्र उत्सर्जनको समयमा पुरुषको शरीरबाट सानो मात्रामा भएपनि शुक्रकीटहरु खेर गइरहेको हुन्छ ।त्यसैले त्यसलाई नियन्त्रण गर्नको लागि समेत जनै कानमा राख्ने गरिन्छ। जनैलाई दाहिने कानमा बेर्दा कानको नसा थिचिन्छ अनि मस्तिष्कको सुषुप्त तन्तुले काम गर्छ । दाहिने कानको नसा अण्डकोष र गुप्तांगसँग जोडिएको हुन्छ ।मूत्र विसर्जन गर्दा दाहिने कानमा जनै बेर्दा शुक्राणुको रक्षा हुन्छ । कानमा जनै बेर्दा सूर्य नाडी जागृत हुन्छ र एवं पेटसम्बन्धी रोग र रक्तचापको समस्या हट्छ ।जनै धारण गर्दा विद्युत् प्रवाह रेखा नियन्त्रणमा रहन्छ र काम क्रोध नियन्त्रण गर्न सहज हुन्छ । जनैले पवित्रताको अनुभव गराउँछ । मनलाई खराब काममा लाग्नबाट यसले जोगाउँछ । श्रोत - सामाजिक सञ्जाल , पं-बालमुकुन्द देबकोटा