सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
एक दिन महर्षि दधिची ले आफ्नो शरीर को हड्डी देवता हरुलाई दिइ अफ्नो शरिरमा नुन लगाएर गौ द्वारा त्यो शरिरलाई चटाउन लगाउनु भयो जो वाकी रहेको मांश पिण्ड अदि लाई अरु देवता ऋषिहरुले दाह-संस्कार गराउन लाग्नु भयो त्यस बेला उहाकी श्रीमती आफ्नो श्रीमानको विछोड सहन सकिनन् नजिकै रहेको विशाल पीपल रूखको टोट्को मा ३ वर्षको बच्चालाई राखेर आफू चित्तामा बसेर सती भइन् । यसरी महर्षि दधिची र उनकी पत्नीको एकै साथ दाह संस्कार भयो ।तर ती बच्चालाई पिपलको रुखको टोड्कामा छाडेर आमा सती जानु भयो यता ती बच्चा आमा आउनुहुन्छ भन्ने आशा गर्दैगर्दै दिन बित्यो रात बित्यो । भोक र तिर्खाले पीडाले रुन लागे ,जब खानको लागी कुनै वस्तु फेला परेन, त्यही पिपल को टोड्कोमा पाकेको पिपलको फल पत्ता झरो त्यही खाएपछि उनी हुर्कन थाले । कालान्तरमा पिपलको पात र फलफूल खाएर बालकको ज्यान बच्यो ।
एक दिन देवर्षि नारद त्यही बाटो हुदै जादै हुनुहुन्थ्यो नारदजीले पिपलको खाल्डोमा एक जना वालकलाई देखेर परिचय सोध्नु भयो वावु तिमी को हौ? बच्चा - म पनि यहि जान्न चाहन्छु। नारद -तिम्रो पिता को हुनुहुन्छ? बच्चा - म जान्न चाहन्छु । त्यसपछि नारदजीले ध्यान दिएर हेर्नु भयो । नारद आश्चर्यचकित भएर भन्नु हुन्छ– हे बालक ! तिमी महान दाता महर्षि दधिचीका पुत्र हौ । तिम्रा पिताको हड्डीबाट वज्र बनाएर मात्र असुरहरूमाथि देवताहरूको विजय भयो। नारदले भन्नुभयो– तिम्रो बुवा दधिची ३१ वर्षको उमेरमा आफ्नो शरीर दान गर्नु भएको थियो । मेरो बुबाको अकाल मृत्युको कारण के थियो जान्न चाहन्छु भन्नुभयो । शनि ग्रहको महादशा नै तिम्रा पिताको मृत्युको कारण थियो । यसो भन्दै देवर्षि नारदले बच्चाको नाम पिप्पलाद राखेर दीक्षा दिनुभयो । जसले पिपलको पात र पाकेको दाना खाएर जीवन बिताउनु भएको थियो । नारदजीको प्रस्थान पछि नारदजीले बताए अनुसार बालक पिप्पलादले कठोर तपस्या गरेर ब्रह्माजीलाई प्रसन्न गर्नुभयो। जब ब्रह्माजीले बालक पिप्पलादलाई वरदान माग्नु भनेपछी , पिप्पलादले आफ्नो दृष्टिले कुनै पनि वस्तु जलाउने शक्ति माग्नु भयो । ब्रह्माजीबाट वर पाएपछि पिप्पलादले सबैभन्दा पहिले शनिदेवलाई आह्वान गरेर उहाँको अगाडि प्रस्तुत गरेर आँखा खोलेर शनि ग्रहलाई जलाउन थाले। शनिदेवको शरीर जल्न थाल्यो । ब्रह्माण्डमा कोलाहल मच्चियो । सबै देवताहरू सूर्यपुत्र शनिको रक्षा गर्न असफल भए । आफ्नो छोरालाई आँखा अगाडि जलिरहेको देखेर सूर्यले पनि ब्रह्मालाजीलाई बचाउनको लागि बिन्ती गर्न थाले । अन्ततः ब्रह्माजी स्वयं पिप्पलादको अगाडि देखा पर्नुभयो र शनिदेवलाई छोड्न भन्नुभयो तर पिप्पलाद तैयार हुनु भएन । ब्रह्माजीले एउटाको सट्टा दुई ओटा अरु वरदान माग्ने कुरा गर्नुभयो । तब पिप्पलादले खुसी हुँदै दुई वरदान माग्नु भएको थियो । १- जन्मदेखि ५ वर्षको उमेरसम्म कुनै पनि बच्चाको कुंडलीमा शनिको प्रभाव पूर्ण स्थान भएपनी त्यसको प्रभाव नहोस। ताकि म जस्तो अरु कोही बच्चा अनाथ नहोस् । २- पिपलको रुखले म अनाथलाई आश्रय दिएको छ । त्यसैले सूर्योदयअघि पीपलको रुखमा जल चढाउने व्यक्तिलाई शनिको महादशाले असर नगरोस । ब्रह्माजीले तथास्तु भन्दै वरदान दिनुभयो । त्यसपछि पिप्पलादले आफ्नो ब्रह्मदण्डले प्रहार गरी जलिरहेको शनिलाई मुक्त गर्नु भयो । जसका कारण शनिदेवको खुट्टामा चोट लागेको थियो र उनी पहिलेको जस्तो छिटो हिँड्न नसक्ने भएका थिए । त्यसकारण त्यसबेलादेखि #शनिलाई "शनै: चरति य: शनैश्चर:" भनिन्छ अर्थात् बिस्तारै चल्नेलाई शनैश्चर भनिन्छ र शनिको आगोमा जलेको कारणले शरीरको कालो अंग विकृत भयो । अहिले पीपलको र शनिको #कालो मूर्ति पूजा गर्ने धार्मिक प्रचलन रहेको छ । पछि गएर पिप्पलादले प्रश्नोपनिषद्को रचना गर्नुभयो जुन उपनिषदलाई ज्ञानको ठूलो भण्डार मानिन्छ ।
श्रोत - सामाजिक सञ्जाल