प्रकृतिको द्वन्दवादमा "जवर्जस्त युग "

बिहीबार, साउन २९, २०८२

 प्रस्तुत लेख  फ्रेडरिक एंगेल्सको प्रसिद्ध रचना, प्रकृतिको द्वन्दवादमा उनले लेखेको भुमिकाको एक सानो उधृत अंश हो । पुनर्जागरण र त्यसको प्रभावकोको बारेमा थोरै भए पनि जान्न उत्सुक मानिसहरुको निम्ति  यो एकपटक पढ्नु उपयोगी हुन सक्छ ।
पुनर्जागरण एक "जवर्जस्त युग " थियो "जसलाई "हामी जर्मनीहरु धर्म सुधार आन्दोलन (Reformation)" भन्दछौं, " फ्रेन्चहरु रिनसाँ (Renaissance) र इटलियनहरु चिनक्वेचेन्तो(Cinquecento) भन्दछन् । यध्यपि तिनले यसको पुर्ण अर्थ दिदैनन् । पन्ध्रौं शताब्दीको पुर्वार्धमा पुनर्जागरणको युग प्रारंभ भएको थियो । उतिबेला राजशाहीले नगरबासीहरुको समर्थनमा सामन्ति कुलिनहरको हातबाट सत्ता हत्याएको थियो । त्यसपछि विराट राजतन्त्रको स्थापना भयो । त्यो विशेष गरी राष्ट्रियतामा आधारित थियो ।त्यसै भित्रबाट आधुनिक युरोपियन राष्ट्र र आधुनिक पुँजिवादी समाजको विकास भयो ।नगरबासी र कुलिनहरु बिचको झगडा त छँदै थियो । जर्मनीमा भएको किसान युद्धले भावी वर्ग संघर्षको दिशाबोध पनि गरी दियो। त्यसले किसान विद्रोहलाई सतहमा त ल्याई दियो नै तर त्यो खासै नयाँ कुरो थिएन । त्यसले त्यस्ता विद्रोहमा आधुनिक सर्वहारा वर्गको संलग्नताको सुरुवात पनि गरी दियो । त्यसमा सर्वहारा वर्ग हातमा रातो झण्डा र वाणीमा उत्पादित वस्तु माथि साझा स्वामित्वक्को माग लिएर आयो ।


बाइजान्टियमको पतन पछि बचेका पान्डुलिपिमा, रोमको भग्नावशेषमा उत्खनन गर्दा प्राप्त भएका प्राचिन मुर्तिहरुमा एउटा नयाँ दुनियाँ  देखा पर्‍यो जसले  पश्चिमाहरुलाई अर्थात प्राचिन ग्रिसबासीहरुलाई चकित पारी दियो । त्यो के थियो भने मध्य युगका भुत आफ्नो मस्त जवानीमै लापत्ता भई सकेका थिए ; इटलीमा कल्पनै गर्न न सकिने गरी कलाको विकास भएको थियो | यस्तो भान पर्दथ्यो तिनमा शास्त्रीय पुरावशेशको प्रतिविम्व झल्किन्थ्यो | त्यस पछि भने तिनको उचाई कहिल्यै प्राप्त गर्न सकिएन । इटली, फ्रान्स र जर्मनीमा एउटा नविन साहित्यको प्रादुर्भाव भयो । पहिले आधुनिक साहित्य, अलिक पछि बेलायत र स्पेनमा साहित्यको शास्त्रीय युगको उदय भयो । पुरानो दुनियाँका सीमा मिचिए । पुनर्जारणको कालमा आएर मात्रै पहिलो पटक  साच्चिकै नयाँ सन्सार पत्ता लाग्यो।तद उप्रान्त नै पछिल्लो विश्व व्यपारको आधार शिला खडा भयो र दुनियाँ हस्तकलाबाट निर्माण उध्योगा संक्रमण हुने आधारभुमि तैयार भयो । निर्माण उध्योगले वृहत स्तरको उध्योगको निम्ति प्रस्थान विन्दु सिर्जना गरीदियो । मानव मस्तिष्कमा परंपरागत रुपमा रहेको चर्चको अधिनायकत्व भताभुङ्ग भयो । यस कामको मुख्य श्रेय बहुसंख्यक जर्मनी जनतालाई जान्छ । तिनले प्रोटेस्टेन्ट धर्म अनुसरण गरे । उता लेटिनहरु बिचमा भने बडो उमंगका साथ स्वतन्त्र विचारले झन झन जरा गाड्दै गयो । यो उनिहरुले भरखरै पत्ता लागेको ग्रिक दर्शनबाट सिकेको र अरवबाट प्राप्त गरेका थिए । यहीं स्वतन्त्र विचारले अठारौं शताब्दीमा आएर भौतिकवादको मार्ग प्रसस्त गर्‍यो ।

यो मानवजातिले त्यो बेला सम्म अनुभव गरेको महानतम प्रगतिवादी क्रान्ति थियो । यो यस्तो जमना थियो जुन बेला खुद्रा मसिना वस्तुको होइन वृहत मात्राका वस्तुको उत्पादन अपेक्षा गरिन्थ्यो । त्यो भनेको चिन्तन शक्तिमा, भावनामा, चरित्रमा, विश्व विध्यालयमा, प्रज्ञामा विशलता थियो । आधुनिक पुँजिवादी शासनको जग बसाउने मानिसहरुले के मात्रै गरेनन् तर तिनिहरुका आफ्नै सीमा थिए ।  अर्का तिर त्यसबेलाको साहसिक चरित्रले पुँजिवादीहरुलाई धेर थोर प्रोत्साहित पनि गर्यो । उ बेलाका विशेष हस्तिहरुमा विरलै मात्र कोही थिए होलान् जसले यत्र तत्र विस्तृत रुपमा विचरण न गरेका हुन्, जसले चार, पाँचवटा भाषा न जानेका हुन्, जसले कतिपय क्षेत्रमा उज्वल छवि न बनाएका हुन् । लियोनार्डो दा भिन्सी आफैमा महान चित्रकार मात्रै थिएनन् उनि एक महान गणितज्ञ, यन्त्रविज्ञ र इन्जिनियर पनि थिए भौतिक शास्त्रका विपरित विधाका महत्वपुर्ण आविस्कार हुनुमा दुनियाँ  उनि प्रति कृतज्ञ छ । 
 अलब्रेक्त ड्युरर चित्रकार, नक्सानिर्माता, मुर्तिकार र वास्तुकार थिए । त्यति मात्रै होइन उनले किल्लाबंदी प्रणालीको आविष्कार अनि गरेका थिए ।  त्यसमा अन्तर्निहित विचारलाई धेरै पछि गएर मोन्टालाम्बरले ग्रहण गरे । त्यसलाई जर्मनीको  किल्लाबंदी विज्ञानमा समावेस गरियो ।मेकियाभेली एक राजनेता, इतिहासकार र कवि मात्रै थिएनन् उनि साथसाथै आधुनिक जमनाका एक विख्यात सैनिक अध्येता पनि थिए । लुथर (किंग)ले चर्चको अजिअन तबेलाको लिदी मात्रै सोरेनन् उनले जर्मन भाषाको पनि सुधार गरे । उनले आधुनिक जर्मन गध्य साहित्यको सिर्जना गरे , उनले  बीर रसमा गानाको पनि रचना गरे र त्यसमा लय पनि भरे । पछि गएर त्यो फ्रान्सको सोह्रौं शताब्दीको राष्ट्रियगान, मार्सेलेज बन्यो । उबेलाका नायकहरु अझैसम्म श्रम विभाजनका दास भई सकेका थिएनन् । एकातिर उत्पादनमा हुने एकाङ्गीपन र अर्कोतिर  त्यस्तो दासताले उत्पादनमा गतिरोध निम्त्याउथ्यो । तर पछि गएर तिनका उत्तराधिकारीमा भने हामीले त्यो दासता बारंबार देख्ने गरेका छौं । तर त्यति बेलाका नायकहरुको विशेष चारित्रिक पहिचान चाहिं के थियो भने उनिहरु लगभग सबै जसोले समसायिक आन्दोलनमा आफ्नो जीवन र कर्मलाई व्यवहारिक संघर्षमा समर्पित गरेका थिए । तिनले संघर्षको पक्षपोषण गर्दै त्यसमा भाग लिएका थिए । कसैले बोलेर, लेखेर, कसैले बलले त बाँकी धेरैले  त यि दुवै कुराका सहित भाग लिएका थिए । तिनको चरित्रको यस्तो निपुर्णता र बलले गर्दा नै तिनलाई सिद्धहस्त मानिस बनाएको थियो । अब्बल अध्येता भनेका अपवाद हुन्, बाँकी त दोश्रो या तेश्रो श्रेणीका वा धुर्त टप्परटुईयाँ हुन् । ति आफ्ना औंलामा ठेला उठाउन झन्झट मान्ने खालका हुन्छन् ।

श्रोत - सामाजिक सञ्जाल 
 

प्रकाशित मिति: बिहीबार, साउन २९, २०८२  १०:४१
प्रतिक्रिया दिनुहोस्