सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
अब हामी थकित भएर फेरि तिनकै बाटोमा फर्किन बाध्य भएका छौँ ।
१. माटोका भाँडाबाट स्टील र प्लास्टिकतर्फ र फेरि क्यान्सरको त्रासले माटोका भाँडातर्फ फर्कनु ।
२. औंठाछापबाट (हस्ताक्षर) सम्म पुग्नु र फेरि औंठाछाप (थम्ब स्क्यान) मा फर्किनु ।
३. च्यातिएका सामान्य लुगाबाट प्रेस गरिएका सफा लुगा लगाउनु अनि फेरि फेसनको नाममा पाइन्ट नै च्यातेर लगाउन थाल्नु ।
४. कपासको लुगाबाट ट्यारीलिन र ट्यारीकटतर्फ लाग्नु अनि फेरि पुरानै कपासको लुगामा फर्किनु ।
५. श्रमसाध्य जीवनबाट डराएर पढ्न लेख्न थालेको अनि ठूला ठूला डिग्री (MBA, IIM) लिएर फेरि प्राकृतिक तरिकाले जैविक खेती गर्न फर्कनु ।
६. प्राकृतिक खाना छोडेर प्रशोधित र प्याक गरिएका खाना रोज्नु अनि रोगहरूले सताएपछि फेरि पुरानै प्राकृतिक खानातर्फ फर्किनु ।
७. पुराना र सामान्य चीजलाई फालेर ब्रान्डेड सामानमा धाउनु अनि मन भरिएपछि फेरि पुराना वस्तु (एण्टिक) को मोहमा पर्नु ।
८. बालबालिकालाई संक्रमणको डर देखाएर माटोमा खेल्न नदिनु अनि घरभित्र बन्द गरेर उनीहरूको रोग प्रतिरोधात्मक क्षमता नै घटाउनु, फेरि होस आउँदा माटोमा खेलाएर इम्युनिटी बढाउन खोज्नु ।
९. गाउँ, वनजंगल छोडेर चम्किला शहर, पब र डिस्कोमा भाग्नु अनि अन्ततः शान्ति र स्वास्थ्यका लागि फेरि गाउँ र जंगलमा फर्किनु ।
यसले स्पष्ट देखाउँछ कि प्रविधिले जे दिए पनि प्रकृतिले पहिले नै त्यसभन्दा उत्तम कुरा दिइसकेको थियो । श्रोत - सामाजिक सञ्जाल