हुटिट्याउं र समुद्रको कथा- (पञ्च तन्त्र)

सोमबार, भदौ ९, २०८२

कुनै समुन्द्रको किनारको एक छेउमा हुटिट्याउंका भले पोथी वस्दथे । केही दिनमा ऋतुकाल आए पछि पोथीले पेटवोकी फूल पार्ने वेलामा पोथीले भालेलाइ भनि कान्त?मेरो सुत्केरी हुने वेलाछ,कुनै सुरक्षित ठाउको खोजी गर म त्यहीं गएर फूल पार्न सकूं । भालेले भन्यो प्रिय यो समुद्रको किनार राम्रै छ यहीं फूल पार,कसैले केही गर्दैन ।
पोथी- यहांपुर्णीमाको दिन ठूलो छाल आउंछ त्यसले मत्ता हात्तीलाइत तान्छ भने हामी जस्ता सानालाइ के राख्छ ? भाले भन्छ -हेर-  अरुलाइ जेसुकै गरोस तर म र मेरासन्तानलाइ त्यसले केही गर्न सक्दैन के समुन्द्र मूर्खछ र कालको मुखमा पर्नलाइ तेस्लाइ मेरो डरलाग्दैन ? नीतिमा भनेको पनि छ - 
य:पराभवसन्त्रस्त:स्वस्थानं संत्यजेन्नर:। तेन चित्पुत्रिणी माता तद्वन्ध्या केनकथ्यते।।
अर्थात् हार्ने डरले जो मान्छे आफ्नो ठाउ छोडी हिंड्छ त्यस्ता पुत्र पाउने स्त्रीलाई पनि यदि पुत्रवती भन्नेहो भने फेरि वांझीलाइ के भन्ने?  हेर प्रिये ,  त्यस्तो डराउने कुरा गर्दै नगर्नु   हामी यहीं वस्नेहो । हेर मैले राती आकाश खसेर पृथिवी भरीका जीवहरुलाइ मार्छ भनेर आकाश थामेर मैले सवैको उद्धार गरेको छु ,त्यस्तो शक्तिशाली मलााइ  कस्ले  हल्लाउन सक्छ ?
यो सवै कुरा सुनेको समुन्द्रले यो फूच्चेले मलाइ ललकार्ने,  यसको तागत कहां सम्म रैछ विचारै गर्न पनि यस्का फूल वगाइ दिन्छु अनि यसको तागत हेर्छु  भनेर वसेको समुन्द्रले भाले  चारा  चर्न गएको वेलामा फूल वगाएर लगिदियो । विचरी पोथी त्यही रोएर वसेकी थिइ यै वेला भाले आएर पोथीलाइ भन्यो के भयो ?
पोथी-मूर्ख मैले त पैले भनेकी थिएं यहां नवसौं  तर तिमी मानेनौ आज यो गति भयो । 
पोथीले फेरि भनि -हेर आंफुभन्दा ठूलासंग जाइलाग्न हुन्न त्यसो गर्दा आफ्नै नाश हुन्छ भनेर मैले भनेकी थिइन ? हेर आज तिम्रो मूर्ख बुद्धिमा विश्वास गर्दा के भयो ?
भाले- प्रिय , यसो नभन हेर जस्को उत्साह रुपि शक्तिछ तस्ता साना भए पनि ठूलालाई जित्छन् भनेको पनिछ-
विशेषात्परिपूर्णाय याति शत्रोरमर्षण:। आभिमुख्यं शशांकस्य यथा$द्यापि विधुन्तुद:।।
उत्साहरुप शक्ति हुने मानिस शत्रुवढेका वेला पनि जाइ लाग्छन्।  जस्तो  राहु(पूर्णचन्द्र) माथी आजतक जाइ लाग्दैछ । आंफुभन्दा ठूलो शरीर भएको मत्ताहाथीको टाउकैमा सानो शरीर भएको सिंहले पनि लात हान्छ । यस्तै अर्को हेर-
(हस्ती स्थूलतर:स चांकुशवश:,कि हस्तिमात्रो$न्कुशो, दिपे प्रज्वलिते प्रणश्यति तम:किं दीपमात्रं तम:؟, वज्रेणा$पि हता:पतन्ति गिरय: किं वज्रमात्रो गिरि, तेजो यस्य विराजते स वलवान्,स्थूलेषु क:प्रत्यय:।।)
अर्थात् हात्ति ठूलो हुन्छ सानो अंकुशका वसमा वस्छ, के अंकुश हात्ति जत्रै हुन्छ؟ रात्रीको अन्धकार कति ठूलो हुन्छ त्यसको अगाडी दियो कति सानो हुन्छ तर दियो वालेपछि अन्धकार भाग्छ । यस्तै तेत्रा ठूला पर्वतहरु वज्रले ठोकेपछि ढल्छन् के वज्र पर्वत जत्रैछ ? त्यसकारण जस्को तेज हुन्छ उही विजयी हुन्छ ।मोटो मात्रै भएर केही हुंदैन । यसकारण मेरो यो मुखको चुचोमा वालुवा भरेर लगेर यो समुन्द्रलाइ सुुकाउन सकिन भने म पनि वीर वाउको छोरो हैन,यो समुन्द्रले मलाइ के ठानेकोछ ?
पोथी- प्रियतम,यस्तो उडन्ते गफ नहाक्नुस यत्रो समुन्द्र जहां अठारसय नदीहरु मिसिन्छन् तेत्रो समुद्रको पानी तिमी फूच्चेले वालुवा वोकेर थुन्छु भन्ने दुस्साहस नगर यस्ता कुरा कस्ले पत्याउंछ?
भाले  -प्रिय  तिमीलाइ कति सम्झाउं ?  हेर
(अनिर्वेद:श्रियो मूलं,चन्चुर्मे लौहसन्निभा। अहो रात्राणि दीर्घानि समुद्र:किं न शुष्यति؟।।)
हिम्मत नहार्नु नै सफलताको जड हो, फलामको जस्तो वलियो मेरो चुच्चो छ ,दिन रात लामा छन् दिनरात काम गर्छु कसरी समुन्द्र सुक्दैन ? आंट नगरी कोइ पनि  ठूलो हुन सक्दैन त्यसैले आजै देखि आंट गर्छु ,मेरो वाटो नछेक । पोथी प्रियतम- यदि आंटै गर्नेहो भने हाम्रो जाति विरादरीका सवैलाइ एकठ्ठा गरेर सवैले प्रयास गरेमा  हुन पनि सक्ला तर एक्लैत कुनैहातमा स्म्भव देख्दिन । तेती कुरा पोथीले भने पछि   भालेले भन्यो प्रिय तिमीले ठिकै भन्यौ शाश्त्रले पनि भनेकोछ-
हितै साधुसमाचारै:,शाश्त्रज्ञैर्मतिशालिभि:। कथन्चित् न विकल्पन्ते विद्वद्भिश्चिन्तिता नया:।।
अर्थात् हितैषी,शुशील शाश्त्रज्ञ ,र बुद्धिमानले मिलेर निश्चित गरेको नीतिले ,कहिल्यै धोका खानुपर्दैन । त्यसकारण हाम्रो स्वजातिका सवैलाइ वोलाएर सवैको सहमतिमा यो समुद्र सुकाउनेछु भन्यो र  वकुल्लो ,सारस मयुरहरुलाई वोलायो र  उसले उनिहरुलाइ भन्यो - (समुन्द्रले मेरा फूल लगिदिनाले मैले दुख पाएं तसर्थ यसलाइ सुकाउने उपाय सोच्नुहोस नत्र भोली तपाइहरुको पनि यै हालत हुनेछ ।)
त्यसपछि उनिहरुले सल्लाह गरेर भने ,यो समुद्र सुकाउनहामी मात्रै असमर्थ छौं तर हामीसंग यौटा उपायछ त्यो के भने हाम्रै स्वजातीका गरुण जी भगवानका वाहन भएर वसेकाछन् उनले यो दु:खवाट पार लगाउनेछन् तेसैले उनलाई गएर  यो कुरा भनौं भनेर सवै जना मिलेर वैकुण्ठ गए ।
वैकुण्ठमा भगवान विष्णुका वाहन वनेर वसेका श्रीगरुडजीलाई  सवै कुरा सुनाए । गरुडजीले सवै सुनेर भन्नुभयो तपाइहरुले ठिक भन्नुभयो । ठूलो सानो सवैको आ आफ्नो अस्तित्व हुन्छ । कोही ठूलो छु भन्दैमा सानोलाइ थिचोमिचो पार्न पाइदैन नत्र कसरी सह अस्तित्व कायम रहन्छ ?  हो तपाइहरु वसेको वासस्थान समुद्रले प्रत्येक वर्ष अतिक्रमण गर्छ  यो कुरा मलाइ पनि थाहाछ । नडराउनुहोस  म पनि तपाइहरुकै साथमा छु । ल हिड्नुस म पनि तपाइहरुकै साथमा जान्छु भन्दै निस्कन लाग्दा  भगवानको कोही दूत आएर गरुडजीलाइ भन्यो  हे गरुडजी, भगवानलाई देवताहरुको उपकारको लागि कहीं जानपर्यो रे झट्ट हिड्नुहोस भनेर दूतले भन्दा गरुडजी दूतलाइ भन्नुहुन्छ हे दूत म जस्ता नालायक नोकरले भगवानको के काम गर्न सक्छ ? त्यसकारण तिमी झट्ट त्यहां गइ वहांलाइ विन्ती चढाउनु कि सवारीका लागि अब अरुनै कोही नोककर ठिक गरिवक्सिए हुन्छ भन्दिनु र वहांलाइ मेरो दण्वत् पनि विन्ती चढाइ दिनु म आफ्नो काममा लागें । म  आज देखि भगवानको सेवावाट अवकाश लिन्छु । दूत भन्छ - गरुडजी तपाई भगवानलाई कहिल्यै यसो भन्नुहुन्नथ्यो । आज के भएर यसो भन्नुभयो ?
गरुड  भन्छन् -हेर देवदूत भगवानको आश्रय पाएर वसेको समुन्द्रले आज मेरा स्वजाति हुटिट्याउका फूल मास्यो यस कुरालाई भगवानले रोकि बक्सियन भनेत म पनि भगवानको नोकर होइन । यो मेरो निश्चय हो यो कुरा भगवानलाई सुनाइदिनु । दूतले यै कुरा भगवानलाइ सुनाए पछि भगवानले सोच्नुभयो - कहिल्यै नरिसाउने गरुड आज रिसाए ,पक्कै केही भएको छ ।  यसो भनेका हुन् भनेर भगवान् स्वयं गरुड भएको ठाउंमा आएर भन्नुभयो गरुडजी  के भयो ? त्यसको जवाफमा  गरुडजी भन्नुहुन्छ - हजुरको आश्रय पाएर मत्त भएर वसेको समुद्रले सीमा अतिक्रण गरेर मेरा स्वजातिका फूल वगाइदियो ,यसले संधैभरि  यसरी नै वगाइरहने हो भने भोली हाम्रो वंशै नाश हुने भयो त्यसैले म हजुरकहां जान सकिन भनेर भगवानलाई सवै ईति वृतान्त सुनाए पछि भगवानले भन्नु भयो - त्यसो हो भने  अहिले नै हिंड ,म सुद्रलाई  थर्काएर त्यो हुटिट्याउका फूल ल्याईदिन भन्छु ।

समुद्रले मैले जे भन्यो त्यहि  मान्नेछ धन्दा नमान । भनि भगवान समुद्र छेउ जानुभयो भगवान जांदा साथ  समुन्द्रले हत्पताउदै आएर भगवानलाइ दण्डवत् गरे अनि भगवानले भन्नुभयो - तिमीहरु सवै सानाठूला मेरै सन्तान हौ ठूलो छु भन्दैमा सानालाई  हेप्न पाइंदैन । त्यसैले झट्ट ती तिमीले वगाएका यिनका  फूल तुरुन्त ल्याइदिनु ,र आयन्दा यसो नगर्नु भनि समुद्रलाइ भन्नुभयो ।समुद्रले पनि आफुले वगाएका हुटिट्याउंका फूल ल्याएर हुटिट्याउलाई दियो । भगवानले  हुटिट्याउंलाई पनि सानाठूला सवै मिलेर वस्नु भनेर संझाउनु भयो । त्यस पछि गरुड सहित भगवान् वैकुण्ठ तर्फ लाग्नुभयो । 
 सानाले पनि आंटे भने के हुंदैन ?   हितोपदेशमा भनेकोछ-  
उद्योगिनं पुरुष सिंहमुपैति लक्ष्मी दैवं हि दैव मिति का पुरुषा वदन्ति।
दैव नियत्त कुरुपौरुषमात्मशक्या, यत्ने कृते यदि नसिद्यति को$त्र दोष:।।
उद्यमेन हि सिद्ध्यन्ति कार्याणि नमनोरथै:  न हि सुप्तस्य सिंहस्य प्रविश्यन्ति मुखे मृगा:।।
 उद्यमशील पुरुषका पछिपछि स्वयं लक्ष्मी जी हिड्छिन्,जो अल्छी र  कायर व्यक्तिहरुले मात्रै भाग्यमा भए त्यसै फल्छ भनेर वस्नेहुन् पुरुषार्थी व्यक्ति त्यसरी भाग्य भाग्य भनेर वस्दैन र वस्न पनि हुन्न यदि गर्दा गर्दै पनि भएन भने कस्को दोष ? के भाग्यमा छ भनेर प्रयत्न नगरी सुतेर वसेको सिंहका मुखमा गएर मृगहरु वसिदिन्छन् र सिंहले  आफ्नो आहारको लागि पनि जांगर चलाएर मृग माथि आक्रमण गर्नै पर्छ । जयश्रीकृष्ण राधे यस्तै महाभारको अनुशासन पर्वमा श्री भीष्म पितामहले युधिष्ठिरलाइ शिक्षा दिदै भन्नुहुन्छ-
"पुरुषार्थी जहां जान्छ भाग्य त्यै ठाउंमा पुग्दछ।
अल्छीले घाउमा नून हालेझै दु:ख पाउंछ।।
मान्छे भै नगरी कर्म जो पर्छ दैवका भर।
नामर्द पतिकी पत्नी जस्तै त्यो व्यर्थ वाच्दछ।।
जस्तै फुके पछि आगो सानोहोस वढ्छ वल्दछ।
परिश्रम गरे तेस्तै भाग्य सप्रन्छ फल्दछ।।
 जस्तो कि तेल घट्नाले वत्ती घट्दछ र निभ्दछ।
त्यस्तै उद्योग घट्नाले भाग्य फुट्छ  हराउंछ।।
नलेखेको पनि कर्म गरे सफल वन्दछ।
राम्रो होस कि नराम्रोहोस भाग्य मेटिन सक्दछ।।"
यो कथावाट हामीले सिक्नु पर्ने कुरा केहो भने मानिसले सानो ठूलो उद्योग गर्नैपर्छ। उद्योग नगरी वस्न हुंदैन  वुद्धले पनि भन्नु भएको छ - नदीको किनारमा गएर विचार गरेर मात्रै पार भइंदैन नदी पार गर्नलाई नदीमा ड्राइभ मार्नैपर्छ र पार भइन्छ। ऐलेका  युवाहरुमा त्यो जोस र जांगर भएको देखिंदैन ,उनिहरु स्वाबलम्बी बन्नुभन्दा परालम्बी हुंदै गएको देखिन्छ । यो देशको लागि राम्रो संकेत पटक्कै हैन । युवा शक्तिमा स्वावलम्वी भावना हुनपर्छ । यौटी विरंगना नारीले आफ्नो छोरालाइ दिएको माहाभारतमा वर्णित यौटा उपदेश ।  
उठरेकांतर उठ्  यस्तो लत्तछाडा वनिनसुत।
जोरी परी हंसाएर आफ्नालाइ उंधो नपार।।
गर स्वाभिमानको रक्षा वांच् आंफै धैर्य वुद्धिले।
आफ्नालाइ उठा आंफै त आफ्नै निम्ति आंफुले।।
उठ् लाछी!नसुत्कत्ती शत्रुका वसमा परी।
पिराहा !शत्रुका प्यारा! तं जस्तो जन्मिईस किन?
यसरी छोरालाइ उपदेश दिने सिन्धूदेसकी महारानी विदुलाइ थिइन् ,उनको राज्य हरण भएको हुनाले वनमा गएर वसेकी थिइन् छोरा १५ वर्ष भैसक्दा पनि आफ्नो गुमेको राज्य फिर्ता गर्न कुनै चेष्टा नगरेको हुनाले आमा विदुलाले छोरालाइ ललकारेकी थिइइन् । त्यत्रो वीरताको गौरव पूर्ण ईतिहास वोकेका हामी नेपालीहरुलाइ आज किन  यसरी बिदेशीहरुले हाम्रो अस्तित्व मेटाउन खोज्दैछन् , यस्मा उनीहरुको भन्दा पनि हाम्रै गति छाडापन,स्वभिमान र स्वावलम्वी भावनामा कमी,देशभक्ति  र मातृभूमि प्रतिको भक्तिभाव शून्यता भएको हुनाले  बिदेशीहरुले यसरी हेपेका हुन् । हाम्रा युवा नेताहरुले हाम्रो भौगोलिक स्थिति र संवेदनशीलतालाई वुझेनन् न इतिहास नै वुझे ,न देशभक्तिको पाठ नै सिकाइयो ,न विश्वविद्यालयले स्वावलम्वी हुने शिक्षानै दिन सक्यो।  त्यसैले  हामी निरीह हुन परेको हो । अब हामीले आफ्नो अस्तित्व जोगाउन सवै एक जुट भएर लाग्नु पर्छ । अब सवै उठौं जागौं सवै मिलेर देश जोगाओं।
ॐउत्तिष्ठ जाग्रत प्राप्य वरान्निवोधत।
,क्षुरस्य धारा निशिता दुरत्यया  दुर्गपथस्तत्कवयो वदन्ति:। ) कठो पनिषद् अध्याय १/३/१४  अर्थात् उठ?जाग?महान् पुर्खाहरुलाइ संझ,  हाम्रो गौरवपूर्ण इतहासलाइ र भिमसेन थापा, अमरसिंह थापा भक्तिथापा, वीरवलभद्र कुंवर जस्ता वीरहरुका गाथा पढ, हाम्रा राजा महाराजाहरुले देसको लागि वरु आफ्नो ज्यान दिए तर देसको अस्तित्व मेट्न दिएनन् ,तिनलाई  सम्झ । त्यो ईतिहास हेर । देशभक्त हुन त्यति सजिलो छैन ।  धारिलो छुराको धारमा हिड्नु जति कठिन हुन्छ त्यति नै अगम्य र यात्रा गर्न कठिन छ। तर मौकामा आंट गर्न सक्नपर्छ । तर अहिले  जस्तो हाम्रौ लाछिपन र गतिछाडा पाराले  देश जोगाउन ससकिदैन त्यसैले सवै एक जुट भएर लाग्नु पर्छ तब मात्रै सम्भव हुन्छ ।
श्रोत - सामाजिक सञ्जाल 

प्रकाशित मिति: सोमबार, भदौ ९, २०८२  १३:१५
प्रतिक्रिया दिनुहोस्