सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
पाल्पाली सेन राजाहरुले अवधका नवावहरुलाई रिझाएर बुटवलको तराई भूभाग ( नारायणीदेखि शिवगढीसम्म) आफ्नो भूभाग सरह भोग गर्दै आएका थिए रे। नवावहरु हिउँदको समयमा बेला बेलामा बुटवलमा बसेर शिकार खेल्दथे र पाल्पालि राजाहरुले उनीहरुको सत्कार गर्दथे रे। सन् १८५७ को अंग्रेज विरुद्धको सिपाही विद्रोहमा हार खाएपछि अवधका नवाव ब्रिजिस कादिर, उनकी आमा बेगम हसरत महल लगायतका धेरै दरबारियाहरु, सेनाका प्रमुखहरु र अन्य भारतीय राज्यका राजाहरु सन् १८५८ को मे महिनातिर बुटवलमा शरण लिन आएका थिए । सन् १८५९ नोभेम्बर १४ मा जंग बहादुर राणाले उनीहरुसंग भेट गरि भारत फर्कन आग्रह गर्दा बुटवल आफ्ना पुर्खाहरुको निवास भएकोले आफुहरु बुटवलमा बस्न पाउनुपर्ने माग नवाव ब्रिजिस कादिरले गरेका थिए ।
यो तस्विर ब्रिजिस कादिर बुटवलमा शरण लिन बसेको बेलामा एकजना अंग्रेज पत्रकारले खिचेको तस्विर हो । आजसम्म प्राप्त मध्ये बुटवलमा खिचिएको यो नै सबैभन्दा पुरानो फोटो हो ।
श्रोत: पत्रकार युवराज कंडेलको वालबाट