अमेरिकामा टिकाको साइत अक्टुबर २ बिहिबार ११ः५३ बजे

शनिबार, असोज ११, २०८२

ज्योतिष विज्ञान होइन तर शुभ साइत भनेको आफ्नो अनुकूल समय नै सबै भन्दा उत्तम हो । अधिकांशको दसैं टिका बेलुकी हुन्छ अमेरिकामा किनकी छोरा छोरी स्कूल जान्छन्।समय,परिस्थिति र भूगोल अनुसार विदेशमा दसैंको टिका लाउने उत्तम समय भनेको पुरै दिन हो- “ आफ्टर स्कूल” वा बेलुकी अझ शुभ साइत मान्नु पर्छ ।

सबैभन्दा उपयुक्त नै यहि हो- विवाद रहित । समय र प्रविधि अनुसार नेपालीहरुले टिकाको साइतहरूको समय आफै परिमार्जित र संसोधन गरेको पनि वर्षौ भैसक्यो ।

फेरी दसैँको टिका नजिकै आयो, टिका लाउने समय फरक फरक बनाएर नेपालीलाई विभाजन गरिदैं छ भन्ने आरोप पनि एकातर्फ अन्तर्राष्ट्रीय पञ्चाङ्ग निर्णय समितिलाई लागेको छ।अमेरिकामा नेपाली पात्रोको तिथि र चाढपर्वहरू नेपालमा जसरी मनाइन्छ सोहि बमोजिम सोहि बार अझ स्थानीय समयलाई स्वीकार गरेर मनाइदै आइएको थियो भने अर्को तर्फ अन्तरराष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशका लागि विजयादशमीको टीका लगाउने शुभ साइतहरूको फरक फरक समय सार्वजनिक गरिरहेको छ।

समाजलाई नै विभाजन गर्न खोज्नेहरू विरुद्ध आवाजहरू पनि निकै उठि रहेका छन् । तर अधिकांशको दसैंको टिका अक्टुबर २ बिहिबार ११ः५३ बजे बिहान नै हुने जानकारीहरू प्राप्त भएका छन् ।

नेपाली पात्रोको तिथि पूर्ण रूपमा खगोल विज्ञानमा आधारित भएता पनि नेपाल र अमेरिका बीच समय फरक (Time Zone) धेरै हुने भएकाले तिथि मिलाउँदा सावधानी अपनाउदै संसोधन र परिमार्जन गरिनु पर्छ भन्ने आवाज पनि अर्को तर्फ आएको छ।विभिन्न देशहरूमा टिका लाउने फरक फरक समय बनाउनु आवश्यक ठहरिदैन।यसका कारण नेपाली पर्वहरू मनाउन समेत विविध कठिनाई र अन्यौल उत्पन्न भैरहेको छ।नेपालभन्दा करिब १२,१३ घण्टा पछाडि अमेरिकाको समय छ ।

यसको अर्थ नेपालमा सुरु भएको तिथि अमेरिकामा सामान्यतया ढिलो सुरु हुन्छ र ढिलो नै सकिन्छ।तर समय र बारलाई नै मुख्य स्थानमा राखेर स्थानीय समय अनुसार अक्टुबर २, २०२५ को दिन बिहान ११:५३ बजे दसैंको टिका लगाउन उपयुक्त समय हुन्छ, जुन समय नेपालमा निर्धारित गरिएको छ।घरमा यदि स्कूल जाने विधार्थीहरू छन् भने “अफ्टर स्कूल” दसैंको टिकाको साइत निकै राम्रो हुन्छ ।

अहिले धेरै अनलाइनमै दशैं, तिहार, माघे सङ्क्रान्ति,तीज,एकादशी जस्ता पर्वहरू स्पष्ट छन्।यदि तपाईं नेपालमा भएका परिवारसँग सँगै पूजापाठ गर्न चाहनुहुन्छ भने नेपालको समयअनुसारको तिथि मान्नुपर्छ,तर समय अन्तरले प्राय सम्भव हुँदैन । उदाहरण:यदि नेपालमा महानवमी बुधवार बिहान ७ बजे सुरु भएर बेलुकी ६ बजे सकिन्छ भने अमेरिकामा पनि स्थानीय समयमै बुधवार ७ बजे देखि शुरू भएर बेलुकी ६ बजे सम्म मान्नु पर्छ ।यो नै उत्तम, व्यवहारिक र वैज्ञानिक हुन जान्छ।

धेरै नेपाली समुदायहरूले समय अनुकूल पूजापाठ गर्छन्,तर टिका लगाउने,जमरा राख्ने, पूजा गर्ने काम भने नेपालको बार,समय र तिथि बमोजिम ध्यान दिएर आफ्नो स्थानीय समयमा गर्ने चलन छ।

अमेरिकामा नेपालकै पात्रोको तिथि मान्नु उपयुक्त हुन्छ।नेपालको तिथिलाई नै आफ्नै टाइमजोनमा परिवर्तन गर्नुको सट्टा त्यहि बार र समयलाई उपयुक्त ठानेर प्रयोग गर्नु पर्छ।जस्तो नेपालमा दसैंको टिकाको साइत अक्टुबर २, २०२५ को दिन बिहान ११:५३ बजे भएकोले सोहि समयलाई उत्तम साइत ठानेर अक्टूबर २ मैं आफ्नो स्थानीय समय ११ः५३ बजे बिहान टिका लगाउन उपयुक्त हुन्छ ।

मेरिल्यान्डका खिलराज पन्डितलाई यसबारे प्रश्न राख्दा जसले जे भने पनि हामीले मानिदै आएको चलन परम्परा अनुसार स्थानीय समय अनुसार अक्टूबर २ मैं दसैं मनाउन पर्ने बताउँछन् । यस्ता विषयले नेपाली समाज विभाजन तर्फ जाला कि भन्ने चिन्ता समेत व्यक्त गर्दछन्। त्यस्तै हिन्दू कल्चरल सेन्टरका राजेन्द्र खनाललाई प्रश्न राख्दा वाध्यात्मक परिस्थिति छैन तिथीले हो,एकादशीको दिन दसैंको टिका लाउन मिल्दैन अक्टूबर १ मैं दसैं टिका लगाउने हो भन्छन् तर आगामी दिनमा अन्तर्राष्ट्रीय पञ्चाङ्ग निर्णय समितिका पदाधिकारीहरूको भर्चुअल मिटिङमा सहभागी भएर समस्या समाधान गर्न सकिने बताउँछन् ।

त्यस्तै मेरिल्यान्डका रामप्रसाद घिमिरेले फरक विचार राख्छन्- “दशमी तिथि ठाँउ अनुसार फरक फरक दिनमा हुन सक्छ । दशमी तिथीको दिन दसैंको टिका लगाउँछु ।तिथिलाई परिमार्जन वा संसोधन गर्न सकिदैन, यसमा बहुमत वा अल्पमतको कुरा पनि आउँदैन ।” यस बारे अन्तरराष्ट्रिय पञ्चाङ्ग निर्णय समितिका अध्यक्ष प्रा. डा. माधव भट्टराईलाई सम्पर्क गर्दा सम्पर्कमा आएनन् ।

नेपाल सरकार अन्तर्गतका निकायहरूका निर्णयहरूले विदेशमा समेत नेपाली समुदायलाई चोट पुर्याउने,विवाद र विभाजन गराउने कार्य गर्नुहुँदैन ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेको पञ्चाङ्ग निर्णायक विकास समितिले विदेशिएका नेपालीहरूको आवाजलाई बेलैमा सम्बोधन गर्नुपर्छ अन्यथा विदेशमा नेपाली समाज विभाजित हुनेक्रम बढ्नेछ जसले गर्दा नेपाली धर्म,संस्कृति र परम्परा अझ लोप हुने सम्भावना रहने छ ।
केशव आचार्य 
हाल भर्जिनियाँ

श्रोत -सामाजिक सञ्जाल 

प्रकाशित मिति: शनिबार, असोज ११, २०८२  ०६:०५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जापानको शिक्षकको कथा 
शनिबार, असोज ११, २०८२

नेपालका प्रमुख शक्तिपीठहरू
शनिबार, असोज ११, २०८२