केशर महलका बारेमा संक्षिप्त जानकारी 

शनिबार, असोज ११, २०८२

१) तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरका छोरा केशरशमशेरले १९७० सालमा केशर महल बनाउन लगाउनुभएको हो । कुनै राणाजीको दरबार किनेर पूर्व, उत्तर र दक्षिणतर्फ थपिएको हो । पश्चिमतर्फको मोहोडा केशर महलभन्दा पुरानो हो । त्यो कुराको पुष्टि पुनर्निर्माण हुँदा त्यहाँ प्रयोग भएको इँटाबाट पनि भएको छ ।

२) १९४८ साल पुस २३ गते जन्मिनुभएका केशरशमशेरको निधन २०२१ साल जेठ २५ गते भएको हो । केशरशमशेरकी पत्नी कृष्णचन्द्रदेवी राणा, छोरा द्वय केयूरशमशेर राणा र लोकभक्त राणाले हस्ताक्षर गरी २०२४ साल मंसिर ४ गते केशर पुस्तकालयको स्वामित्व नेपाल सरकारलाई दिनुभयो । कान्छा छोरा लोकभक्त राणा केशरशमशेर ६४ वर्ष हुँदा जन्मिनुभएको थियो । उहाँ वरिष्ठ अधिवक्ता हुनुहुन्छ । कृष्णचन्द्रदेवी र केयूरशमशेरको निधन भइसकेको छ ।

३) हस्तान्तरणपछि केशर पुस्तकालयको उद्घाटन तत्कालीन शिक्षामन्त्री ज्ञानेन्द्र कार्कीले गर्नुभएको थियो । केशरशमशेरका परिवारहरू २०२७ सालसम्म केशर महलमै बस्नुभएको थियो । उहाँहरू पूर्ण रूपमा त्यहाँबाट सरेपछि २०२७ सालमा नै पुस्तकालय सर्वसाधारणका लागि खुला गरिएको हो । नजिकै भवन निर्माण गरी उहाँहरू सर्नुभएको थियो । त्यसपछि केशर महलमा कोही पनि व्यक्ति बसेको थिएन । अहिले शिक्षामन्त्री महावीर पुन बस्नुभएको छ । ५५ वर्षपछि त्यहाँ पलंग र भान्साकोठाको व्यवस्था भएको छ ।

४) २०३० सालमा सिंहदरबार आजगनी भएपछि शिक्षा मन्त्रालयलाई केशर महलमा सारिएको थियो । २०६९ सालमा सिंहदरबारमा शिक्षा मन्त्रालयलाई सारियो । २०८२ सालमा सिंहदरबार र शिक्षा मन्त्रालयमा आगजनी भयो । र, सिंहदरबारबाट पुनः केशर महलमा शिक्षा मन्त्रालय सारिएको छ । अर्थात् शिक्षा मन्त्रालयलाई सिंहदरबारबाट केशर महल सारिएको यो दोस्रोपटक हो । 

५) केशर महलमा सुराकी बाटो पनि छ । सोको प्रयोग हुने गरेको छैन । त्यहाँ अहिले पनि लिफ्ट देख्न सकिन्छ । तर त्यो प्रयोगमा छैन । सम्भवतः नेपालमा पहिलोपटक त्यहाँ लिफ्ट जडान भएको बताइन्छ । तर यसको पुष्टि भएको छैन । यस्ता इतिहास थुप्रै छन् तर लेख्न जाँगर पो चल्दैन ।
प्रकृति अधिकारी 
श्रोत -सामाजिक सञ्जाल 

प्रकाशित मिति: शनिबार, असोज ११, २०८२  ०६:२१
प्रतिक्रिया दिनुहोस्