सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
कुनै एक समय फ्रान्समा एक जना महसूर फोटो पत्रकार रहेछन् एकदिन उनको मनमा आएछ कि हाम्रो देसमा सवै भन्दा होनाहार देशभक्त परोपकारी चरित्रवान युवाको फोटो चित्रमा उतारेर किन नासझाउ ؟ भनेर त्यस्तो व्यक्ति खोज्दै सारा फ्रान्सभरी भ्रमण गर्दा कुनै ठाउंमा यौटा २४ वर्षे युवालाइ सवैजनाले भनेछन् फ्रान्स भरिमा यो जत्तिको लायक सामाजिक अभियन्ता देशभक्त व्यक्ति अर्को छैन भन्ने धेरै तिरवाट कुरा सुनेछन् र उसलाइ भेटेर उसको फोटो चित्रमा उतार्ने उद्देश्यले त्यस २४ वर्षे युवासंग स्वीकृति मागे । युवकले मंजुरी गरिदियो १० दिन लगाएर चित्रपटमा उसको फोटो प्रिन्ट गरे ,फोटो निकै आकर्षक थियो । त्यो फोटोलाइ धेरै तिरवाट माग आयो छोटो समयमानै चित्रकारले धेरै पैसा कमायो चित्रकार धनी भयो युवको यो चित्रले गर्दा झन् फ्रान्स वाहेक पनि सवैतिर उसको कीर्ति वढ्यो। त्यै फोटोले कति युवा युवतीहरुलाई सकारात्मक प्रेरण,उर्जा र हौसला प्रदान गर्यो । यता फोटो पत्रकार पनि त्यसै फोटोको माध्यमवाट धनी वन्यो । सानो दोकान ठूलो वनायो व्यवसायिक रुपमा चित्रकारीता चलाउंदै गयो पुरा फ्रान्स भरीको १ नं को चित्रकार वन्यो। यसको करिव २५ वर्ष पछि फोटो पत्रकार पनि लगभग ६० वर्षको आसपास पुग्दा उसको मनमा फेरि यौटा विचार आएछ कि मैले एक जना देशभक्त युवाको फोटो उतारेर मैले यति धेरै ख्याति कमाएं अव म यसको ठीक विपरित फ्रान्स भरीमा जो क्रूर्र,हिस्रक जघन्य हत्यामा संलग्न निर्दयी पापी को छ? त्यसको पनि फोटो उतारेर जनता समक्ष किन विक्री नगरौं؟ भनेर त्यस्तो खराव व्यक्तिको खोजी गर्दै सारा फ्रान्स भरीका नामी जेलहरु चाहार्दै गयो किन भने वलात्कारी,हत्यारा ,डांकाहरु खोज्न त जेलमै खोज्न जान पर्छ वाहिर त्यस्ता व्यक्तिहरु पाइने कुरा भएन त्यसैले जेल चहार्दै गयो र अन्तमा फ्रान्स भरीमा कहलिएको यौटा जेलमा त्यस्तो व्यक्ति छ भन्ने पत्ता लगाएर त्यहां पुग्यो । जेलरसंग उसको फोटो उतार्न स्वीकृति माग्यो जेलरले सरकारवाट स्वीकृति लिएर उसलाइ १० दिनको म्याद दिएर स्वीकृति दियो । जेलरले सवैभन्दा खूंखार व्यक्ति सामुलगेर लौ यै हो धेरै अपराध गर्ने र धेरै वर्षको सजाय पाएको व्यक्ति पनि यही हो भनेर देखाइ दियो ।,त्यो व्यक्ति पनि करिव ५० को हाराहरीमा पुगेको दुव्लो ख्याउटे दाह्री जुंगा पालेको रुग्ण देखिएको थियो। त्यसपछि उक्त व्यक्तिलाइ सामने राखेर चित्रकारले प्रत्येक दिन उसका एकएक अंगको फोटो आफ्नो चित्र पाटीमा वनाउंदै गयो ,यसरि निरन्तर वनाउंदै जांदा करिव नौ दिनको दिनमा उसका सवै अंग प्रत्यंगको स्केच (आकृति) निकालेर जव चित्रकारले गहिरीएर उसलाइ हेर्यो ,त्यो चित्र हेर्दा उसलाइ कहीं यसलाइ पैले देखेको जस्तो भान भएछ। त्यस पछि उसले त्यो वन्दीलाई सोधेछ मिष्टर ?तपाइलाई मैले कहीं देखे जस्तो लाग्यो के तपाइले पनि मलाइ देख्नु भएको थियो ? यसरी चित्रकारले सोद्धा उसले आंखावाट आँशुका वलिन्द्रा धारा वगाउंदै भनेछ- मैले तपाइंलाई पहिलो दिनमै चिनेको थिएं त्यस वेलातपाइले मलाई चिन्नु भएन तर तपाइले यो प्रश्न गर्नु हुन्छ भन्ने मलाइ लागि रहेको थियो आज सोध्नु भयो ,अव म तपाइलाई मेरो ईतिहास वताउंछु भन्दै रुंदै भन्न लाग्यो- महासय आज भन्दा २५ वर्ष पैले तपाइले जस्लाई फ्रान्स भरीको असल व्यक्ति भनेर जुन व्यक्तिको चित्र उतार्नु भएको थियो त्यो अभागी व्यक्ति म नै हूं। के गर्नु मेरो दुर्भाग्य गलत व्यक्तिहरुको गलत संगतमा परेर आज मेरो योदशा भनेर धेरै रोएछ । चित्रकारले उसको पुरा फोटो वनायो र फेरी फ्रान्सभरी त्यो फोटो विक्री गर्यो नागरिकहरुले किने तर त्यो फोटो घरमा टांगेनन् वल्कि त्यो फोटोमा थुकेर लात्तीले हानेर च्यातेर फाले। ( यो कहानी महान् दार्शनिक सन्तश्री ओशोको प्रवचन माला वाट लिइएकोहो ) मानिस आंफै कोहि शक्तिशाली हुंदैन समयले वनाउने हो त्यत्रा विश्व विख्यात महापुरुषहरुलाइ पनि समयले लतार्छ ,भगवान श्रीकृष्ण जस्ता महापुरुष पनि अन्तको समयमा आफन्तहरु सवैवाट टाढा भएर यौटा व्याधाको सिकार वन्न पर्यो । रामचन्द्र भगवानले पनि अन्तको समयमा आफ्नी धर्म पत्नी सीता र लक्ष्मण जस्तो प्रिय भाइसंग विछोड भएर साकेतधाम जान पर्यो । विश्वको १ नं धनुर्धारी कुन्तीपुत्र अर्जुन यौटा सामन्य डांकुवाट पराजित भएर हार खान पर्यो ,भने यहाँ आएका सवै आ आफ्नो प्रारब्ध र समयको प्रभावले वढेका हुन्छन् र समयले कोल्टो फेर्दा ढलेका हुन्छन् । श्रोत -सामाजिक सञ्जाल