आधा पैसाको इमान र तीन मिलियनको ब्याग

मंगलबार, कात्तिक ४, २०८२

इङ्ल्याण्ड र फ्रान्स बीच चल्ने एउटा रेल इङ्ल्याण्डतर्फ जान लागेको थियो। यात्रुहरू लगभग भरिसकेका थिए , अब  केवल एउटा मात्र सिट खाली थियो। ट्रेन चल्नुअघि एक अंग्रेज मानिस आएर त्यो सिटमै बसे। उसको छेउमै पहिलेबाटै एक फ्रान्सेली खातुन बसेकी थिइन् ।
खातुनको अनुहारमा चिन्तित देखिइरहेको थियो। उनको अनुहारमा अत्यधिक तनाव देखेपछि अंग्रेजले सहन नसकेर सोध्यो, “तपाईं किन यति  धेरै निराश हुनुहुन्छ?” फ्रान्सेसी खातुनले झर्किदै भनिन्, “मेरो साथमा इङ्ल्याण्डको कानूनअनुसार राख्न नपाइने रकम छ सबै गरेर करिब दस हजार पाउण्ड हुन्छ। फ्रान्समा यति रकम राख्नु अपराध होइन, तर इङ्ल्याण्डमा त्यो अपराध हो । मलाई थाहा छैन त्यहाँ मसँग कस्तो व्यवहार गरिनेछ।” त्यसैले अहिले म अलिक चिन्तामा छु । 


अंग्रेजले भने, “यो कुनै ठूलो कुरा होइन। यदि तपाईंले स्वीकार गर्नुभयो भने आधा रकम मलाई दिनुहोस् , बाँकी ५ हजार  पाउण्ड तपाईंकै साथमा रहोस्। यदि प्रहरीले पक्राउ गर्‍यो भने पनि आधा रकम त जोगिन्छ। तपाईं आफ्नो लन्डन र फ्रान्सको ठेगाना मलाई लेखेर दिनुहोस्, म परिस्थिती सामान्य भएपछि तपाईंलाई पैसा फिर्ता गरिदिन्छु।” खातुनले आफ्नो ठेगाना लेखेर दिएकी थिइन् ।
रेलबाट ओर्लँदा फ्रान्सेली खातुन प्रहरीको कुनैपनी  चेकजाँच बिना र कुनै रोकावट बिना नै जान सफल भएकी थिइन्। तर त्यही बेला अंग्रेज जोरले चिच्यायो र प्रहरीलाई खातुनतर्फ संकेत गर्दै भन्यो, “सर, त्यो महिलालाई समात्नुहोस् ,  उनले दस हजार पाउण्ड गैरकानूनी रूपमा लिएर जाँदैछिन् । त्यसमा आधा रकम मसँग छ  र आधा पाँच हजार पाउण्ड उहाँसँगै छ। म इङ्ल्याण्डको एउटा  देशभक्त नागरिक हुँ र म आफ्नो प्रिय देशप्रति विश्वासघात गर्न कल्पना पनि गर्न सक्दिन। मैले जानबुझेर उनको मद्दत गरेँ ताकि मेरो देशभक्ती प्रमाणित होस्।”
प्रहरीले खातुनलाई तुरुन्तै  चेक गर्‍यो , र उक्त रकम बरामद गर्‍यो । खातुनले आफ्नो अपराध स्वीकार गरिन्। अंग्रेजले पनि आफूमाथि रहेको आधा रकम प्रहरीलाई दिए । कर्मचारीहरूले मनी लन्डरिङले देशको अर्थतन्त्रलाई पुर्याउने क्षतिबारे कुरा गर्दै अंग्रेजलाई धन्यवाद भने र उनको देशभक्तीको प्रशंसा गर्दै सम्मानका साथ विदा गरे । फ्रान्सेली खातुनलाई अर्को रेलबाट फ्रान्स फर्काइयो।
केही दिनपछि फ्रान्सेली खातुनको ढोकामा ढकढक आवाज आयो । उनले ढोका खोलेर हेरिन्  त्यहाँ त्यही अंग्रेज उभिएको थियो। आश्चर्य र थोरै रिसाएको भावमा खातुनले भनिन्, “तिमी कति कपटी र धोकेबाज मानिस हौ ।  विश्वासघाती   तरिकाले मेरो पैसा प्रहरीलाई बरामद गराइदिएर मलाई कसरी धोका दियौ? यति हुँदा पनि अझै अहिले यहाँ आएर यसरी उभिन्छौ? लाज लाग्दैन? अंग्रेजले खातुनका कुनै पनि कुरामा प्रतिक्रिया दिएन, र  उनलाई एउटा खाम थमाई दियो। खाम भित्र १५,००० पाउण्ड थियो। उसले शान्त स्वरमा भन्यो, “यो तपाईंको पैसा हो, र  बाँकी पैसाहरू मेरो तर्फबाट तपाईंको लागि दिईएको इनाम हो।” फ्रान्सेली खातुन अचम्मित भइन् र सोधिन्, “यो सबै कसरी भयो? के भइरहेको छ?” अंग्रेजले भन्यो, “मैडम, तपाईंको रिस जायज छ, तर त्यो समयमा मैले प्रहरीको ध्यान मेरो ब्यागबाट हटाउन चाहेको थिएँ, जसमा पहिलेबाटै तीन मिलियन पाउण्ड थियो। त्यसैले मैले यो नाटक गर्नुपर्‍यो र तपाईंको दस हजार पाउण्ड गयो । तर मेरो लागि यो रकम  कत्ती पनि  महँगो थिएन।” कहिलेकाहीँ मानिसले जुन कुरा देशभक्ति, इमानदारी वा सच्चाइको नाममा गर्छ, त्यसको पछाडि आफ्नै स्वार्थ लुकेको हुन्छ । अंग्रेजले आफूलाई “देशभक्त नागरिक” भनेर देखायो, तर वास्तवमा ऊ आफ्नो ठूलो अपराध लुकाइरहेको थियो । यस कथामा अंग्रेजले देशभक्तीलाई नाटकको रूपमा प्रयोग गर्‍यो। यसले सन्देश दिन्छ  “देशप्रेम” कहिलेकाहीँ स्वार्थी हरुले आफ्ना ठूल्ठूला कर्तुतहरु लुकाउनका लागि  देशभक्तिको खोक्रो भाषणहरु दिने गर्छन् ।
श्रोत - सामाजिक सञ्जाल 

प्रकाशित मिति: मंगलबार, कात्तिक ४, २०८२  १०:२५
प्रतिक्रिया दिनुहोस्