सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
असोज २९ गते, लैनसिंह वाङ्देलको पूण्यतिथि । २३ वर्ष अगाडि २०५९ असोज २९ गते ललितपुर सानेपामा रहेको आफ्नै निवासमा लैनसिंह वाङ्देलको देहावसान भएको थियो । बि.सं. १९८१ को पुस ६ गते दार्जिलिङमा रङ्गलाल बाङ्देलका छोराका रुपमा जन्मिएका लैनसिंह बाङ्देलको पुर्ख्यौली थलो भने खोटाङ जिल्लाको रावा खोला नजिकैको बाङ्देल गाउँ थियो । बुबा रङ्गलाल पढ्नका लागि दार्जिलिङ पुगेका थिए, उतै चियाबगानका काममा नै रमे । सानैदेखि वाङ्देलमा चित्रकारीता प्रतिको मोह देखिएको थियो । त्यसैले सानैमा घरका भित्ता होस वा बाटोमा होस चित्र कोरेर बस्दथे । अन्य बच्चाहरु झै उनले पनि पढ्नका लागि बिद्यालयमा गए । २० वर्षको उमेरमा कला सम्बन्धि उच्च शिक्षाका लागि कलकत्तामा पुगे । कलकत्तामा अध्ययनकै क्रममा सत्यजित रायसंग भेटेका थिए ।
बि.सं. २००८ सालमा उनले कलकत्तामा भएको कला र उद्योग नामक चित्रकला प्रदर्शनीमा आफ्नो चित्र पनि प्रदर्शन गरेका थिए । जहाँ उनले थुप्रै पुरस्कार हात पारे । २००८ सालकै चैत ११ गते लण्डन पुगेका थिए । यसपछि कला सम्बन्धि उच्च अध्ययनका लागि पेरिस पुगे । पेरिस प्रवासकै समय २०१० बैशाख १९ गते पेरिसमा नै मानकुमारी क्षेत्रीसंग प्रेम विवाह गरेका थिए । २०१४ सालमा पहिलो कला प्रदशर्नी पेरिसमा गर्ने मौका पाए । यसपछि जर्मनीको स्टुटगार्डमा पनि कला प्रदर्शनी गर्न पाए । उनको कला निख्रदै गयो । पेरिस पछि लण्डन पुगे । कलाको राजधानीका रुपमा चिनिने पेरिस र लण्डनको अध्ययन र कला संग्रहालयको भ्रमणले उनको कलामा अमुर्त कलाको गहिरो छाप बस्यो । लण्डनमा रहदै राजा महेन्द्रको भ्रमणमा भेट भए पछि राजा महेन्द्रले नेपालमा आएर केही गर्न सुझाए ।
२०१७ साल माघ २१ मा काठमाडौ आइपुगे पछि नेपाल र नेपाली प्रतिको माया बढ्न थाल्यो । राजा महेन्द्रले राष्ट्रिय प्रज्ञा प्रतिष्ठानको सदस्य नियुक्त गरेपछि उनको काम अझ बढ्न थाल्यो । कलाका साथ साथ साहित्य तर्फ पनि झुकाव रहेका बाङ्देलको मुलुक बाहिर, माइतीघर, लङ्गडाको साथी, रेम्ब्रान्ट तथा यात्रा संस्मरणमा स्पेनको सम्झना, यूरोपको चिट्ठी निकै चर्चित छन् ।
उनकै कृति The Stolen Images of Nepal ले नेपालबाट चोरी भएर बिदेशी संग्रहालयमा सजिएको प्राचीन मुर्तिहरुको विवरणले हाम्रो अमुल्य तथा संस्कृतिका पूजक मुर्तिहरु बिदेशीएको चर्चा विश्वभर फैलिएको थियो ।
श्रोत -सामाजिक सञ्जाल