डार्विनमा क्रिसमस उत्सव मनाईयो 

सोमबार, पुस ७, २०८२

डार्विन । नेप्लिज एसोसिएसन अफ नर्दर्न टेरिटोरीको आयोजनामा यहि डिसेम्बर २१ तारिख आईतवारका दिन क्रिसमस मनाईयो । एन आर एन ए नर्दन टेरिटोरि राज्य संगको सहकार्यमा सम्पन्न सो कार्यक्रममा  एनआरएनए नर्दन टेरिटोरिका अध्यक्ष त्रिलोचन सापकोटा नेप्लिज एसोसिएसन अफ नर्दर्न टेरिटोरीका अध्यक्ष प्रतिभा देवकोटा लगायतका बक्ताहरुले कार्यक्रमको बारेमा आ आफ्नो बिचार ब्यक्त गरेका थिए । 
सो अवसरमा डार्विनमा रहेका नेपाली परिवार, अभिभावक, बालबालिका र समुदायका सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो । यस्ता कार्यक्रमहरुले समुदायबिचको एकता, सांस्कृतिक गौरव र सामुदायिक भावनालाई अझ बलियो बनाउने बिस्वास गरिएको छ । 
 NANT का सचिव कल्पना पाण्डेद्वारा संचालित सो कार्यक्रममा बिबेक पुरीलाई सम्मान गरिएको थियो । 


श्री शेन ग्रीरले सान्ता क्लजको रूपमा स्वयंसेवा गर्दै कार्यक्रमभरि खुशी र उत्सवको उल्लास फैलाउँदै बालबालिकाहरूमा थप उत्साह ल्याएको थियो ।  
नेपाली भाषा, संस्कृति र परम्पराहरू सिक्न बालबालिकाहरूलाई समर्पित रूपमा मार्गदर्शन गर्ने शिक्षिकाहरू सुश्री श्रेया पाण्डे र सुश्री रोज थुलुङ भण्डारीलाई सो अवसरमा विशेष सम्मान प्रदान गरिएको थियो 
कार्यक्रमलाई सफल बनाउन  डार्विन हार्ट्स एफसी, नेप्लिज क्रिकेट एसोसिएसन अफ नर्दर्न टेरिटोरी, पुराखबर, र मगर समाज डार्विन लगायत का संघ संस्थाहरुले साथ र सहयोग पुर्याएका थिए । 

प्रकाशित मिति: सोमबार, पुस ७, २०८२  १८:१९
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय