SSI SSI
SSI SSI

पृथकजनका चित्तका स्थरहरू (लौकिक भूमिहरू)

आइतबार, असार १६, २०८१

 

- पृथकजन भनेका चारआर्य सत्यहरूको बौद्धिकज्ञान भएतापनि तिनको निर्विकल्प साक्षात्कार नभएको चित्तधारी हुन्। पृथकजनकोपनि तह हुन्छ। काय र मानसिक दु:खको चरम अवस्थाको आधारमा पृथकजनलाई पनि नरकवासि (चरम मानसिक द्वेष भएको चित्त), प्रेत (चरम लोभ भएको चित्त), जनावर (चरम मोह भएको चित्त), देवलोककावासिहरू (कुशलमुल भएका, सुखको चरम अवस्थामा पुगेका, समाधिलाभ भएका तर इर्ष्यालु, अॅंहकारी, महद्गदि, मोहित चित्तहरू) भनेर विभाजन गरिएको छ भगवान बुद्धका अनुसार। मनुष्यलोकमा यी सबै कुराहरूको मिस्रण हुन्छ, कसैमा एउटा पक्ष धेरै होला कसैमा अर्को पक्ष ।

- माथि बताइएका सबै पृथकजनमा बुद्ध र बुद्धका शिक्षालाई बुझ्ने कर्म हुदैन। रिस, राग, द्वेषले गर्दा यिनिहरूको चित्त बुद्धमार्गतिर तानिन सक्दैन ।

- बुद्धशिक्षा बुझ्न, बुद्धतिर झुकेका चित्तहरू: यी पनि पृथकजननै हुन्। फरक यति हो कि यिनिहरूले बुद्धमार्गबाट टाडिने गरि कर्म बिगारेका हुदैनन् जस्ले गर्दा यिनिहरू बिस्तारै बुद्धका शिक्षा भएका क्षेत्रतिर, शिक्षातिर, सम्यक गुरूहरूतिर तनिदै गएका हुन्छन्। बुद्धशिक्षा सुन्न/पढ्न मनपराउने, चित्तपनि त्यहि शिक्षाको बारेमानै चिन्तनमनन गर्ने खाल्को, नचाइने कुरा तिर नतानिने खाल्को, ध्यान अभ्यासतिर झुकाव भएको हुन्छ, कर्म नबिगारेको चित्त।

✍🏻 भूमिप्राप्त आर्यहरू भनेको के हो? श्रावकयान अनुसार आर्य भुमिहरू के के हुन् ?

- अर्हत हुने मार्गतिर झुकाव भएका चित्तहरू श्रावकयान तिर तानिन्छन् र अनित्य, दु:ख र अनात्माको अभ्यास गर्छन्, समाधिको अभ्यास गर्छन्। श्रावकयान अनुसार चार आर्य भूमिहरू छन्। १. स्रोतापन्न भूमि (Ground of Stream Enterer) २. सकृदगामी भूमि (Ground of Once returner) ३. अनागामी भूमि (Ground of Non-returner) ४. अशैक्ष/अर्हत भूमि (Ground of Nomore Learning)।

- भूमि भनेका चित्तको अवस्था हो। स्रोतापन्नभूमि भनेको चित्तको त्यो अवस्था हो जहा दश संयोजन मध्यका पहिला तिन संयोजनहरू सत्कायदृष्टि, विचिकित्सा र शिलवर्तपरामर्श जरै देखि नाशिएका हुन्छन् तर काम धातुमा तानिराख्ने दुइ संयोजनहरू द्वेष र कामराग चित्तमा अझै बाकि रहिरहनाले कामधातुमा जन्म लिइराख्छन्।

- सकृदगामी भूमि भनेको चित्तको त्यो अवस्था हो जहा राग र द्वेषरूपि दुइ संयोजन कमजोर भएका हुन्छन् भने अनागामी भूमि भनेको चित्तको त्यो अवस्था हो जहा कामधातुमा तानि राख्ने राग र द्वेषरूपि संयोजन जरा देखिनै नाशिएका हुन्छन् जस्ले गर्दा यो चित्तले कामधातुमा जन्म लिन पर्दैन, त्यहि भएर यो चित्तलाई अनागामी भनेको हो। अशैक्ष भनेको त्यो चित्त हो जस्बाट माथि बताएका पाच संयोजनहरू सत्कायदृष्टि, विचिकित्सा, शिलवर्तपरामर्श, द्वेष र कामरागको साथ साथै महद्गतलोकमा तानि राख्ने वाकि संयोजनहरू रूपराग, अरूपराग, मान, औद्धत्य र अविद्या समुल नाश भएको हुन्छ। यो अवस्थाको चित्त अर्हत चित्त हो जस्लाई अशैक्ष भूमि भनिन्छ।

✍🏻 श्रावकयान भनेको के हो? यो यान अनुसार भूमि र मार्ग बिच के/कस्तो भेद छ?

- श्रावकयान भनेको ती शिक्षाहरूको समुह हुन् जस्को अभ्यास गरेर चित्तबाट दश संयोजनहरू सत्कायदृष्टि, विचिकित्सा, शिलवर्तपरामर्श, द्वेष, कामराग, रूपराग, अरूपराग, मान, औद्धत्य र अविद्या जस्ता १० संयोजनहरूलाई जरासहित निर्मुल पारेर चित्त निर्वाणको पदमा पुग्छ। यो अवस्थामा पुगेको चित्त अर्हत भूमिप्राप्त चित्त हो। यस्तै अरू भूमि प्राप्त चित्तहरू स्रोतगामि, सकृदगामि, अनागामि हुन् जुन माथि ब्याख्या गरिएको छ ।

- मार्ग भनेका ती शिल, समाधि र प्रज्ञाका अभ्यासहरू हुन् जस्लाई अभ्यास गरेर माथि वताएका दश संयोजनहरू चित्तबाट जरा देखिनै उखाडिन्छन् र चित्त निर्वाणको अवस्थामा अर्थान अशैक्षभूमिमा पुग्छ। मार्गलाई पाच भागमा बाडिएको छ। १. संभारमार्ग २. प्रयोगमार्ग ३. दर्शनमार्ग ४. भावनामार्ग र ५. अशैक्षमार्ग ।

मार्गको बारेमा बिस्तारमा बुझ्न तलको linkमा जानु होला।

https://www.facebook.com/story.php?id=100000529101491&story_fbid=8397317790295774

- शिल अन्तर्गत काय, वाक र चित्तबाट गरिने दशअकुशलकर्म नगर्ने र दशकुशलकर्म गर्नमा जोड दिइन्छ, प्रज्ञा अन्तर्गत अनित्य, दु:ख र अनात्माको साक्षात्कार गर्नमा जोड दिइन्छ र साथसाथै समाधि प्राप्त गर्नमा पनि जोड दिइन्छ। यसरी श्रावकयानमा शिल, समाधि र प्रज्ञाको अभ्यास हुन्छ ।

- भूमि भनेको संयोजनहरू हटेको चित्तको अवस्था हो। स्रोतापन्नभूमिप्राप्त आर्यमा सत्कायदृष्टि, विचिकित्सा र शिलवर्तपरामर्श हटेको हुन्छ, सकृदगामि र अनागामि भूमिप्राप्त आर्यमा कामराग र द्वेष क्रमशहरू कमजोर हुदै समुल नाशिएको हुन्छ र अर्हतभूमिप्राप्त आर्यहरूमा यी पाच लगाएत बाकि पाच:- रूपराग, अरूपराग, मान, औद्धत्य र अविद्या नष्ट भएको हुन् ।

✍🏻 महायान भनेको के हो? यो यान अनुसार भूमि र मार्ग बिच के भेद छ ?

यस्कोलागि तलको post पढ्नु होला ।

https://www.facebook.com/story.php?id=100000529101491&story_fbid=8398138180213735

भवतु सर्व मॅंगलम्

May be an image of temple and text

 

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १५:३५
प्रतिक्रिया दिनुहोस्