पर्थमा एनआरएनए हार्मोनी-कप-2024 खेलकूद प्रतियोगिता हुने 


सिड्नी । गैर आवासीय नेपाली संघ राज्य समन्वय परिषद पश्चिम अष्ट्रेलिया  (NRNA-WA) ले आगामी मार्च २ तारिख देखि पर्थमा एनआरएनए हार्मोनी कप २०२४ खेलकुद प्रतियोगिता गर्ने भएको छ ।

 प्रतियोगितामा भाग लिन इच्छुक खेलाडी एवं क्लबहरुलाई व्यक्तिगत रूपमा वा टिमको रूपमा सहभागी हुनका लागि रजिस्ट्रेशन खुल्ला गरिएको एन आर एन ए पश्चिम अष्ट्रेलिया राज्य समितिले जनाएको छ । प्रतियोगितामा सहभागी हुने खेलाडी तथा,टिम तथा क्लबहरुले यहि  फेब्रुअरी २५ तारिख भित्र आफु र आफ्नो टिमको दर्ता गर्न आयोजक सस्थाले समन्धित पक्षसँग अनुरोध समेत गरेको छ ।
आयोजका अनुसार व्यक्तिगत रुपमा दर्ता गर्दा  एक जना खेलाडीले  दुई वटा मात्र खेल छान्न गर्न सक्नेछ भने टिमको दर्ता गर्दा  गर्दा खेलाडीहरुको नाम ईमेल मार्फत आयोजकलाई जानकारी गराउनु पर्ने ब्यबस्था गरिएको छ । प्रतियोगिता भाग लिने खेलाडी र टिमले यो  लिङ्कमा   https://nrnahcwa.theeticket.com.au/
गएर दर्ता गर्न सक्नेछन । 
  प्रतियोगिताको बारेमा थप जानकारी चाहिएमा महेश लामा ०४५२०२२३३२,बाशु सापकोटा ०४५१३०१२७० र हरिबंश संजेललाई ०४०५८८०७३० मा सम्पर्क गर्न सकिने छ । 
प्रतियोगितामा क्रिकेट ,भलिबल ,फुटबल ,स्वीमिंग दौड ,चेस ,ब्याड्मेण्टिङ्ग टेबल टेनिस र लवन टेनिस खेल समावेस गरिएको छ । 
 

प्रकाशित मिति: बुधबार, माघ १७, २०८०  १४:०५
प्रतिक्रिया दिनुहोस्