अष्ट्रेलियाका विभिन्न शहरमा गोरखा समाज अष्ट्रेलियाले आमा सेमिनार गर्दै 


 
सिड्नी । प्रबासमा रहेर पनि मातृभुमि तथा जन्मेको माटोलाई केहि सेवा सहयोग प्रदान गर्ने उद्धेश्यले गठन गरिएको गोरखा समाज अष्ट्रेलियाले, अष्ट्रेलियाको बिभिन्न शहरमा मानबियताको लागि " बृहद आमा सेमिनार " कार्यक्रम  गर्दैछ । मानब सेवा आश्रमको सहयोगार्थ हुने सो कार्यक्रम  सिड्नी, न्युक्यासल , एडिलेड , मेलबर्न , तास्मनिया , ब्रिसबेन , क्यानबेरा र पर्थमा कार्यक्रम गरिने छ । 


बि सं २०८२ साल भित्र नेपाललाई सहयोगापेक्षी सडक मानबमुक्त नेपालको घोषणा गरि बिश्वलाई नै मानबियताको देश भनि परिचित गराउने  परिकल्पना सहित  अघि बढि रहेको मानब सेवा आश्रमा हाल देश भरका सातवटै प्रदेशको २४ सेवा केन्द्रबाट सेवा सञ्चालन भैरहेको छ । यो पवित्र अभियानलाई केहि सहयोग पुर्याउन सकियोस भन्ने भावनाका साथ  अष्ट्रेलियामा "आमा सेमिनार" को  आयोजना गरिएको आयोजक सस्थाले जनाएको छ । 
   "२ छाक खाना,१ सरो नाना, छाना मुनीको बास तथा स्वास्थ्य र शिक्षा खास " भन्ने मुल मन्त्रका साथ सेवामा समाहित यस अभियान अलि फरक र समाबेसी भएकै कारण जसमा राष्ट्रका बिभिन्न क्षेत्रका बिशेष ब्यक्तित्वहरू मह जोडी सद्भाबना दुत रहेको यो अभियानलाई  नेपथ्य ब्याण्डका अमृत गुरूङ्ले मानबियाताको लागि देशभर नेपथ्या म्युजिकल यात्रा गरेर सहयोग गरेका थिए भने हास्यकलाकार मनोज गजुरेल हाँस्य क्षेत्रबाट र आनी छोइङ डोल्माले मेची महाकाली उद्धार अभियानमा सहयात्रा गरेकि थिइन् । 
 अष्ट्रेलियामा हुने "आमा सेमिनार" कार्यक्रममा  सँस्थाको परिकल्पनाकार,केन्द्रिय अध्यक्ष तथा उत्प्रेरणात्मक प्रस्तोता रामजी अधिकारीले सस्थाको बिबिध गतिबिधिका बारेमा जानकारी गराउने छन् ।   

"जसका कोहि हुदैनन् ,जसको केहि हुदैन उनैको सेवामा समर्पित " भन्ने स्लोगनका साथ आयोजना गर्न लागिएको कार्यक्रमको पहिलो चरण अन्तरगत आज फ्रेबुवरी १६ तारिख शुक्रबार साँझ सिड्नीको रक्डेल स्थित ईन्द्रेणी फंसन सेण्टरमा गाला डिनरको कार्यक्रम हुदैछ । त्यसैगरी भोलि फ्रेबुवरी १७ तारिख शनिवार  एसफ़िल्ड स्थित एसफ़िल्ड टाउन हलमा बिषेस कार्यक्रमका साथ आमा सेमिनार हुनेछ । अपरान्ह १ बजेदेखि हुने सो सेमिनार अपरान्ह ५ बजेसम्म संचालन हुने आयोजक सस्थाले जनाएको छ । सेमिनारमा भाग लिन चाहनेलाई निशुल्क प्रवेशको ब्यबस्था समेत गरिएको छ ।  

कार्यक्रमहरुको बारेमा थप जानकारी एवं सहभागिताको लागि आनन्द श्रेष्ठ ०४३१४०७०५८, ,राजु पोखरेल ०४०३१८७६७१,योगेन्द्रराज जोशी ०४०६२१३१०१ र ईश्वर दाहाललाई ०४५२५००३५६ मा सम्पर्क गर्न सकिने छ । 

प्रकाशित मिति: शुक्रबार, फागुन ४, २०८०  ०५:३२
प्रतिक्रिया दिनुहोस्