गुल्मी समाज अष्ट्रेलियाको चौथो साधारण सभा हुदै 

मंगलबार, वैशाख ११, २०८१


सिड्नी ।  गुल्मी जिल्लाबाट अष्ट्रेलिया आएर अध्ययन विभिन्न पेशा ब्यबसाय गर्दै आएका गुल्मेली हरुलाई संगठित बनाउदै जिल्लाको सामाजिक,कल्याणकारी तथा मानविय कार्यमा  सहयोग गर्ने पवित्र उद्देश्यका साथ सन् २०१४ मा स्थापना गरिएको  गुल्मी समाज अष्ट्रेलियाको चौथो साधारण सभा यहि अप्रिल २७ तारिख शनिवार सिड्नीमा सम्पन्न हुदैछ ।

सिड्नीको मिल्पेरा स्थित डिप वाटर पार्कमा अपरान्ह १ बजे देखि सुरुहुने सो साधारण सभाले आगामी २ बर्षका लागि नयाँ कार्यसमितिको चयन गर्ने सस्थाका अध्यक्ष कमला बस्नेतले बताएकी छिन । 


नेपाल न्यूजसँगको कुराकानीमा अध्यक्ष बस्नेतले आफ्नो स्थापनाकाल देखिने सस्थाले गुल्मी जिल्लाका अपाङ्ग बालबालिकाहरुको शिक्षाको  लागि कार्य गर्दै आएको बताईन । सस्थाले बालबालिकाहरुलाई  स्कुल र सामाजिक सस्थाहरु मार्फत सहयोग गर्दै आएको छ ।  त्यसैगरी गुल्मी समाजका सदस्यहरुले पनि व्यक्तिगत तवरले गरिव तथा जेहन्दार बालबालिकाहरुलाई पठन पाठनको ब्यबस्था गर्दै आएका छन् ।  समाजले गुल्मीको प्रख्यात धार्मिल्क स्थल रुद्रबेणीमा अवस्थित बृद्दाश्रममा बसोवास गरेका बृद्द बृद्दाहरुलाई हरेक बर्ष आर्थिक सहयोगका साथै लत्ता कपडाहरु प्रदान गर्दै आएको छ ।

सस्थाले अष्ट्रेलियामा बसोवास गरेका गुल्मेली लाई समेटेर एकापसमा  भेटघाट गर्ने , तीजको अवसरमा तीज कार्यक्रम र नेपाली नयाँ बर्षमा भेटघाट र शुभकामना कार्यक्रम गर्दै आएको छ । आउदो शनिवार हुने चौथो साधारण सभामा उपस्थित हुन यहाँको  नेपाली समुदायलाई सस्थाले हार्दिक अनुरोध गरेको छ ।  

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  १४:५६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मेथी एक फाईदा अनेक
मंगलबार, वैशाख ११, २०८१